No Image
नेपाली पात्रो > राष्ट्रिय दिवस > जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in राष्ट्रिय दिवस .
मे 19, 2020

नेपालमा “जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस” हरेक वर्ष जेठ २१ गते विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइन्छ । बि.स २०२० सालमा तत्कालीन राजा महेन्द्रले मुलुकी ऐनमा नै छुवाछुतलाई निषेध गरेको भए पनि त्यो बेलाको कानुन झन् फितलो र पहुँचवाला व्यक्तिको हातमा नै कानुन रहने जस्ता यावत समस्या र त्यस कानुनको कार्यान्वयन हुन नसक्दा छुवाछुत प्रथा वर्षौँ सम्म पनि यथावत् नै रहेको थियो । बि.स २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेयता यस दिनको सम्झनामा नेपाल सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यस पस्चात नेपालमा हरेक जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ ।

नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको झन्डै १३ वर्ष बितिसक्दा समेत पनि अझै देशका विभिन्न क्षेत्रहरूमा सामाजिक व्यवहारमा भने छुवाछुत र विभेद हट्न नसकेको थाहा भएकै कुरा हो। जातीय भेदभाव तथा छुवाछुत विरुद्ध कसुर र सजाएँ ऐन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण व्यवहारमा विभेदहरू हट्न नसकेको हो भनेर भन्न सकिने प्रसस्त कारकतत्व हरू रहेका छन्। मुलत् कसुर र सजाएँ ऐनहरूका प्रभावकारी कार्यान्वयन हुन नसक्नु, तिनका अन्त्यका लागि सामाजिक जागरण सृजना र जनस्तरमा चेतना जगाउने कार्यक्रमहरु प्रशस्त रूपमा जनता र आम नागरिक समक्ष प्रस्तुत गरी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु लाई सबैका सामु पुर्‍याएर जनचेतना बढाउन नसक्नु नै एउटा विडम्बनाको विषय भएको नकार्न सकिँदैन।

हरेक नेपालीलाई जातीय छुवाछुत तथा भेदभावका विरुद्ध एकताबद्ध भई दृढतापूर्वक उभिन छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा सरकारद्वारा शुभकामना सन्देश दिने गरेता पनि जबसम्म हरेक नेपाली एक भएर छुवाछुत प्रथा, लाई विगतका दिनहरूमा बिध्यवान् दास प्रथा, सती प्रथा, कमैया प्रथाहरू जस्तै सधैँका लागि समाप्त गर्ने हो भने दलितको हकहित अन्तर्गत दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले गर्नु पर्दछ र यस परिपेक्षमा अहिलेको नेपालको संविधानले उक्त नीति नियमहरू कार्यान्वयन हुने क्रममा स्थानीय तहको निर्वाचनबाट दलित समुदायको प्रतिनिधित्व २२ प्रतिशत पुगिसकेको छ जुन एउटा महत्त्वपूर्ण खुटकिलो पनि हो ।

नेपालको संविधान २०७२ ले के भन्छ ?

नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हक भित्र राखेको छ । यसमा कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जातजाति, समुदाय , पेसा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत वा भेदभाव नगरिने उल्लेख गरिएको छ ।

यदि यस्तो कुनै प्रकारको भेदभावपूर्ण व्यवहार, बहिष्कार वा निषेध गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा १ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ । राज्यको कानुन, मानवता, सभ्य समाज, र आधुनिक राष्ट्रका लागि जातीय छुवाछुत गम्भीर चुनौती रहेको नेपालको संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरेर आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिएको तथा दलितको हकअन्तर्गत दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति पनि संविधानले गरेको छ।

नेपालको केन्द्रसँगै ७५ वटै जिल्ला तथा सातै प्रदेशमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा यो दिवस मनाउने गरिन्छ। सरकारले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन कार्यान्वयन गर्न विभिन्न समिति गठन गर्दै  उन्मुलनका कार्यक्रमका लागी हरेक आर्थिक वर्षको बजेटमा समेत रकम समावेश गरिएको हुन्छ ।

यस  दिवसले जातीय भेदभाव र छुवाछुत जस्ता गम्भीर समस्याको सदाको अन्त्यको लागि सामाजिक जागरण सिर्जना गर्न प्रेरणा प्राप्त हुने र सबै नेपालीमा समता भावनाको प्रेरणा दिने विश्वास गर्न सकिन्छ । जातीय छुवाछुतको अन्त्य गर्न राष्ट्रिय दलित आयोगलाई संवैधानिक अङ्गको को मान्यता पनि दिइएको छ, तथा दलितहरूका अधिकार सम्बन्धी मुद्दालाई संविधानमा मौलिक हकका रूपमा सम्बोधन गरिएको महत्त्वपूर्ण विषयलाई स्मरण गरेर यसबाट दलित समुदाय माथि भएका उत्पीडन क्रमशः अन्त्य हुँदै जाने आधार निर्माण भएको छ ।

सरकारले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन कार्यान्वयन गर्न समिति गठन गर्नु, जातीय भेदभाव तथा छुवाछुत उन्मुलनका कार्यक्रमका लागी हरेक आर्थिक वर्षको बजेटमा रकम समावेश गर्दैमा, सरकारद्वारा शुभकामना सन्देश दिने, जातीय भेदभाव तथा छुवाछुत उन्मुलनका कार्यक्रमहरु मात्र मनाउने आदि कार्यहरुले मात्र उन्मुलन नहुने र यसका लागि त देशका हरेक क्षेत्रमा सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरेर आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गर्नु पर्ने, दलितको हकअन्तर्गत दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति गर्नु , तथा सम्पूर्ण नेपाली जनतामाझ यस कुरा को सम्बोधन गरी अत्यधिक जन चेतनाको अभिवृद्धि गरे मात्र यस दिवस मनाउनुको उपलब्धि छिट्टै देखिन सकिने छ ।


Comments

    Rohit Bhumi

    जात पात भनेको यक अन्ध्बिस्वास हो । त्र पनि हाम्रो देस मा अ झइ पनि छुवाछूत त चली राको छ सम्बिधान लिखित मा यो नियम कायम भय पनि यो व्यवहार मा लागु भ्य को छैन 19 औ सताब्दी मा पनि येस्तो चलिराको छ त्र भ्निन्छ नि केइ काम गर्ने बेला दलित भय्को ब्यती लाई गराउछ्न जब केइ काम पूरा हुन्छ तेतिबेला त दलित होस भ्नेर दुर्दुर छिर छिर गर्छ्न येस्तो छ हाम्रो समाज दलित बय्ती ले घर बनाउदा खेरी केइ भन्दैनन जब घर बनाइ सके पछि जो दलित ले घर बना को हो उसलाई घर भित्र जान दिदैनन येस्तो हाम्रो देस नेपाल तेसैले यो पपेर मा मात्र लगु भयेर भ्यो न ब्यबहारिक रुप्मा पनि लागू हुनु पर्‍यो

    बिष्णु प्रसाद राजवंशी

    अहिले सम्म हामीलाई जातिय भेदभाव गरेको छ नेपाल को पूर्व भुभाग मोरङ,सुनशरी, झापा मा के हामी राजवंशी होइन? के हामी आदिबासी जनजाति होईन ? हाम्रो हक अधिकार सुनिश्चित छैन ? किन? हाम्रो हक अधिकार खोस्ने कोशिश गरे गरेको छ ? हामी माथि जातिय भेदभाव छुवाछुत अहिलेसम्म भइरहेको छ । तपाईं को दाईतव कहाँ ? हामी, हाम्रो समाज लाई न्याय दिलाऔं तपाईंको दाइत्व हो कि होइन?

    Mohan

    pratikriya banate hoti ho

    Gangeshwar

    yes that is correct

    कमल बिक (तारा टमटा)

    नमस्कार सम्पुर्ण देश बिदेश मा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी हरु मा । हामी नेपाली हो नेपाली भएर जन्मिएको को मा आफुले आफैलाई गर्भ लाग्दछ ।तर बिडम्बना के छ भने जुन समूदाय ले हिँजो जंगली बाट मान्छे बनायो त्यहिँ समूदाय लाई आज सम्म ‌हिन्दू अतिबादी ब्राह्मणबादि सोच र चिन्तन ले भरिएका मानसिक रोगी हरु ले हाम्रो सिंगो दलित समुदाय लाई ‌पशु भन्दा निज घटिया ब्यबहार गरिरहेका छन्।के यहिँ हो मानवता ???? निर्माण शक्तिले भरिपूर्ण भएको हुनाले हाम्रो समुदाय लाई बिस्वमा पुरानो ‌ईन्जिनिएर भने र‌ चिनिन्छ । यो देश बनाउन को लागि जति नै ब्राह्मणबादि हरुको भुमिका छ त्यो भन्दा दोब्बर बढी हाम्रो समुदाय को भुमिका छ , ‌। हामी लाई ब्राह्मणवादी हरु ले एउटा कुर्ची को लागि हरेक हाम्रो देशमा भएका ‌ जन यूद्ध जस्ता आन्दोलन हरु मा झुटो आश्वासन दिएर भोट बैंक रुपमा प्रयोग गरिरहेका छन् । हिन्दू धर्म को वर्ण ब्याबस्था बाट जात लादिएको छ। यसमा कूनै सत्यता छैन । ब्राह्मणवादी हरु ले आफु भन्दा अगाडि जान्छ यिनिहरु संग हरेक सिप मुलक क्षमतावान छन भनेर ठूलो डिजाइन गरेर शिक्षा लाई बन्देज गरि अछूत बनाई दबाब मा राखिएको हो। सबिधान छ कानुन बनाएको छ तर‌ केबल कागज मा मात्र सिमित छ । कार्यन्वयन हुन् सकेको छैन् ।( हाती को लूकाउने दाँत र चपाउने दाँत फरक हुन्छ) भने जस्तै हो । कसरी जातिय छुवाछुत मूक्त उन्मुलन देश भन्नु एक्काईसौ शब्तावदि सम्म पनि दिन प्रति दिन हाम्रो समुदाय मा एक पछि अर्को घटना ‌ जातियता कै कारण ले घटिरहेका छन । देश मा हरेक राजनीतिक परिवर्तन भयोे हरेक प्रधानमन्त्री भए तर हाम्रो समाजमा भएका ठुला बडा जात भनौदा थ्रि लिङ्गि हरु को मनस्थिति परिवर्तन हून सकेको छैन् ।

    साङ्गे लोड्र‍ोो मगर

    जबसम्म हिन्दुराज्य र संस्कारको टुष देशमा रहन्छ तबसम्म छुवाछूतको प्रथा कहिँ न कतै समाजिक अपराधको शिकार भोगि रहन्छन् । सबैले चेतना भया !

    राकेश कुमार पासमान

    मेरो प्रतिक्रिया यो छ कि म पनि एउटा तल्लो जातमा पर्ने पासमान (दुशाद) हु । सरकारले जातीय भेदभाव तथा छुवाछूत निषेध गरे पनि हामी संग भेदभाव गर्छ । यदि हामीले अवाज उठाएमा हामी कोइपनी सहयोग गर्दैन । के हामी अहिलेसम्म हेपाएर बस्ने के हामी देशको नागरिक होइन । हामीलाई इनसाफ चाहिन्छ ? हामी पनि देशको नागरिक हुन

    शेर बहादुर बिक

    यो बिसयमा धेरै लामो निबन्ध नै लेख्न सकिन्छ तर मलाई त्यति धेरै बहस गरिनु जरुरी छैन जस्तो लाग्छ। सर्ब प्रथम त जातीय छुवाछूत र भेदभावपूर्ण व्यबहार मात्रै हैन कुनै पनि भेदभावपूर्ण व्यबहार नै खेदजनक जघन्य अपराध हो , यो अत्यन्तै निच सोच भएको ब्यक्ति बाट हुने व्यबहार हो र यस्तो व्यबहार गर्नै हुदैन भन्ने सोच आउन पर्छ । र कुनै पनि नागरिकले गर्नै नसक्ने कानुन बनाउनु पर्छ र यदि कानुन सम्मत कुनै त्यस्तो कसुरको पुष्टि भै सक्दा कानुन बमोजिम नेपाल सरकारको सरोकारवाला निकाय ले पिडक लाई कार्बाही गरेर पीडित लाई न्याय दिएर कसैले यस्तो व्यबहार दोहोराउने चेस्टा नगर्ने बाताबरण बनाए काफी छ।

    मिलन विश्वाकर्मा

    छुवाछुत मुक्त नेपाल घोषणा गरेको २० बर्ष पुग्दा पनि नेपालको हरेक ठाउँमा जातिय छुवाछुत हुनु बिडम्बनाको कुरो हो । जो जस्ले फुर्ती लगाएपनी नेपालको हरेक ठाउँ, हरेक समाजमा जातिय छुवाछुत यथावत नै छ ।
    एउटै धर्म र संस्कार भएको समाज हुँदा पनि छुवाछुत हुन्छ हाम्रो नेपालमा । यो बिषय कथित दलित समुदायले मात्र समाप्त गर्छु भनेर सम्भव छैन, कथित माथिल्लो जातका भनिएका बुझ्ने र सचेत व्यक्तिहरुले पनि यो कुरिती अन्त्य गर्न भूमिका खेल्न आवश्यक छ ।


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!