घटस्थापना

घटस्थापना

By Nepali Patro
मार्च 2, 2017

नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँ प्रत्येक जातजातिका आ-आफ्नै परम्परा र चाडबाड छन्। तथापि बडादसैं त्यो चाड हो जुन प्राय: सबै जातजाति र जनसमुदायले मनाउँछन्। नेपालीहरूको महान् चाड भएकैले यसलाई ‘बडादसैं’ भनिएको हो। यस पर्वको धार्मिक, आध्यात्मिक, पारिवारिक, सामाजिक, सांस्कृतिक एवं राष्ट्रियताका हिसाबले उत्तिकै महत्त्व छ। दसैं भन्नासाथ सबैको मनमा एक किसिमको आनन्द सञ्चार हुन्छ। मीठो खाने र राम्रो लाउने अवसरका साथ यो पर्वले घरघरमा, जनजनमा र मनमनमा उत्साह र उमंग निम्त्याएको हुन्छ। साधक तथा उपासकहरूका लागि यो भगवतीको आराधना गरेर शक्ति आर्जन तथा अभीष्ट सिद्धि गर्ने समय हो। गाउँ–सहर तथा समाजका लागि सरसफाइ, विकास निर्माण, भेटघाट, मेला, उत्सव एवं मनोरञ्जन गर्ने अवसर समेत बडादसैंले जुटाउने गर्दछ। प्रत्येक वर्ष आश्विन महिनाको शुक्ल पक्षभरि मनाइने पर्व दसैं हो। दसैं लागेपछि घरको सरसफाइ, लिपपोत र विशेष साजसज्जा गरिन्छ। आश्विन शुक्लपक्षको प्रतिपदा तिथिमा नवदुर्गालाई आवाहन गरेर घटस्थापना गरी घर–घरमा दसैं भित्र्याइन्छ। नौ दिनसम्म नवदुर्गा भवानीको पूजा–आराधना गरेपछि दशमीका दिन भगवतीलाई विसर्जन गरी मान्यजनका हातबाट भगवतीको प्रसाद टीका र जमरा लगाई आशीर्वाद थापिन्छ। अनि कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरी रातभरि जाग्राम बसेपछि विधिवत् दसैं पर्वलाई बिदाइ गरिन्छ।

घटस्थापना देखि नेपालीका घरघरमा दसैं भित्रिन्छ। हर्ष, उमंग र एकताको चाड दसैंले सबैलाई घरमा निम्त्याएको हुन्छ। बालबच्चादेखि वयोवृद्धसम्म सबैलाई दसैंले हर्षित तुल्याएको हुन्छ। पढ्नलाई सहर गएका छोराछोरी, धन कमाउन परदेश गएका छोरा र बिदेसिएका लाहुरेहरू ताँती नै लागेर घर फर्कन्छन्। जागिरेहरूलाई छुट्टी हुनासाथ घरै जाने हतार हुन्छ। घरमै हुनेहरू दसैंका लागि सबैथोक जोरजाम गर्न कसिन्छन्। घटस्थापना देखि नै घरका अगुवा र कुलवृद्धहरू पूजापाठमा व्यस्त हुन्छन्। युवायुवती घर सजाउन र बाटोघाटो निर्माणमा जुटेका हुन्छन्।

दसैंको अवसरमा हरेक गाउँघरका बाटाहरू मर्मत हुन्छन्। पुल-पुलेसा निर्माण हुन्छन्। विभिन्न योजना बन्छन् र गाउँको विकासमा सामूहिक प्रयत्न हुन्छ। ठाउँ-ठाउँमा पिङ र रोटेपिङ हालिएका हुन्छन्। विभिन्न खेलकुदका प्रतियोगिताले गाउँघर तथा सहर-बजारलाई तताएको हुन्छ। लामो समयदेखि दसैंका लागि अन्नपात र खसी-कुखुराको जोहो गर्ने चलन छ। परिवारजनका विभिन्न आवश्यकता पूरा गर्ने समय दसैं नै हो। सबैलाई नयाँ लुगा, पत्नीलाई गरगहना, केटाकेटीलाई खेलौनादेखि भान्सा र घरमा आवश्यक विभिन्न सामान जोड्ने समय पनि दसैं नै हो। दसैंकै मौकामा नयाँ भाँडाबर्तन, सिरक-डसना, टिभी, रेफ्रिजरेटर, साना–ठूला सवारी साधन लगायत आवश्यक सामान जोड्ने चलन पनि बढेको छ। बजारमा उपभोक्ताको बाक्लो चहलपहल देखिन्छ भने व्यापारीहरूले पनि धेरै ग्राहकलाई आकर्षित गर्न विभिन्न ‘अफर’ घोषणा गर्दछन्।

भेटघाट तथा एकताको पर्व

दसैंमा सहर-बजारभन्दा गाउँघर रमाइलो हुन्छ। लामो सार्वजनिक बिदा हुने हुँदा सहरका अस्थायी बासिन्दाहरू दसैंमा गाउँघरतिरै फर्कन्छन्। त्यसैले दसैंमा सहर सुनसान देखिन्छ। दशमी नजिकिँदै जाँदा रित्तिन थाल्छन् सहर। गाउँघर गुल्जार बन्छन् भने केही दिनलाई भए पनि सहरवासीले कोलाहलमुक्त आनन्दको सास फेर्छन्।

दसैंमा परदेश गएका छोराहरू सरसामानको गतिलै भारी लिएर फर्कन्छन्। जे-जस्तो दु:खले कमाए पनि घरमा ल्याएर सक्दो खुसी बाँड्छन्। घरमा हुनेहरूले परदेशीको बाटो कुर्छन्। लामो समयदेखि परदेशीकै लागि खानेकुरा साँचेर राख्छन्। बुढेसकालका बा-आमालाई छोरो फर्कंदा कति हर्ष हुँदो हो। हिजोसम्म सुनेको बाबालाई भेट्टाउँदा लालाबाला कति रमाउँदा हुन्। बिछोडिएको श्रीमानसँग पुनर्मिलन हुँदा पत्नीलाई कति आनन्द हुँदो हो। अनि स्वयं परदेशीले आफ्नै घरमा परिवारजनबीच आफूलाई पाउँदा कति आनन्द लाग्दो हो। र, छुट्टिएका साथीभाइ लामो समयपछि भेट हुँदा गाउँ कति रमाइलो हुँदो हो। दसैंमा चेलीबेटी, आफन्तजन र बन्धुबान्धवको समेत भेटघाट हुन्छ। यसर्थ यो भेटघाटको समेत पर्व हो। लामो समयदेखि माइत जान नपाएका चेलीहरू हुन् वा मामाघर जान पाइने आशामा औंला गन्दै आएका भान्जाभान्जीहरू, दसैंले उनीहरूको इच्छा पुर्याइदिन्छ। र, सबै आफन्तजनलाई भेट्ने र साना नानीहरूलाई आफन्तजनसँग चिनजान गराउने अवसर दसैंले नै जुराइदिन्छ।

घरघरमा महोत्सव, जनजनमा महोत्सव। नेपालीहरूको सान र मौलिक पहिचान। जहाँ छन् नेपाली, त्यहाँ हुन्छ बडादसैं। त्यसैले त विदेशमा बस्ने नेपालीहरूले विदेशमै भए पनि दसैंलाई स्वागत गर्छन्। सम्भव भएसम्म साथीभाइ र आफन्त भेला भएर दसैं उत्सव मनाउँछन्। र, विदेशीलाई समेत दसैंको स्वाद चखाउँछन्। जो जहाँ भए पनि सबै नेपालीलाई सांस्कृतिक एकताको मालामा उन्न सफल छ बडादसैं।

आशीर्वाद र सम्मानको पर्व

बडादसैंको अर्को पाटो आशीर्वाद संस्कृति हो। मान्यजन र कुलवृद्धले आफूभन्दा सानालाई भगवतीको प्रसादस्वरूप टीका र जमरा लगाइदिन्छन् र आफूले जानेको आशीर्वाद पनि दिन्छन्। आशीर्वाद दिने व्यक्ति शक्तिसम्पन्न हुनुपर्छ। शक्ति पाउनलाई शक्तिस्वरूपा भगवतीको पूजा-आराधना गर्नुपर्छ। दसैंमा महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपा दुर्गा भवानीको पूजाआजा गरिन्छ। शक्तिपीठ र घरमा समेत भगवतीलाई प्रतिष्ठा गरेर नौरथाभरि भगवतीका गुणानुवादले युक्त दुर्गा सप्तशती पाठ, जप, अनुष्ठान र नाचगान समेत गर्ने विधान छ। यसरी अनुष्ठान गर्ने व्यक्तिले पवित्र भएर व्रत लिनुपर्दछ। र, भगवतीको पूजा, आराधना गर्नाले व्यक्ति शक्तिसम्पन्न हुन्छ। भगवतीबाट शक्ति प्राप्त गरिसकेपछि वर्षभरि अनीष्ट हुँदैन र व्यक्ति तथा उसको परिवार सुखी हुन्छ। यही धार्मिक विश्वासलाई आशीर्वाद संस्कृतिले समेत पक्षपोषण गरेको छ।

आशीर्वाद अनुष्ठानद्वारा प्राप्त शक्तिको बाँडफाँड पनि हो। दसैंमा दिइने आशीर्वादमा वैदिकदेखि पौराणिक, तान्त्रिक र लौकिक सम्मका मन्त्र, पद्य, सूक्ति र नैतिक आदर्शका वाक्यसमेत प्रयोग हुन्छन्। आशीर्वादमा प्रयोग हुने वैदिक मन्त्रले सार्वत्रिक तथा सर्वकालीन शान्ति, लोककल्याण र समाजका आदर्शलाई समेत पक्षपोषण गरेको हुन्छ। पौराणिक, तान्त्रिक वा लौकिक आशीर्वचनमा व्यक्तिलाई विभिन्न आदर्श पुरुषका गुणहरू प्राप्त भई सुखी र दीर्घायु हुने कामना गरिन्छ। लोकव्यवहारमा समेत बडादसैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने चलन छ। मान्यजनप्रति गरिने श्रद्धालाई पनि दसैंले जीवन्त तुल्याएको छ। मान्यजनले दिएको आशीर्वाद थापिसकेपछि श्रद्धाले शिर निहुराई उनीहरूलाई ढोगभेट गर्ने गरिन्छ। यसो गर्नाले मान्यजन समेत प्रसन्न हुन्छन्। र, सबैमा आत्मीय भाव बढेर जान्छ। वास्तवमा यो नै नेपालीहरूको मौलिक संस्कार हो। बडादसैंले यही संस्कारलाई पुरानो पुस्ताबाट नयाँ पिँढीमा हस्तान्तरण गर्दै जीवन्त तुल्याएको छ।

घटस्थापना गर्ने विधि

लिपपोत गरी चोख्याइएको शुद्ध स्थानमा घटस्थापना गर्नुपर्छ। पूजा गर्ने व्यक्तिले पवित्र भई नित्यकर्म गरेर सफा, शुद्ध, रातो कपडा लगाई नवरात्रभरि देवीको पूजा–आराधना, चण्डीपाठ वा देवी भागवत पाठ आदि गरेर रात्रिकालमा मात्र सात्विक भोजन गर्नुपर्दछ। घटस्थापना गर्दा सुरुमा संकल्पपूर्वक दीप–कलश–गणेश पूजा गरी माटो मिश्रित बालुवामा जौ, गहुँ आदि रोपण गरेर त्यसको बीच भागमा दुर्गा भवानीको घडा स्थापना गर्नुपर्छ। सफा थालीमा रक्तचन्दनले देवीयन्त्र वा अष्टदल लेख्ने र दुर्गायन्त्र लेखेको थालीलाई घडामाथि राखेर त्यसमा सुन, चाँदी वा अन्य कुनै धातुनिर्मित देवीप्रतिमालाई प्राणप्रतिष्ठा गरी स्थापना गरेर आवरण पूजासहित दुर्गा भवानीको पूजा गर्नुपर्छ। यसरी पूजा गर्दा भगवतीलाई घडामा सपरिवार, सायुध, सशक्ति आवाहन गरी स्थापना गर्ने विधान छ। यही विधिलाई घटस्थापना भनिन्छ।

घटस्थापना गरेपछि दुर्गा भवानीको नियमित पूजा, जप, चण्डीपाठ गर्ने गरिन्छ। यो शक्तिको उपासना गर्ने विशेष अवसर भएकाले श्रीमद्देवी भागवतको अनुष्ठान पनि प्रारम्भ गर्न सकिन्छ। नवकन्यामध्ये प्रथम कन्याको पूजा, शैलपुत्री भगवतीको विशेष पूजा तथा दर्शनआदि गरिन्छ। यही दिन सामाजिक तथा राष्ट्रियस्तरमा पनि देवीको मूर्ति स्थापना गरी दुर्गा भवानीको आराधना पनि गरिन्छ।

पूजनीया जनैर्देवी स्थाने स्थाने पुरे पुरे।
गृहे गृहे शक्तिपरैर्ग्रामे ग्रामे वने वने।।
स्नातैः प्रमुदितैर्हृष्टैर्ब्राह्मणैः क्षत्रियैः नृपैः।
वैश्यैः शूद्रैर्भक्तियुक्तैर्म्लेच्छैरन्त्यैश्च मानवैः।।

नवरात्रमा सबै मानवले देवीको पूजा गर्न सक्छन् र सबैले गर्नुपर्दछ। नवरात्रको पूजापाठ नित्य भएकाले नगर्दा दोष लाग्छ भने गर्दा विशेष फलप्राप्ति हुन्छ। नित्यकर्म जस्तै नियमित पूजापाठ गर्नुपर्छ। कुनै तिथि क्षय भएको भए कुनै दिन दोहोर्याएर उक्त तिथिको पूजासमेत पूरा गर्नुपर्छ।

ध्यान गर्ने

ॐ विद्युद्दामसमप्रभां मृगपतिस्कन्धस्थितां भीषणां ।
कन्याभिः करबालखेटविलसद्धस्ताभिरासेविताम् ॥
हस्तैश्चक्रगदासिखेटविशिखांश्चापं गुणं तर्जनीं ।
बिभ्राणामनलात्मिकां शशिधरां दुर्गां त्रिनेत्रां भजे ॥

ॐ जटाजूटसमायुक्तामर्द्धेन्दुकृतशेखराम् ।
लोचनत्रयसंयुक्तां पूर्णेन्दुसदृशाननाम् ॥

अतसीपुष्पसङ्काशां सुप्रतिष्ठां सुलोचनाम् ।
नवयौवनसम्पन्नां सर्वाभरणभूषिताम् ॥

सुचारुदशनां तद्वत्पीनोन्नतपयोधराम् ।
त्रिभङ्गस्थानसंस्थानां महिषासुरमर्दिनीम् ॥

प्रसन्नवदनां देवीं सर्वकामफलप्रदाम् ।
शत्रुक्षयकरीं देवीं दैत्यदानवदर्पहाम् ॥

उग्रचण्डा प्रचण्डा च चण्डोग्रा चण्डनायिका ।
चण्डा चण्डवती चैव चण्डरूपातिचण्डिका ॥

आभिः शक्तिभिरष्टाभिः सततं परिवेष्टिताम् ।
चिन्तयेज्जगतां धात्रीं धर्मकामार्थमोक्षदाम् ॥

ध्यानं समर्पयामि, सपरिवारयुतायै साङ्गायै दुर्गादेव्यै नमः।

भगवतीलाई आवाहन गर्ने

ॐ एहि दुर्गे महाभागे रक्षार्थं मम सर्वगे ।
आवाहयाम्यहं देवि सर्वकामार्थसिद्धये ॥

रक्षां कुरु सदा भद्रे दुर्गे देवि नमोSस्तु ते ।
सर्वविघ्नहरे देवि सर्वपापप्रणाशिनि ॥

यज्ञं रक्ष महादेवि पुत्रपौत्रप्रवर्धिनि ।
असुराणां क्षयकरि सर्वशत्रुविनाशिनि ॥

त्वं लक्ष्मीस्त्वं च ब्रह्माणी त्वं गौरी त्वं च पार्वती ।
दुर्गा भगवती त्वं च चण्डी नारायणीति च ॥

कौमारी वैष्णवी चैव शारदा त्वं सरस्वती ।
आगच्छ वरदे देवि दैत्यदर्पनिषूदिनी ॥

पूजां गृहाण सुमुखि नमस्ते शंकरप्रिये ।
सर्वतीर्थमयं वारि सर्वदेवसमन्वितम् ॥

इमं घटं समागच्छ तिष्ठ देवगणैः सह ॥

ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोSस्तु ते ॥

आवाहनं समर्पयामि, सपरिवारयुतायै साङ्गायै दुर्गादेव्यै नमः।

दुर्गाका चारैतिर रहने देवताहरूको पूजा

बीचमा सिंहासनको पूजा गरी ईशानबाट क्रमश: पूजा गर्ने–

ॐ विष्णवे नमः। ॐ शिवाय नमः। ॐ विनायकाय नमः। ॐ सूर्याय नमः। दुर्गादेव्याः सर्वेभ्यो परिवारेभ्यो नमः।

षोडशोपचार पूजा

(वैदिक मन्त्र, तान्त्रिक मन्त्र, दुवै मन्त्र मिलाएर वा नाम मन्त्रले मात्र पनि देवीको पूजा गर्न सकिने भएकाले यहाँ नाममन्त्रद्वारा पूजा विधि प्रदर्शन गरिएको छ।)

१. आसनं समर्पयामि, दुर्गादेव्यै नमः। (आसनका लागि देवीलाई कुश तथा फूल चढाउने)
२. पाद्यं समर्पयामि, दुर्गादेव्यै नमः।
३. अर्घ्यं समर्पयामि, दुर्गादेव्यै नमः।
४. आचमनीयं समर्पयामि, दुर्गादेव्यै नमः।
५. स्नानीयं समर्पयामि, दुर्गादेव्यै नमः।
६. पञ्चामृतस्नानं समर्पयामि, दुर्गादेव्यै नमः।
७. शुद्धोदकस्नानं समर्पयामि, दुर्गादेव्यै नमः।
८. वस्त्रं, यज्ञोपवीतं उपवस्त्रं च समर्पयामि, दुर्गादेव्यै नमः।
९. श्रीखण्डादि चन्दनं समर्पयामि, दुर्गादेव्यै नमः।
१० अक्षतान् समर्पयामि, दुर्गादेव्यै नमः।
११ पुष्पं, पुष्पमालां, सौभाग्यद्रव्याणि समर्पयामि, दुर्गादेव्यै नमः।

(सिन्दुर, गाजल, टीका, मंगलसूत्र आदि सबै चढाउने र आवरण पूजा पनि यहीं गर्नुपर्दछ।)

अंग पूजा

(हातमा राता अक्षता, फूल, चन्दन, विल्वपत्र आदिले भगवतीका अंग सम्झिएर क्रमशः पूजा गर्ने)

ॐ महाकाल्यै नमः, पादौ पूजयामि ।
ॐ मङ्गलायै नमः, गुल्फौ पूजयामि ।
ॐ कात्यायन्यै नमः, जानुनी पूजयामि ।
ॐ भद्रकाल्यै नमः, उरू पूजयामि ।
ॐ कमलायै नमः, कटिं पूजयामि ।
ॐ शिवायै नमः, नाभिं पूजयामि ।
ॐ क्षमायै नमः, उदरं पूजयामि ।
ॐ स्कन्दायै नमः, हृदयं पूजयामि ।
ॐ नानास्त्रधारिण्यै नमः, बाहून् पूजयामि ।
ॐ महिषासुरमर्दिन्यै नमः, कण्ठं पूजयामि ।
ॐ जगन्मायायै नमः, मुखं पूजयामि ।
ॐ जगन्मय्यै नमः, दन्तान् पूजयामि ।
ॐ जगद्धात्र्यै नमः, नासिकां पूजयामि ।
ॐ उमायै नमः, नेत्रे पूजयामि ।
ॐ सुरवन्दितायै नमः, कर्णौ पूजयामि ।
ॐ बिन्ध्यवासिन्यै नमः, ललाटं पूजयामि ।
ॐ सर्वेश्वर्यै नमः, शिरः पूजयामि ।
ॐ दुर्गायै नमः, सर्वाङ्गं पूजयामि ।

१२ धूपं आघ्रापयामि, दीपं च दर्शयामि, दुर्गादेव्यै नमः।
१३ नानाविधानि नैवेद्यानि, फलानि च समर्पयामि, दुर्गादेव्यै नमः। आचमनीयं च समर्पयामि, दुर्गादेव्यै नमः।
१४ ताम्बूलं समर्पयामि, दुर्गादेव्यै नमः। सुगन्धिद्रव्यं च समर्पयामि, दुर्गादेव्यै नमः।
१५ न्यूनतातिरिक्तये द्रव्यदक्षिणां समर्पयामि, दुर्गादेव्यै नमः।
१६ आरार्तिक्यं, पुष्पाञ्जलीं, प्रदाक्षिणां, क्षमापनं च समर्पयामि, दुर्गादेव्यै नमः।

अनेन यथा उपलब्धवस्तुद्वारा पूजनेन दुर्गादेवी प्रियताम् न मम।

क्षमा प्रार्थना

अपराध सहस्राणि क्रियन्तेऽहर्निशं मया ।
दासोऽयमिति मां मत्वा क्षमस्व परमेश्वरि ॥१॥

आवाहनं न जानामि न जानामि विसर्जनम्
पूजां चैव न जानामि क्षमस्व परमेश्वरि ॥२॥

मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं सुरेश्वरि ।
यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे ॥३॥

अपराधशतं कृत्वा जगदम्बेति चोच्चरेत् ।
यां गतिं समवाप्नोति न तां ब्रह्मादयः सुराः ॥४॥

सापरधोऽस्मि शरणं प्राप्तस्त्वां जगदम्बिके ।
इदानीमनुकम्प्योऽहं यदेच्छसि तदा कुरु ॥५॥

अज्ञानाद्विस्मृतेर्भ्रान्त्या यन्यूनमधिकं कृतम्।
तत्सर्वं क्षम्यतां देवि प्रसीद परमेश्वरि ॥६॥

कामेश्वरि जगन्मातः सच्चिदानन्दविग्रहे ।
गृहाणार्चामिमां प्रीत्या प्रसीद परमेश्वरि ॥७॥

गुह्यातिगुह्यगोप्त्री त्वं गृहाणामस्कृतं जपम् ।
सिद्धिर्भवतु मे देवि त्वत् प्रसादात् सुरेश्वरि ॥८॥
—————————–

अथ देव्याः कवचम्

ॐ अस्य श्री चण्डी कवचस्य ब्रह्मा ऋषिः । अनुष्टुप् छन्दः । चामुण्डा देवता अङ्गन्यासोक्तमातरो बीजम् । दिग्बन्धदेवतास्तत्त्वम् । श्रीजगदम्बाप्रीत्यर्थे सप्तशती पाठाङ्गत्वेन जपे विनियोगः ॥

ॐ नमश्चण्डिकायै
मार्कण्डेय उवाच

ॐ यद् गुह्यं परमं लोके सर्वरक्षाकरं नृणाम् ।
यन्न कस्यचिदाख्यातं तन्मे ब्रूहि पितामह ! ॥ १॥

ब्रह्मोवाच
अस्ति गुह्यतमं विप्र सर्वभूतोपकारकम् ।
देव्यास्तु कवचं पुण्यं तच्छृणुष्व महामुने ॥ २॥

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ॥ ३॥

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ॥ ४॥

नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना ॥ ५॥

अग्निना दह्यमानस्तु शत्रुमध्ये गतो रणे ।
विषमे दुर्गमे चैव भयार्ताः शरणं गताः ॥ ६॥

न तेषां जायते किञ्चिदशुभं रणसंकटे ।
नापदं तस्य पश्यामि शोकदुःखभयं न हि ॥ ७॥

यैस्तु भक्त्या स्मृता नूनं तेषां वृद्धिः प्रजायते ।
ये त्वां स्मरन्ति देवेशि ! रक्षसे तान्न संशयः ॥ ८॥

प्रेतसंस्था तु चामुण्डा वाराही महिषासना ।
ऐन्द्री गजसमारूढा वैष्णवी गरुडासना ॥ ९॥

माहेश्वरी वृषारूढा कौमारी शिखिवाहना ।
लक्ष्मीः पद्मासना देवी पद्महस्ता हरिप्रिया ॥ १०॥

श्वेतरूपधरा देवी ईश्वरी वृषवाहना ।
ब्राह्मी हंससमारूढा सर्वाभरणभूषिता ॥ ११॥

इत्येता मातरः सर्वाः सर्वयोगसमन्विताः ।
नानाभरणशोभाढ्या नानारत्नोपशोभिताः ॥ १२॥

दृश्यन्ते रथमारूढा देव्यः क्रोधसमाकुलाः ।
शङ्खं चक्रं गदां शक्तिं हलं च मुसलायुधम् ॥ १३॥

खेटकं तोमरं चैव परशुं पाशमेव च ।
कुन्तायुधं त्रिशूलं च शार्ङ्गमाधमुत्तमम् ॥ १४॥

दैत्यानां देहनाशाय भक्तानामभयाय च ।
धारयन्त्यायुधानीत्थं देवानां च हिताय वै ॥ १५॥

नमस्तेऽस्तु महारौद्रे महाघोरपराक्रमे ।
महाबले महोत्साहे महाभयविनाशिनि ॥ १६॥

त्राहि मां देवि ! दुष्प्रेक्ष्ये शत्रूणां भयवर्द्धिनि ।
प्राच्यां रक्षतु मामैन्द्री आग्नेय्यामग्निदेवता ॥ १७॥

दक्षिणेऽवतु वाराही नैर्ऋत्यां खड्गधारिणी ।
प्रतीच्यां वारुणी रक्षेद् वायव्यां मृगवाहिनी ॥ १८॥

उदीच्यां पातु कौमारी ऐशान्यां शूलधारिणी ।
ऊर्ध्वं ब्रह्माणि मे रक्षेदधस्ताद् वैष्णवी तथा ॥ १९॥

एवं दश दिशो रक्षेच्चामुण्डा शववाहना ।
जया मे चाऽग्रतः पातु विजया पातु पृष्ठतः ॥ २०॥

अजिता वामपार्श्वे तु दक्षिणे चाऽपराजिता ।
शिखामुद्योतिनी रक्षेदुमा मूर्ध्नि व्यवस्थिता ॥ २१॥

मालाधरी ललाटे च भ्रुवौ रक्षेद् यशस्विनी ।
त्रिनेत्रा च भ्रुवोर्मध्ये यमघण्टा च नासिके ॥ २२॥

शङ्खिनी चक्षुषोर्मध्ये श्रोत्रयोर्द्वारवासिनी ।
कपोलौ कालिका रक्षेत्कर्णमूले तु शाङ्करी ॥ २३॥

नासिकायां सुगन्धा च उत्तरोष्ठे च चर्चिका ।
अधरे चामृतकला जिह्वायां च सरस्वती ॥ २४॥

दन्तान् रक्षतु कौमारी कण्ठदेशे तु चण्डिका ।
घण्टिकां चित्रघण्टा च महामाया च तालुके ॥ २५॥

कामाक्षी चिबुकं रक्षेद् वाचं मे सर्वमङ्गला ।
ग्रीवायां भद्रकाली च पृष्ठवंशे धनुर्धरी ॥२६॥

नीलग्रीवा बहिःकण्ठे नलिकां नलकूबरी ।
स्कन्धयोः खड्गिनी रक्षेद् बाहू मे वज्रधारिणी ॥ २७॥

हस्तयोर्दण्डिनी रक्षेदम्बिका चाङ्’गुलीषु च ।
नखाञ्छूलेश्वरी रक्षेत् कुक्षौ रक्षेत् कुलेश्वरी ॥ २८॥

स्तनौरक्षेन्महादेवी मनः शोकविनाशिनी ।
हृदये ललिता देवी उदरे शूलधारिणी ॥ २९॥

नाभौ च कामिनी रक्षेद् गुह्यं गुह्येश्वरी तथा ।
पूतना कामिका मेढ्रं गुदे महिषवाहिनी ॥ ३०॥

कट्यां भगवती रक्षेज्जानुनी विन्ध्यवासिनी ।
जङ्घे महाबला रक्षेत् सर्वकामप्रदायिनी ॥ ३१॥

गुल्फयोर्नारसिंही च पादपृष्ठे तु तैजसी ।
पादाङ्’गुलीषु श्री रक्षेत्पादाधस्तलवासिनी ॥ ३२॥

नखान् दंष्ट्राकराली च केशांश्चैवोर्ध्वकेशिनी ।
रोमकूपेषु कौबेरी त्वचं वागीश्वरी तथा ॥ ३३॥

रक्त-मज्जा-वसा-मांसान्यस्थि-मेदांसि पार्वती ।
अन्त्राणि कालरात्रिश्च पित्तं च मुकुटेश्वरी ॥ ३४॥

पद्मावती पद्मकोशे कफे चूडामणिस्तथा ।
ज्वालामुखी नखज्वालामभेद्या सर्वसन्धिषु ॥ ३५॥

शुक्रं ब्रह्माणि मे रक्षेच्छायां छत्रेश्वरी तथा ।
अहंकारं मनो बुद्धिं रक्षेन् मे धर्मधारिणी ॥ ३६॥

प्राणापानौ तथा व्यानमुदानं च समानकम् ।
वज्रहस्ता च मे रक्षेत्प्राणं कल्याणशोभना ॥ ३७॥

रसे रूपे च गन्धे च शब्दे स्पर्शे च योगिनी ।
सत्त्वं रजस्तमश्चैव रक्षेन्नारायणी सदा ॥ ३८॥

आयू रक्षतु वाराही धर्मं रक्षतु वैष्णवी ।
यशः कीर्तिं च लक्ष्मीं च धनं विद्यां च चक्रिणी ॥ ३९॥

गोत्रमिन्द्राणि मे रक्षेत् पशून् मे रक्ष चण्डिके ।
पुत्रान् रक्षेन् महालक्ष्मीर्भार्यां रक्षतु भैरवी ॥ ४०॥

पन्थानं सुपथा रक्षेन् मार्गं क्षेमकरी तथा ।
राजद्वारे महालक्ष्मीर्विजया सर्वतः स्थिता ॥ ४१॥

रक्षाहीनं तु यत्स्थानं वर्जितं कवचेन तु ।
तत्सर्वं रक्ष मे देवि ! जयन्ती पापनाशिनी ॥ ४२॥

पदमेकं न गच्छेत्तु यदीच्छेच्छुभमात्मनः ।
कवचेनावृतो नित्यं यत्र यत्रैव गच्छति ॥ ४३॥

तत्र तत्रार्थलाभश्च विजयः सार्वकामिकः ।
यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् ॥ ४४॥

परमैश्वर्यमतुलं प्राप्स्यते भूतले पुमान् ।
निर्भयो जायते मर्त्यः संग्रामेष्वपराजितः ॥ ४५॥

त्रैलोक्ये तु भवेत्पूज्यः कवचेनावृतः पुमान् ।
इदं तु देव्याः कवचं देवानामपि दुर्लभम् ॥ ४६॥

यः पठेत्प्रयतो नित्यं त्रिसन्ध्यं श्रद्धयाऽन्वितः ।
दैवीकला भवेत्तस्य त्रैलोक्येष्वपराजितः ॥ ४७॥

जीवेद् वर्षशतं साग्रमपमृत्युविवर्जितः ।
नश्यन्ति व्याधयः सर्वे लूता-विस्फोटकादयः ॥ ४८॥

स्थावरं जङ्गमं चैव कृत्रिमं चापि यद्विषम् ।
अभिचाराणि सर्वाणि मन्त्रयन्त्राणि भूतले ॥ ४९॥

भूचराः खेचराश्चैव जलजाश्चोपदेशिकाः ।
सहजाः कुलजा माला डाकिनी शाकिनी तथा ॥ ५०॥

अन्तरिक्षचरा घोरा डाकिन्यश्च महाबलाः ।
ग्रहभूतपिशाचाश्च यक्षगन्धर्वराक्षसाः ॥ ५१॥

ब्रह्मराक्षस-वेतालाः कुष्माण्डा भैरवादयः ।
नश्यन्ति दर्शनात्तस्य कवचे हृदि संस्थिते ॥ ५२॥

मानोन्नतिर्भवेद् राज्ञस्तेजोवृद्धिकरं परम् ।
यशसा वद्धर्ते सोऽपि कीर्ति-मण्डित-भूतले ॥ ५३॥

जपेत् सप्तशतीं चण्डीं कृत्वा तु कवचं पुरा ।
यावद् भूमण्डलं धत्ते सशैल-वन-काननम् ॥ ५४॥

तावत्तिष्ठति मेदिन्यां सन्ततिः पुत्र-पौत्रिकी ।
देहान्ते परमं स्थानं यत्सुरैरपि दुर्लभम् ॥ ५५॥

प्राप्नोति पुरुषो नित्यं महामाया प्रसादतः ।
लभते परमं रूपं शिवेन सह मोदते ।। ॐ ॥ ५६॥

॥ इति श्री देव्याः कवचं समाप्तम् ॥

———————————–

अथ अर्गलास्तोत्रम्

ॐ अस्य श्रीअर्गलास्तोत्रमन्त्रस्य विष्णुऋषिः । अनुष्टुप् छन्दः । श्री महालक्ष्मीर्देवता । श्री जगदम्बाप्रीत्यर्थे सप्तशती पाठाङ्गत्वेन जपे विनियोगः ॥

ॐ नमश्वण्डिकायै
मार्कण्डेय उवाच

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥ १॥

जय त्वं देवि ! चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि ! कालरात्रि नमोऽस्तु ते ॥ २॥

मधुकैटभविद्रावि विधातृवरदे नमः ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ ३॥

महिषासुरनिर्णाशि भक्तानां सुखदे नमः ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ ४॥

रक्तबीजवधे देवि चण्डमुण्डविनाशिनि ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ ५॥

शुम्भस्यैव निशुम्भस्य धूम्राक्षस्य च मर्दिनी ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ ६॥

वन्दिताङ्घ्रियुगे देवि सर्वसौभाग्यदायिनि ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ ७॥

अचिन्त्यरूपचरिते सर्वशत्रुविनाशिनि ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ ८॥

नतेभ्यः सर्वदा भक्त्या चण्डिके दुरितापहे ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ ९॥

स्तुवद्भ्यो भक्तिपूर्वं त्वां चण्डिके व्याधिनाशिनि ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ १०॥

चण्डिके सततं ये त्वामर्चयन्तीह भक्तितः ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ ११॥

देहि सौभाग्यमारोग्यं देहि मे परमं सुखम् ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ १२॥

विधेहि द्विषतां नाशं विधेहि बलमुच्चकैः ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ १३॥

विधेहि देवि कल्याणं विधेहि परमां श्रियम् ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ १४॥

सुरासुर-शिरोरत्न-निघृष्ट-चरणेऽम्बिके ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ १५॥

विद्यावन्तं यशस्वन्तं लक्ष्मीवन्तं जनं कुरु ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ १६॥

प्रचण्डदैत्यदर्पघ्ने चण्डिके प्रणताय मे ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ १७॥

चतुर्भुजे चतुर्वक्त्र-संस्तुते परमेश्वरि ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ १८॥

कृष्णेन संस्तुते देवि ! शश्वद्भक्त्या सदाम्बिके ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ १९॥

हिमाचल-सुतानाथ-संस्तुते परमेश्वरि ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ २०॥

इन्द्राणीपतिसद्भावपूजिते परमेश्वरि ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ २१॥

देवि प्रचण्ड-दोर्दण्ड-दैत्यदर्प-विनाशिनि ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ २२॥

देवि भक्तजनोद्दाम-दत्तानन्दोदयेऽम्बिके ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥ २३॥

पत्नीं मनोरमां देहि मनोवृत्तानुसारिणीम् ।
तारिणीं दुर्गसंसार-सागरस्य कुलोद्भवाम् ॥ २४॥

इदं स्तोत्रं पठित्वा तु महास्तोत्रं पठेन्नरः ।
स तु सप्तशतीसंख्या वरमाप्नोति दुर्लभम् ॥ २५॥

॥ इति श्रीदेव्या अर्गलास्तोत्रं सम्पूर्णम् ॥

——————————–

अथ कीलकस्तोत्रम्

ॐ अस्य श्रीकीलकमन्त्रस्य शिवऋषिः अनुष्टुप् छन्दः । महासरस्वतीदेवता । श्री जगदम्बाप्रीत्यर्थं सप्तशती पाठाङ्गत्वेन जपे विनियोगः ॥

ॐ नमश्चण्डिकायै।

मार्कण्डेय उवाच

ॐ विशुद्धज्ञानदेहाय त्रिवेदीदिव्यचक्षुषे ।
श्रेयः प्राप्तिनिमित्ताय नमः सोमार्धधारिणे ॥१॥

सर्वमेतद्विजानीयान्मन्त्राणामपि कीलकम् ।
सोऽपि क्षेममवाप्नोति सततं जप्यतत्परः ॥२॥

सिद्ध्यन्त्युच्चाटनादीनि वस्तूनि सकलान्यपि ।
एतेन स्तुवतां देवी स्तोत्रमात्रेण सिध्यति ॥३॥

न मन्त्रो नौषधं तस्य न किञ्चिदपि विद्यते ।
विना जाप्येन सिद्ध्येत सर्वमुच्चाटनादिकम् ॥४॥

समग्राण्यपि सिध्यन्ति लोकशङ्कामिमां हरः ।
कृत्वा निमन्त्रयामास सर्वमेवमिदं शुभम् ॥५॥

स्तोत्रं वै चण्डिकायास्तु तच्च गुह्यं चकार सः ।
समाप्नोति च पुण्येन तां यथावन्निमन्त्रणाम् ॥६॥

सोऽपि क्षेममवाप्नोति सर्वमेव न संशयः ।
कृष्णायां वा चतुर्दश्यामष्टम्यां वा समाहितः ॥७॥

ददाति प्रतिगृह्णाति नान्यथैषा प्रसीदति ।
इत्थं रूपेण कीलेन महादेवेन कीलितम् ॥८॥

यो निष्कीलां विधायैनां नित्यं जपति संस्फुटम् ।
स सिद्धः स गणः सोऽपि गन्धर्वो जायते नरः ॥९॥

न चैवाप्यटतस्तस्य भयं क्वापि हि जायते ।
नापमृत्युवशं याति मृते मोक्षमवाप्नुयात् ॥१०॥

ज्ञात्वा प्रारभ्य कुर्वीत ह्यकुर्वाणो विनश्यति ।
ततो ज्ञात्वैव सम्पन्नमिदं प्रारभ्यते बुधैः ॥११॥

सौभाग्यादि च यत्किञ्चिद् दृश्यते ललनाजने ।
तत्सर्वं त्वत्प्रसादेन तेन जाप्यमिदम् शुभम् ॥१२॥

शनैस्तु जप्यमानेऽस्मिन् स्तोत्रे सम्पत्तिरुच्चकैः ।
भवत्येव समग्राऽपि ततः प्रारभ्यमेव तत् ॥१३॥

ऐश्वर्यं यत्प्रसादेन सौभाग्यारोग्यसम्पदः ।
शत्रुहानिः परो मोक्षः स्तूयते सा न किं जनैः ॥१४॥

॥ इति श्रीभगवत्याः कीलकस्तोत्रं समाप्तम् ॥

——————————-

पुष्पाञ्जलि

(देव्यपराधक्षमापनस्तोत्रम्)

न मन्त्रं नो यन्त्रं तदपि च न जाने स्तुतिमहो
न चाह्वानं ध्यानं तदपि च न जाने स्तुतिकथाः ।
न जाने मुद्रास्ते तदपि च न जाने विलपनं
परं जाने मातस्त्वदनुसरणं क्लेशहरणम् ॥१॥

विधेरज्ञानेन द्रविणविरहेणालसतया
विधेयाऽशक्यत्वात्तव चरणयोर्या च्युतिरभूत् ।
तदेतत् क्षन्तव्यं जननि सकलोद्धारिणि शिवे
कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ॥२॥

पृथिव्यां पुत्रास्ते जननि बहवः सन्ति सरलाः
परं तेषां मध्ये विरलतरलोऽहं तव सुतः ।
मदीयोऽयं त्यागः समुचितमिदं नो तव शिवे
कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ॥३॥

जगन्मातर्मातस्तव चरणसेवा न रचिता
न वा दत्तं देवि द्रविणमपि भूयस्तव मया ।
तथापि त्वं स्नेहं मयि निरुपमं यत्प्रकुरुषे
कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ॥४॥

परित्यक्ता देवा विविधविधसेवाकुलतया
मया पञ्चाशीतेरधिकमपनीते तु वयसि ।
इदानीं चेन्मातस्तव यदि कृपा नाऽपि भविता
निरालम्बो लम्बोदरजननि कं यामि शरणम् ॥५॥

श्वपाको जल्पाको भवति मधुपाकोपमगिरा
निरातङ्को रङ्को विहरति चिरं कोटिकनकैः ।
तवापर्णे कर्णे विशति मनुवर्णे फलमिदं
जनः को जानीते जननि जपनीयं जपविधौ ॥६॥

चिताभस्मालेपो गरलमशनं दिक्पटधरो
जटाधारी कण्ठे भुजगपतिहारी पशुपतिः ।
कपाली भूतेशो भजति जगदीशैकपदवीं
भवानि त्वत्पाणिग्रहणपरिपाटीफलमिदम् ॥७॥

न मोक्षस्याऽऽकाङ्क्षा भवविभववाञ्छाऽपि च न मे
न विज्ञानापेक्षा शशिमुखि सुखेच्छाऽपि न पुनः ।
अतस्त्वां संयाचे जननि जननं यातु मम वै
मृडानी रुद्राणी शिव शिव भवानीति जपतः ॥८॥

नाऽऽराधितासि विधिना विविधोपचारैः
किं रुक्षचिन्तनपरैर्न कृतं वचोभिः ।
श्यामे त्वमेव यदि किञ्चन मय्यनाथे
धत्से कृपामुचितमम्ब परं तवैव ॥९॥

आपत्सु मग्नः स्मरणं त्वदीयं
करोमि दुर्गे करुणार्णवेशि ।
नैतच्छठत्वं मम भावयेथाः
क्षुधातृषार्ता जननीं स्मरन्ति ॥१०॥

जगदम्ब विचित्रमत्र किं परिपूर्णा करुणास्ति चेन्मयि ।
अपराधपरम्परापरं न हि माता समुपेक्षते सुतम् ॥११॥

मत्समः पातकी नास्ति पापघ्नी त्वत्समा न हि ।
एवं ज्ञात्वा महादेवि यथायोग्यं तथा कुरु ॥१२॥

॥ इति श्रीमच्छंकराचार्यविरचितम् देव्यपराधक्षमापनस्तोत्रम् सम्पूर्णम् ॥
—————————–

(षोडशोपचार पूजा दैनिक रूपमा गर्नुपर्छ। चण्डीपाठ गर्ने भए ब्राह्मणवरण, पुण्याहवाचन आदि गरेर पुस्तकको पूजा गरी पाठ गर्नुपर्दछ।)

Related Posts

राष्ट्रिय पर्व विजया दशमी (बडादसैं)

अक्टोबर 9, 2018
By उपप्रा. लक्ष्मीप्रसाद बराल

मंगल चाैथी व्रत

जुन 9, 2020
By उपप्रा. लक्ष्मीप्रसाद बराल

विजया दशमीका कृत्यहरू

अक्टोबर 19, 2018
By उपप्रा. लक्ष्मीप्रसाद बराल

बडा दसैंका प्रमुख कृत्यहरू

अक्टोबर 10, 2018
By प्रा.डा. देवमणि भट्टराई

बडादसैं का महत्त्वपूर्ण दिनहरू

अक्टोबर 25, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

Comments

    Shubh din

    RAJ KUMAR Halwai

    Nepaliharu ko Mahan Chad parwa dashain ko hardik mangalmay shubhkamana

    Naresh bam

    sodesha tatha bidesha ma harnu vayka dajuvai tatha Didi bahini lai Suvakamana xa my family lai pani

    यादव भट्ट

    घटस्तपाना काे शुवसयत

    निभा

    Happy dashain to all

    KundanGupta

    Happy Dashain to all friends

    Arjun kumar mahato

    durga puja ko parn

    Bikram

    Happy Dashai all

    lokesh goral

    बिजयादशमी हार्दिक सुभकामना
    गाएक लोकेश गोराल को

    Nirmal bohora

    nepali shashkrity parmpara maulikta bokeko yo Chad aphne aphma Nepal mahan ra parichan ma first ma parxa jaya Mata Ji jaya Nepal

    pratima karki

    HAPPY DASHAIN TO ALL ❤️

    ramsapati

    khusi

    chandra Bhan Gupta

    Very good

    Chandra Bhan Gupta

    Good

    Durga

    Hare Krishna


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!