No Image

चैते दसैं

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 1, 2020

चैते दसैं - वासन्ती नवरात्रि - चैत्र नवरात्रि - नेपाली पात्रो | Nepali Patroचैत्र महिनामा पर्ने नवरात्रिलाई चैते दसैं भनिन्छ। चैते दसैंमा पनि बडादसैंमा जस्तै भगवती जगदम्बा दुर्गा भवानीको विशेष आराधना, उपासना गरिन्छ। वर्षभरिमा चारवटा नवरात्र चैत्र शुक्लपक्ष, आषाढ शुक्लपक्ष, आश्विन शुक्लपक्ष र पौष शुक्लपक्षमा हुन्छन्। यी सबै नवरात्रमा शक्तिस्वरूपा भगवतीको पूजाआराधना गर्ने विधान छ। यी मध्ये वासन्तिक र शारदीय नवरात्रको विशेष महिमा छ।

चैत्र महिनामा पर्ने नवरात्रिलाई वासन्तिक नवरात्र भनिन्छ। त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रले यही नवरात्रमा भगवतीको उपासना गरी शक्ति आर्जन गर्नुभएको प्रसंग रामायणलगायत इतिहास पुराणमा पाइन्छ। रावणसँगको युद्धका क्रममा शक्तिहीन हुँदा भगवानले आद्याशक्ति भगवती जगदम्बाको उपासना गरी भगवतीबाट विशेष शक्ति र आशीर्वाद प्राप्त गर्नुभयो। यसरी शक्ति प्राप्त भएपछि रावणलाई पराजित गरी विजयोत्सवका रूपमा भगवानकै आज्ञाले विजया दशमी मनाउने गरिएको हो।

मार्कण्डेय पुराणमा स्वयं भगवतीले यस समयमा गरिने महापूजाको विधिसमेत बताउनुभएको छ। नवरात्रको प्रथम दिन विधिपूर्वक घटस्थापना गरी भगवतीलाई आवाहन गर्ने विधान छ। उक्त दिन शात्रोक्त विधिले घटस्थापना गरी जमरा राखिन्छ र दैनिक रूपमा भगवतीको विशेष पूजा गरी दुर्गा सप्तशती, देवी भागवतलगायत पाठ गरिन्छ। नेपालमा जनजनमा उत्साह र उमंग जगाउने राष्ट्रिय पर्वका रूपमा शरद ऋतुमा पर्ने दसैं (चैते दसैं) मनाइन्छ।

नवरात्रभरि भगवतीको उपासना गरी शक्ति प्राप्त गरिन्छ र मान्यजनका हातबाट भगवतीको प्रसाद टीका र आशीर्वाद लिइन्छ। नवरात्रको अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपिणी दुर्गा भगवतीको पूजा–उपासना गर्नाले भगवतीको आशीर्वाद प्राप्त भई मानिसको कल्याण हुन्छ।

Related Posts

परशुराम जयन्ती

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 25, 2020

रामनवमी

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 26, 2017

चैते दसैं

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 12, 2019

नेपालको तिहार भारतमा दिवाली 

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in प्रमुख लेख .
अक्टोबर 24, 2021

राष्ट्रिय पर्व बडादसैं

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अक्टोबर 9, 2018

Comments

    सुबकामना चइते दसइको

    Kumar thapa

    chaite dasaiko upalahyema hardik mangala maye subha kamana xa happy chaite dasai

    Lok Raj Joshi

    Today is one special day of hindus nepalese .some people are celebrate day of today and good relative things have in nepali calendar .

    lalbabu sah

    2076chaitr dshai mangalmai shubhkamnako lagi sampurn bhaktjanharuma hardik hardik badhai aum nonarayn param puja bharhmrishi shrikumarsami jiguruma ji apkishiricharnome koti koti mamam bandhan parnam
    aum namonarayan


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!