No Image
नेपाली पात्रो > चाडपर्व > ग्याल्पो लोसार

ग्याल्पो लोसार

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 27, 2017

महायानी बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्षको पहिलो दिनलाई ल्होसार भन्दछन्। भोट–बर्मेली भाषाहरूको शाब्दिक अर्थमा ‘लो’ वा ‘ल्हो’ भनेको वर्ष र सार भनेको नयाँ हो। व्यवहारमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ मनाइने पर्वलाई लोसार वा ल्होसार भन्ने गरिन्छ। खासगरी नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, गुरुङ, तामाङ तथा टिबेटियनलगायत बौद्ध धर्म मान्ने समुदायले लोसार पर्व मनाउने गर्दछन्। तमु, तोल, सोनम र ग्याल्पो गरी चार सम्प्रदायका लोसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ।

ग्याल्पो लोसार मुख्य रूपले नेपाल, तिब्बत, सिक्किम र भुटानका शेर्पा, लामा तथा भोटे समुदायले मनाउने पर्व हो। भारत, जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्यान्ड आदि मुलुकमा पनि लोसार मनाउने गरिन्छ। अहिले सांस्कृतिक घुलमिलका कारण कतिपय अन्य जातिहरूले पनि मनाउने गर्दछन्। यो पर्व फाल्गुण शुक्ल पक्षको प्रतिपदा तिथिमा मनाउने गरिए पनि यसको तयारी भने करिब डेढ महिनाअघिबाटै गरिन्छ।

ग्याल्पो लोसार प्रसंग

‘ग्याल्पो’ भनेको राजा हो। यो पर्व शासक वर्ग वा राजाहरूले मानेको इतिहास पाइन्छ। कतै कतै मंगोल बादशाह जङ्गिच खानले विजयोत्सव मनाई सुरु गरेको पनि बताइन्छ। बौद्ध ग्रन्थअनुसार शाक्यमुनि बुद्धले फागुन शुक्लपक्षमा आफ्नो ऋद्धिशक्तिले ६ जना गैरबौद्ध साधुहरूलाई पराजित गरेको उल्लेख भएकाले विजयोत्सव मनाइएको प्रसंग पनि किंवदन्तीका रूपमा चलेको पाइन्छ।

लोसार सुरु हुनुभन्दा केही महिना अगाडिदेखि नै यसको तयारी गरिन्छ। सुरुमा घरमा लिपपोत गर्ने, रंग लगाउने, नयाँ लुगा सिलाउने, सौदा किनमेल गर्ने आदि कार्य गरिन्छ। एक–दुई साताअगाडि नै खाप्से (मैदा वा पिठोबाट बनाइने रोटीजस्तै परिकार) पोल्ने र लोफुत (अन्नको जमरा) उमार्ने कार्य गरिन्छ। कुनै भाँडामा माटो र बालुवा भरी त्यसमा गहुँको बीउ राखेर लोसारको पहिलो दिनसम्ममा उमारिन्छ। यसरी उम्रेको गहुँलाई नयाँ वर्षको नयाँ बालीको रूपमा पूजा गर्ने गरिन्छ।

लोसारको दुई दिनअघि आफूलाई पायक पर्ने गुम्बामा गई गए सालको ग्रहदशा आउने सालमा नलागोस् भन्ने कामनाले ग्रहशान्ति तथा विसर्जनका लागि ‘ङिस्युगु पूजा’ गर्नुपर्दछ। यो पूजा गरेपछि गुम्बाहरूमा पनि लोसारको छुट्टी दिने गरिन्छ। त्यसपछि सबै श्रद्धालुहरूले आफ्नो घरको भित्री भागसम्म सफा गरी निस्केको फोहोरलाई खराब ग्रहदशाको प्रतीक मानेर दोबाटो, चौबाटो वा चोकमा विसर्जन गर्ने चलन छ। यसरी ग्रहदशा शान्त पारेपछि यही दिन साँझ नौ प्रकारका अन्न मिसाएको खाना गुथुक खाइन्छ।

लोसारको एक दिनअघि घरको साजसज्जा गरी अष्टमंगल, धजा–पताका आदिले घर सजाउने गरिन्छ। यही दिन पूजाकोठामा पूर्णरूपले साजसज्जा गरी भगवानको प्रतिमा वा फोटोमा षेडशोपचारले पूजा गरिन्छ। प्रसादका रूपमा विभिन्न भोजन, नैवेद्य, पक्वान्न रोटी (पुंगी अम्जो), छिमार, छ्याङ फु लगायत विभिन्न रोटी, मिठाई, परिकार आदि सजाएर राखिन्छ। लोसारका दिन बिहानै नित्यकर्म गरेर घरमूलीले भगवानलाई यी सबै कुरा चढाएपछि छिमार, छ्याङ फु आदि लिएर ३ पटक आकाशतिर चढाएपछि आगन्तुकहरूलाई सगुन वितरण गरिन्छ। सगुनका साथै छिमार, डेसिल, खाप्से र अन्य खानाका परिकार खाँदै शुभकामना आदानप्रदान गरी लोसार मनाइन्छ। लोसारमा मान्यजनले सानालाई आशीर्वाद दिने र सानाले श्रद्धाभाव व्यक्त गर्ने गरिन्छ।

ग्याल्पो लोसार मनाउने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली पात्रो परिवार आरोग्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।


Related Posts

ह्याप्पी न्यु इयर २०२१

By उपप्रा. लक्ष्मीप्रसाद बराल in अन्तराष्ट्रिय दिवस .
जनवरी 1, 2020

विक्रम संवत्, नयाँ वर्षको संकल्प

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 14, 2018

Comments

    Ramit sk

    nepali

    STRATE GAMER YT

    solti k chha hra

    K.B.Acharya.

    देश विदेशमा रहनुभएका सम्पूर्ण आत्मिय मित्रहरु प्रति लोसारको हार्दिक मंगलमय शुभकामना ।

    sanusherpa

    एक दाम रामरो छ

    कल्साङ् तेन्पा

    शुभकामना ! शुभकामना !! शुभकामना !!!

    ग्याल्पो ल्होसारको पावन अवसरमा स्वदेश तथा विदेश रहनु हुने महान समाजसेवी,
    बुद्धिजीवी, न्याय प्रेमी, उधोगी,
    ब्यापारी, विभिन्न मिडिया तथा संचारकर्मी, एवं पत्रकार वंधु, ज्यूहरु कलाकार, शिक्षक, बिधार्थी, मजदुर साथै:- अग्रज मान्यजन बुबा, आमा, दाजु-भाई,तथा दिदी-बहिनीहरू एवं समस्त, शुभचिन्तक ज्यूहरूमा मानसिक, दु:ख, पिडा, रोग, भय, त्रास,
    आतंक अन्याय बाट उन्मुक्ति मिलोस् भन्ने अनेकौं शुभेच्छा सहित सम्पुर्ण प्राणी जगतमा सु:ख, शान्ति, समृद्धि, तथा उत्तरोत्तर प्रगति एवं भातृत्व एकता, समाजिक सद्भाव, प्रेरणा, आपसी भईचारा स्थायित्व निरन्तर कायम रहोस् भन्ने हार्दिक मंगलमय कामना गर्दछु ।

    स्वदेश तथा विदेश रहनु हुने आदरणिय नेपाली महानुभाव ज्यू हरूमा सदैव>>>

    “नयाँ जोस, हर्ष, उमंग र खुसीको बहार ल्यायो !
    बालक, यूवा, बृद्ध सबैको घर-घरमा खुसीयाली छायो !!

    विश्व शान्तिका महानायक भगवान बुद्ध नेपालको पवित्र तपभुमी लुम्बिनीमा आमा मायादेवीको कोखबाट पुर्णिामा️ शुक्लपक्ष तिथिमा २६६४ अगाडि जन्म भएको थियो ।

    ️यसैगरी आजभन्दा २६०९ पहिले भारतको विहार राज्यको बौद्ध गया स्थित पुर्णिामा️ शुक्लपक्ष तिथिमा संसारिक भवचक्रको दु:खबाट शान्ति, मुक्ति र बुद्ध हुने मार्ग तथागत सम्बोधि ज्ञान लाभ गर्नुभएको थियो ।
    ️ भारतको कुशीनगर स्थित २५६४ अगाडि पुर्णिामा️ शुक्लपक्ष तिथिकै दिन महापरिनिर्माण भएको थियो । यो वैशाख शुक्ल पुर्णिाको पवित्र महिना (सागा ढावा) त्रि संयोग तिथि हो ।

    ️तत्कालीन जहानिया राणाले १९०३ देखी २००७ सम्म क्रुर निरंकुशताको शासन चलाए ।

    ️तत्कालीन राजा चन्द्र शम्शेर राणाले बौद्धका बहुमुल्य ग्रन्थलाई नष्ट गर्दै भिक्षुहरलाई देश निकाला गरेका थिए ।
    ️यसैगरी १९२६ देखि २००७ सम्म शाह शासनले राज्य दोहन गर्‍यो।
    अन्ततः प्रजातान्त्र स्थापना गर्न नेपाली जनताको त्याग र बलिदानीले गएको ७ गते फागुन २००७ मा सफल भए ।
    ️त्यसबेलाका तत्कालीन राजा त्रिभुवन शाहले प्रजातान्त्र स्थापना भएको ठीक ३ महिना पश्चात जेष्ठ ७ गते २००८ का दिन पुर्णिामा⚪️ शुक्लपक्ष तिथिको दिनलाई पहिलोपटक बुद्ध जयन्तीलाई सार्वजनिक विदा दिने घोषणा गरेका हुन् ।
    ️यसैगरी तत्कालीन राजा महेन्द्र शाहले लुम्बिनी भ्रमण गरि वैशाख शुक्ल पुर्णिामा️तिथि ७ फागुन २०१२ का दिन हिँसा कर्म पुर्ण बन्देज लगाएका थिए ।
    ️ विश्वका विभिन्न देशको प्रतिनिधित्व गर्दै पाल्नु हुने अन्तराष्ट्रिय तथा राष्ट्रिय अतिथिगणका टोलीले प्रथम विश्व बौद्ध शिखर सम्मेलनको सम्पन्न घोषणापत्रले लुम्बिनी दिवस मनाउने घोषणा २०५५ मा गरेका थिए ।
    ️ संयुक्त राष्ट्रसंघको अभिलेख सुचिमा आवद्ध रहेका राष्ट्रको प्रतिनिधित्व गर्ने संयुक्त राष्ट्रसंघले विश्व शान्तिका महानायक भगवान बुद्धको जन्म जयन्ती दिवसलाई अन्तराष्ट्रिय मान्यता गएको १३-डिसेम्बर १९९९ का दिन वैशाख शुक्लपक्ष पुर्णिामा️ तिथिमा घोषणा गरेका थिए ।

    ️नेपालमा बुद्ध जयन्ती राणा शासन कालमा १८६३ पाटनका राजा️ सुन्दर शाक्यले पाल्पाको टक्सार टोलमा आनन्द विहार चैत्यको निर्माण गरेर प्रथम पटक रथ यात्रा आरम्भ गरेका थिए ।
    ️यसैगरी प्रथम पटक बुद्ध जयन्तीलाई राणा शासन कालमा पाटनका राजा सुन्दर शाक्यले १८६३मा भोजपुर पुगेर मनाएका हुन् ।

    Rajeshsharma

    Rajesh sharma

    poojayadav

    student


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!