जातिय उत्पीडन विरुद्धको दिवस
By Nepali Patro in
अन्तराष्ट्रिय दिवस .

विध्यमान जातिय छुवाछुट् तथा भेदभावको विरुद्धमा उभिएर जातिभेद तथा रंगभेदको अन्त्य र उत्पीडन वर्ग, समुदायको सम्मान एवं समान हक-हित र अधिकारको वकालत गर्दछ – हरेक वर्षको मर्चा २१ तारिखको दिन संसारभरि मनाइने ‘जातिय उत्पीडन विरुद्धको दिवसले’ | विश्वभरिको मानव समाज एवं सभ्यतामा जातिय विभेद तथा रंग विभेदलाई सामाजिक समस्याको रुपमा लिनुपर्ने, त्यसको छिट्टै अन्त्य हुनुपर्ने र सामाजिक न्याय, एकता, सदभाव, प्रेम कायम हुनुपर्ने अवधारणा एवं उद्देश्य हरेक वर्षको जातिय उत्पीडन विरुद्धको दिवसले गरिरहेको हन्छ |
संयुक्त राष्ट्र संघले सन् १९६५ मा जातिय विभेद एवं छुवाछुट् पूरा विश्वबाट उन्मूलन गर्ने विचारले एक वृहत् बहुराष्ट्रिय महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको’ थियो | जुनपछि गएर सन् १९७१ मा मात्रै नेपालले पनि अनुमोदन गरेको थियो | तर, यो दिवस चाहिं सन् १९६६ देखि नै हरेक वर्षको मर्चा २१ तारिखको दिन विश्वभर मनाइदै आइएको छ | नेपालमा भने त्यसदिन जातिय उत्पीडन विरुद्धको महासन्धि एवं मनाइने दिवसले मूर्तरूप प्राप्त गर्यो | जब वि.सं.२०६२/६३ सालको जनआन्दोलन पश्चातको सरकारले वि.सं. २०६३ साल जेष्ठ १६ गते नेपाललाई एक छुवाछुट् एवं जातिय भेदभाव मुक्त राष्ट्र घोषणा गर्यो |