No Image

गुँला पर्व

By Nepali Patro in चाडपर्व .
मार्च 20, 2017

प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदा तिथिदेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्धमार्गी नेवार समुदायले गुँला पर्व मनाउने गर्दछन्। यो महिनादिनलाई धम्म सञ्चय गर्ने अवसरका रूपमा लिइन्छ। यस पर्वमा हीनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति भक्तिभाव प्रकट गर्न बौद्ध स्तूप, चैत्य र गुम्बाको परिक्रमा गरी बुद्ध भगवानको ध्यान गर्ने विधान छ।

बौद्ध धर्म तथा संस्कृतिविद्हरूका अनुसार स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्यमा परिक्रमा तथा सेवा गर्ने चलन थियो र कालान्तरमा त्यसलाई ‘गुँला धम्म’ भन्न थालियो। भाषा वंशावलीअनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि श्रावण शुक्ल प्रतिपदादेखि एक महिनासम्म गुँला धम्मको परम्परा बसाएका हुन्। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना हुन्छ। नेपाल संवत् प्रारम्भ भएको नौ महिना पूरा भएपछि यो पर्व मनाइने हुँदा यस महिनाका पक्षहरूलाई गुँलाथ्व र गुँलागा भन्ने गरिन्छ।

स्वयम्भू पुराणअनुसार प्राचीन समयमा काठमाडौं उपत्यका एउटा ठूलो दह थियो। कुनै बेला विपस्वी बुद्ध आई उक्त दहमा कमलको फूल रोपेर गएका थिए। त्यो कमल फुलेपछि त्यसमाथि धर्मधातु ज्योतिका रूपमा स्वयम्भूनाथ प्रादुर्भाव हुनुभयो। यसरी उत्पत्ति भएका ज्योतिस्वरूप स्वयम्भूनाथको दर्शन गर्न महाचीनबाट महामञ्जुश्री आएका थिए। उनले चोभारमा आई आफ्ना दुई पत्नी वरदा र मोक्षदालाई चोभारको दायाँ र बायाँतिरका पहाडमा बसाए र खड्गले चोभारको डाँडालाई प्रहार गरेर दह खोली पानी बाहिर निकाले। पानी निख्रिएपछि उनले मञ्जुपत्तन नामको सहर स्थापना गरे।

सहर स्थापना भएपछि ज्योतिरूप स्वयम्भू उत्पत्ति भएको डाँडामा नियमित सेवा हुन थाल्यो। यसलाई चैत्य सेवा भनियो। कालान्तरमा ज्योतिस्वरूप स्वयम्भू विराजमान भएका स्थानमा महायानतर्फका धर्मगुरु शान्तिकराचार्यले स्वयम्भू महाचैत्य निर्माण गरेपछि चैत्य सेवालाई ‘गुँला धम्म’ भनिएको किंवदन्ती छ।

गुँला पर्वमा भक्तजनहरू बिहान सबेरै स्नान गरी पवित्र भएर परम्परागत बाजा बजाउँदै स्तोत्र पाठ गरी स्तूप, चैत्य र गुम्बाको परिक्रमा गर्दछन्। काठमाडौंका भक्तजनले विशेष गरी स्वयम्भू महाचैत्यको दर्शन गरी परिक्रमा गर्ने गर्दछन् भने स्वयम्भू जान सम्भव नहुनेहरूले पनि नजिकको चैत्य, गुम्बा, स्तूप आदिमा गई पुण्य आर्जन गर्दछन्। यस अवसरमा स्ययम्भूनाथमा एक महिनासम्म मेला लाग्ने गर्दछ। भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन तथा परिक्रमा गरेपछि शोभाभगवतीनजिक अवस्थित विजयश्वरीको दर्शन गरी केलटोलस्थित सेतो मत्स्येन्द्रनाथको पनि दर्शन–पूजा गर्ने परम्परा रहेको छ।

यस पर्वमा एक वर्षभित्र दिवंगत भएका आफन्तको सुखावति भुवन (अमिताभ बुध्दको पवित्र भूमि) मा बास होस् भन्ने कामना गर्दै परिवारजनले एक महिनासम्म बौद्ध विहार तथा चैत्यको परिक्रमा गरी प्रार्थना गर्नुका साथै दुःखीहरूलाई दानदक्षिणा दिएर सेवा गर्ने चलन छ। विभिन्न चैत्य, विहार तथा मठहरूमा दीप प्रज्वलनका साथै ध्यान, साधना, नामसंगीत, परित्राण पाठ, प्रवचन र धम्मको उपदेशजस्ता आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिन्छन्। यस पर्वमा परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं लगायत सांस्कृतिक बाजागाजा बजाई चैत्य, गुम्बा आदिको परिक्रमा गर्दा एक–आपसमा सद्भाव अभिवृद्धि हुनुका साथै मनमा शान्ति, परिवारमा सुख र विशेष पुण्य आर्जन हुने जनविश्वास रहेको छ। भाद्र शुक्ल प्रतिपदाका दिन भोजभतेर गरेपछि गुँला पर्व समापन हुन्छ। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।


Comments

    रत्न काजी बज्राचार्य

    तुषिता भुवन, तवतिस्म भुवन, सुखावती भुवन आदि विशुद्ध बौद्ध धर्म संबन्धी हुन्। सुखावती भुवन भनेको बैकुण्ठ होइन कृपया सच्याउन आग्रह गर्दछु।

      Binita Koirala

      अहिलेलाई माफ गर्नुहोला, यसको सत्य तथ्य पछि जानकारी गराउने छौँ।

    manojmanoj

    sarasawati Pooja

    Aj thapa

    सबै राम्रो छ

    rasmi

    sunchadi ko vau .

    सागर

    Dai darsan

    dropati chand

    Dai darsan

    amit kumar shukla

    i am a ward chairman

    hari

    hari upadhaya

    Sahadev Thapa

    This information was very educative. Had visited this important site a few times when visiting Nepal but had no idea abouts its history and the importance.
    Thanks for the write-up

    P R.Bajracharya

    Shantikar Acharya was King of Gaud (Part of South India) later became a Buddhist taught Budhism by Bajrayohini Who established temple in Swayambhu at North side. still existing .We Bajracharya clan used to celebrate our Guthi once a year in Chaitra Sukla month.

    Kiran Sunar

    nice iam inspaer


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!