चैत ६-१२: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५: रैथाने ज्ञानको उज्यालो

चैत ६-१२: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५: रैथाने ज्ञानको उज्यालो

By Nepali Patro
मार्च 5, 2025

मण्डला थिएटर-नेपालले तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) २०८१ साल चैत ६ देखि १२ सम्म काठमाडौं लगायत पोखरा, बेलबारी र भरतपुरमा आयोजना गर्दैछ।

निटफेस्ट २०२५ मा १७ अन्तर्राष्ट्रिय नाटकहरूका साथै काठमाडौं उपत्यका बाहिरका स्थानीय नाटकहरू प्रस्तुत गरिनेछ। यस महोत्सवमा भारत, चीन, ट्युनिसिया, बेलायत/स्कटल्याण्ड, इरान, जापान, स्पेन, लिथुआनिया र नर्वे गरी नौ देशका नाट्य प्रस्तुतिहरू समावेश हुनेछन्।

“सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च: रैथाने ज्ञानको उज्यालो” भन्ने नारासहित, निटफेस्ट २०२५ले सामाजिक सद्भाव बढाउन, सामाजिक विविधताको सम्मान गर्न कला आदानप्रदान र सामाजिक चेतनामार्फत अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पुर्‍याउन प्रतिबद्ध रहेको छ। यसका अतिरिक्त, महोत्सवले विश्वभरका रङ्गमञ्च समूहहरू र कलाकारहरूलाई एउटै मञ्चमा एकजुट गरी उनीहरूको कलात्मक अभिव्यक्ति र सान्दर्भिक सामाजिक-राजनीतिक मुद्दाहरू प्रति एकता प्रदर्शन गर्न सहयोग गर्नेछ।

नाटक प्रस्तुतिहरूका अतिरिक्त महोत्सवमा दैनिक अन्तरक्रिया, प्यानल दिस्कसन, सेमिनार, खुला मञ्च प्रदर्शन, रङ्गमञ्च फोटो प्रदर्शनी, पुरस्कार समारोह, सांस्कृतिक र कलात्मक स्टलहरू र अन्य विविध गतिविधिहरू हुनेछन्।

कार्यक्रम सुची

Related Posts

राष्ट्रिय छन्द दिवस

मार्च 3, 2022
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

रवि सप्तमी व्रत

अप्रील 22, 2018
By प्रा.डा. देवमणि भट्टराई

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ