
गुरु नानक जयन्ती
By Nepali Patro in चाडपर्व .विश्वमा शिख धर्मका प्रथम संस्थापक, प्रवर्तक एवं गुरु नानक देवको हरेक वर्षको कार्तिक शुक्ल-पूर्णिमाको दिन शिख धर्मावलम्बीहरुले बढो आस्था र भक्तिभावका साथ विश्वभर जन्मजयन्ती मनाउने गर्दछन् | राष्ट्रिय स्तरमा ठूलो महत्व बोक्न नसकेतापनि नेपालमा डेढसय वर्षअघि जसोबाट मात्र प्रवेश भएको शिख धर्म आजको दिनसम्ममा निकै धेरै अनुयायी बढिसकेका छन् |
यस गुरु नानक जयन्तीको दिन शिख धर्मावलम्बीहरु आफ्नो गुरु नानकको सम्झनामा उनको विशेष पूजापाठ गर्ने, विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरु गर्ने र सन्देशमूलक, प्रचारात्मक ढंगले प्रभातफेरी इत्यादि गरी नेपालमा मनाउने चलन बसेको छ भने छिमेकी मुलुक भारत लगायतका अन्य विश्वका मुलुकहरुमा शिख धर्मावलम्बीहरुले गुरु वाणीहरुको पाठ तथा ‘गुरुग्रंथ सहिब’ नामक धर्म पुस्तकको पूरा अखण्ड पाठ गरीकन भजन आदि गाएर विविध धार्मिक कार्यक्रमहरु संचालन गरी गुरु नानक जयन्ती एक गुरुपर्वको रुपमा मनाइन्छ |
शिख धर्मको ऐतिहासिक ग्रन्थ तथा पुस्तकहरुको व्याख्यन अनुसार वर्तमान पाकिस्तान मुलुकको लाहोर भन्ने ठाउँको तलवंडी भन्ने ठाउँमा वैशाख ३ बिक्रमी सम्वत् १५२६ मा अर्थात् १५ अप्रिल इश्वी सं. १४४९मा भएको थियो | तरपनि प्रवर्तक गुरु नानकको गुरुग्रंथको मुताबिक कार्तिक शुक्लपूर्णिमाको दिन नै शिख धर्मका प्रचारक तथा गुरु सन्त श्री नानक देवको पुण्य जन्मजयन्ती तथा प्रकाश वर्ष मनाउने गरिन्छ |
हिन्दी साहित्यमा गुरु नानक देवलाई एक रहस्यवादी सन्त तथा समाज सुधरकका रुपमा व्याख्या एवं उल्लेख गरिएको पाइन्छ भने उनले दिएका मानवीय जातपात र धर्मको एकता,भक्ति र शक्ति बीचको सन्तुलन,आत्मा र परमात्मा अथवा ईश्वरको यथार्थता एवं सत्यता र आध्यात्म तथा सेवा आदि इत्यादिको ’boutमा मानव समाजलाई दिएका दिव्य ज्ञान तथा उपदेशहरुलाई आजसम्मपनि शिख धर्मावलम्बीहरुले पवित्र धार्मिक गुरु ग्रन्थको रुपमा पूज्ने र पढ्ने गरिन्छ | यिनले आफ्ना अनुयायीहरुको लागि भनी दिएका ईश्वर- शक्ति-भक्ति, मेहनत,सोच, विश्वास, समानता र साढा भोजन आदि ’boutको सिद्धान्तहरु आजसम्म पनि संसारभर प्रसिद्ध छन् |
नोभेम्बर 12, 2019 1 वर्ष
sharai ramro
नोभेम्बर 12, 2019 1 वर्ष
dami
डिसेम्बर 11, 2019 1 वर्ष
ramro xa
डिसेम्बर 20, 2019 1 वर्ष
sharai ramro
नोभेम्बर 30, 2020 2 महिनाहरु
Rambinod Paswan