No Image
नेपाली पात्रो > चाडपर्व > घण्टाकर्ण, गथाँमुग चह्रे

घण्टाकर्ण, गथाँमुग चह्रे

By Nepali Patro in चाडपर्व .
मार्च 2, 2017

 

नेपाल भाषामा यस दिनलाई गथाँमुग चह्रे पनि भन्दछन्। अर्थका हिसाबले ‘ग’ को अर्थ घर, ‘थाँ’ को अर्थ स्तम्भ, र ‘मुग’ को अर्थ बलियो हुन्छ। चतुर्दशीलाई नेवारीमा ‘चह्रे’ भन्दछन्। प्रत्येक वर्ष श्रावण कृष्णपक्षको चतुर्दशी तिथिमा गथाँमुग पर्व मनाइन्छ। आजको दिनमा काठमाडौँ उपत्यका र देशविदेशमा रहेका नेवार समुदायले घरभित्र रहेका सम्पूर्ण अपवित्र वस्तु, भूत, प्रेत, पिशाच, राक्षस, उपियाँ, उडुस तथा रोग–व्याधि आदिलाई विधिवत् मन्छाई आफ्नो बासस्थान, टोल–छिमेक र बाटोघाटो सफा, बलियो एवं सुरक्षित बनाइराख्न घण्टाकर्ण, गथाँमुग पर्व मनाउँछन्।

नेवार समुदायले मनाउने सरसफाइको पर्वका रूपमा गथाँमुगलाई लिन सकिन्छ। यस दिन सर्वप्रथम घर–आँगनमा सरसफाइ तथा सम्पूर्ण कोठा, चोटा र छिँडीमा समेत लिपपोत गरी पवित्र बनाएर आफ्ना इष्टदेवका रूपमा प्रतिष्ठित कुमार कार्तिकेयको पूजा गर्ने चलन छ।

वर्षाको समयमा किसानहरू अन्नबाली लगाउन बढी व्यस्त हुन्छन्। यो समयमा कामको व्यस्तताले घरको सरसफाइ नहुने हुँदा फोहोर जम्मा हुने र किराकिरी घरमा प्रवेश गरी दुःख दिने सम्भावना रहन्छ। त्यसैले भनिन्छ, घरका अँध्यारा कुना र फोहोरमा मानिसलाई दुःख दिने राक्षस, दुष्ट आत्मा एवं भूतप्रेतको बास हुन्छ। फोहोर नै रोगव्याधिको कारक समेत भएको हुँदा घरका कुनाकुनामा जम्मा भएको फोहोरलाई आजको दिनमा निकाली सफा गरिन्छ। यसरी सफा गर्दा संकलन भएको फोहोरलाई राक्षस मानेर छ्वाली, नर्कट, बोझोको बोट, सिस्नो, गाँजा आदि काम नलाग्ने वनस्पतिमा पोको पारिन्छ। त्यसलाई यथासम्भव कलात्मकता दिएर गथाँमुग बनाइन्छ र त्यही राक्षसरूपलाई गाली गर्दै घरबाट बाहिर निकाल्ने गरिन्छ।

परापूर्व कालदेखि नै काठमाडौं उपत्यकालाई तन्त्रविद्याको साधना केन्द्रका रूपमा लिइन्छ। यहाँका सिद्ध तान्त्रिकहरूले वैशाख महिनामा पर्ने अक्षय तृतीयाका दिन वर्षाकालमा रोपाइँ गराउन भूत, प्रेत, पिशाच, डाकिनी, शाकिनी, राकिनी आदिलाई तन्त्रविद्याको सहाराले विधिवत् आह्वान गरी दिनभरि घरका अँध्यारा कुना तथा गोप्य कोठामा लुकाएर राख्थे। रात्रिकालमा तिनै भूत–प्रेतादिको सहायताले जटिल काम र खेतीपाती सम्पन्न हुन्थ्यो। यसरी खेतीपाती गरिसकेपछि आजको दिनमा तन्त्रविधिले भूतप्रेतलाई बिदाइ गर्ने गरिन्थ्यो। त्यसैले घरका कुनाकुनामा सफाइ गरेर, बत्ती तथा राँको बालेर गाली गरेपछि घरबाट भूत निस्कने विश्वास गरिन्छ।

आज घर–घरबाट निकालिएका भूतप्रेतलाई दोबाटोमा संकलन गरी साँझतिर नगरवासीको गाली सुनाउँदै बस्ती परिक्रमा गराएर नदीकिनारमा लगी सामूहिक रूपमा मन्छाउने चलन छ। घरमा डेरा जमाउने भूतप्रेतलाई मन्छाएपछि भैरवनाच (लाखेनाच) निकाल्ने गरिन्छ। आजैबाट कुमार षष्ठी देखि थन्क्याएर राखिएका सांस्कृतिक बाजागाजा निकाली पूजाआजा गरेर बजाउन सुरु गरिन्छ।

घण्टाकर्ण चतुर्दशी’bout एउटा रोचक किंवदन्ती रहेको छ। परापूर्व कालमा एउटा देवद्रेही विधर्मी राक्षस थियो। ऊ देवीदेवतालाई कतिसम्म घृणा गर्थ्यो भने समाजमा देवताको नाम र धर्मकर्मका कुरा सुन्नुपर्छ भनेर ऊ कानमा १६–१७ धार्नीका घण्टा झुन्डाएर हिँड्थ्यो। कानमा घण्टा झुन्डाएर हिँड्ने हुँदा त्यसको नाम घण्टाकर्ण रहन गयो। घण्टाकर्ण राक्षसले पूजाआजामा विघ्न त गर्थ्यो र देवता एवं सज्जनहरूलाई दुःख दिन्थ्यो। उसले फलामलाई मन पराउने हुँदा गरगहना लगाएका मानिसहरूलाई धेरै सताउँथ्यो। दोबाटो चौबाटो आदिमा ढुकेर बाटामा हिँड्ने बटुवासँग जगात (कर) असुल्थ्यो र कर नतिर्ने मानिसलाई मारेर खाइदिन्थ्यो। त्यस नरभक्षी राक्षसको सिकार प्रायः असहाय महिला र बालबालिका हुन्थे।

यसरी पूरै मानव बस्ती घण्टाकर्णको आतंकबाट आजित भएको देखेर एकजना तान्त्रिकले भ्यागुताको रूप धारण गरी घण्टाकर्ण भएको ठाउँमा पुगे। त्यसबेला घण्टाकर्ण भोकले छटपटाउँदै चौबाटामा मानिसलाई ढुकेर बसिरहेको थियो। घण्टाकर्णको आहारा भइने डरले त्यसबेला मानिसहरू घरमै लुकेर बसेका थिए। घण्टाकर्णले भ्यागुतालाई भेटेर मानव बस्ती जाने बाटो देखाइदिन अनुरोध गर्यो। भ्यागुतोरूपी तान्त्रिकले दलदल भएको ठाउँतिर देखाई त्यहाँबाट केही पर पुगेपछि मानव बस्ती भेटिने बताए।

आहारा भेटिने आसमा भ्यागुताले देखाएको ठाउँतिर जाँदा राक्षस दलदलमा फस्यो र रातभरि चिच्याएर बितायो। भोलिपल्ट गाउँलेहरू भेला भएर उसलाई ढुंगामुढाले हिर्काएर मारे। कसैकसैले घण्टाकर्णको मृत्यु कुवामा खसेर भएको किंवदन्ती पनि सुनाउँछन्। यसरी अत्याचारी घण्टाकर्णको आतंक सदाका लागि अन्त्य भएको खुसियालीमा हरेक वर्ष श्रावण कृष्णपक्षको चतुर्दशीका दिन फेरि घण्टाकर्णको आतंक झेल्नु नपरोस् भनेर अत्याचारी घण्टाकर्णको पुतला बनाई दहन गरिन्छ। हरियो नर्कट, सुकेको छ्वाली, काँस, निगालो आदि मिसाएर तीनखुट्टे राक्षसको आकृति बनाई दिनभरि दोबाटो वा चौबाटामा प्रदर्शनीका लागि उभ्याइन्छ।

आज बालबालिकाहरू बाटामा डोरी टाँगेर बटुवाहरूलाई अवरोध गरी घण्टासुरको जगात माग्न बस्छन्। यस दिन मान्छे स्वयं घण्टाकर्णको भेषमा विभिन्न रंगले रंगिएर बसी रमाइलो गर्ने चलन पनि छ।

साँझ परेपछि चौबाटामा राखिएको घण्टाकर्णलाई गाली गर्दै, घिस्याउँदै र पछार्दै गाउँटोल नजिकको खुला स्थान (छ्वासे) वा नदीकिनारमा लगी दहन गर्ने चलन छ। यसरी घण्टाकर्णलाई सेलाएपछि घरको मूलढोकामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने गरिन्छ। ढोकामा किला ठोकेपछि भूतप्रेत राक्षस आदि घरमा आउन नसक्ने र औंठी धारण गर्नाले भूतप्रेत, टुनामुना आदिले मानिसलाई छुन नसक्ने जनविश्वास रहेको छ। कतैकतै दोबाटो वा चौबाटोमा दही, चिउरा, सम्यबजी आदि राखेर पनि भूतप्रेत मन्छाउने गरिन्छ।

आज साँझमा घर चोख्याइसकेपछि विशेषरूपले शिवपार्वतीका पुत्र कुमार कार्तिकेयको पूजाआराधना गरिन्छ। यसै दिन आफ्नो कुल वा दीक्षा परम्परा अनुसार अर्धनारीश्वर, आगम देवता तथा भैरवको पनि पूजा–उपासना गर्ने विधान छ।


Comments

    punam shrestha

    aaja ko dinko bare thahapaye. khusi lagyo dhannebad nepali patro

    Nhuchhe Lal shrestha

    आधुनिक बिज्ञान जति पनि बिकास क्रममा अगाडि बढ्न सकेको छ, आध्यात्मिक (धार्मिक) ग्रन्थहरूको अध्ययन एवं जटिल अनुसन्धानबाट नै भएको पुष्टि भैसकेको हुनाले र संसार बिस्वासमै अडेको हुनाले कुनै समयको सत्यघटना हाल दन्त्यकथामा परिणत भए पनि बिचारणिय एवं बिश्वसनिय नै छ

    Mahendra Kumar piya Chitwan,Nepal.

    I am Newar but no about ghanta karma.

    it’s general knowledge for unknown person.
    Thanks Nepali Patro community.

    khagendra bhatta

    dherai ramro lagyo. tar aaj matrai padheko .

    Dinesh Shrestha

    Dherae dherae dhanyebad sankriki ko barema purna jankari dinuvayakoma

    गगन श्रेष्ठ

    अति राम्रो जानकारी

    गगन श्रेष्ठ

    अति राम्रो जानकारी

    RAMEKBAL RAY

    good work

    Amar Jyoti

    ma karmama biswas garne bhakole yesta kathaharu ramailoko lagi matra linxu tara kehi lesson pani napaune haina.Afno kaam garnus bhut pisach aafai bato lagxan.

    jaya

    chahre ko jankari ramro lagyo

    प्रकाश बडु

    धेरै धन्याबाद यश महत्वोपूर्ण जानकारिको लागि।

    dev narayan yadav

    mero jiwan ko barema

    netra bahadur khadka

    jankari ko lagi dhanebad

    Upendra jha

    malai yo parb sarai ramro lagne garcha

    Pralhad Basnet

    यो नेपाल् भाषा ठाउँ अनुसार फरक-फरक हुन्छ किन ? के नेपाल् भाषा भनेपछि सबैको एउटै हुनु पर्ने होईन र ?


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!