• 34
  • नेपाली पात्रो > चाडपर्व > खग्रास चन्द्रग्रहण – साउन ११, २०७५

    खग्रास चन्द्रग्रहण – साउन ११, २०७५

    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    जुलाई 27, 2018

    खग्रास चन्द्रग्रहणआकाशमा बेलाबेलामा देखिने ग्राह्य र ग्राहक बिम्बहरूको मेललाई ग्रहण भन्दछन्। अर्थात् ग्राहक बिम्बले ग्राह्य बिम्बलाई ग्रहण गर्ने वा छेक्ने कार्यलाई ग्रहण भनिन्छ। सूर्यबिम्बलाई चन्द्रमाले छेक्दा सूर्यग्रहण देखिन्छ भने चन्द्रबिम्ब पथ्वीको छायाभित्र प्रवेश गर्दा चन्द्रग्रहण लाग्दछ। छाद्यबिम्बको पूरै भागलाई छादकले छेकेको अवस्थालाई खग्रास र आंशिक भाग छेकेको अवस्थालाई खण्डग्रास ग्रहण भन्दछन्।

    व्यवहारमा मंगल, बुध आदि पञ्च ताराग्रहबाहेक सूर्य र चन्द्रमामा देखिने ग्रहणलाई मात्र ‘ग्रहण’ शब्दले बुझाउने गरिन्छ। पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा कुनै बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ भने कहिलेकाहीं चन्द्रमाको छाया पृथ्वीमा पर्छ। यसरी पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ।

    ग्रहण लाग्दा एउटै रेखाका तीन विन्दु जस्तै भएर सूर्य, पृथ्वी र चन्द्रमा एक लहरमा आइपुगेका हुन्छन्। यस्तो अवस्था औंसी र पूर्णिमामा मात्र सम्भव हुन्छ। त्यसैले सूर्यग्रहण औंसीमा र चन्द्रग्रहण पूर्णिमामा मात्र देखिन्छ। चन्द्रग्रहण लाग्दा चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आइपुग्छ र पृथ्वीको छायामा चन्द्रमा प्रवेश गर्छ।

    २०७५ साल साउन ११ गते शुक्रवार पूर्णिमा तिथिमा खग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाली समयअनुसार काठमाडौंमा रात्रि १२ः०९ बजे ग्रहणको स्पर्श हुनेछ। रात्रि १ः१५ बजे ग्रहणको सम्मिलन (चन्द्रबिम्बको पूरै भाग छायामा प्रवेश) हुनेछ भने २ः०९ बजे ग्रहणको मध्य र २ः५९ बजे उन्मिलन (चन्द्रबिम्ब छायाबाट निस्कन सुरु) हुनेछ। रात्रि ४ः०६ बजे मोक्ष हुने ग्रहणको पूरा अवधि ३ घण्टा ५७ मिनेट रहनेछ। मध्य एसिया, पूर्वी अफ्रिका र पूर्वी युरोपबाट पूर्ण अवधिसम्म देखिने उक्त खग्रास चन्द्रग्रहण यस शताब्दीकै लामो अवधिसम्म लाग्ने ग्रहण हो।

    खग्रास चन्द्रग्रहण – ग्रहणमा के नगर्ने ? के गर्ने ?

    यो खगोलीय परिघटनाले प्रभाव पार्ने क्षेत्रमा चन्द्रमाबाट आउने विषमय तथा विकृत किरणहरूको वर्षाले समस्त प्राणी र विशेषगरी मानवजगतमा प्रतिकूल प्रभाव पार्ने गर्दछ। यसर्थ पूर्वीय ऋषि–महर्षिहरूले ग्रहणकाललाई अशुद्ध समयका रूपमा व्याख्या गरेका छन्। धर्मशास्त्रमा ग्रहण लागेका बेला विशेष काम, खानपान, मनोरञ्जन, खेलकुद, शयन, शृंगार, मंगलमय धार्मिक कृत्य, मूर्तिस्पर्श आदि गर्न निषेध गरिएको छ।

    ग्रहण लागेका बेलाको भोजन स्वास्थ्यका लागि हानिकारक र प्रतिकूल हुने मानिन्छ। पौराणिक मान्यताअनुसार ग्रहणकालमा राहुले सूर्य र चन्द्रमालाई निल्ने गर्दछ। त्यसैले भनिन्छ, राहुग्रस्त सूर्य वा चन्द्रमाले ओकलेको विष पृथ्वीमा आउने हुँदा सबै खानेकुराहरू विषाक्त बन्दछन्। यसर्थ ग्रहण लाग्दा पकाएर राखेका (बासी) खानेकुरा ग्रहण नगर्नु जायज मानिन्छ। राहुको सूतकमा दूध, दही, मही, तेल र घिउमा पाकेका अन्न र मणिपात्रमा राखेको जल भने दूषित नहुने शास्त्रवचन पाइन्छ। कुश, तिल र तुलसीमा राहुदोष नलाग्ने हुँदा खाद्य पदार्थहरूलाई राहुको विषाक्त प्रभावबाट जोगाउन कुश, तिल, तुलसीपत्र आदि राख्ने गरिन्छ ।

    चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर (९ घण्टा) र सूर्यग्रहण सुरु हुनुभन्दा चार प्रहर (१२ घण्टा) अघिदेखि ग्रहण सूतक लाग्दछ। धर्मशास्त्रअनुसार सूतक लागेपछि खानपान गर्न हुँदैन। यसर्थ नेपाल पञ्चाङ्ग निर्णायक समितिले ग्रहण लाग्ने दिन अपराह्न १५ः०९ बजेदेखि अशक्त, बाल, वृद्ध र आतुरलाई बाहेक भोजनादि नगर्न सुझाएको छ। चन्द्रबिम्ब पृथ्वीको विरल छायामा एक प्रहर (३ घण्टा) अघिदेखि नै प्रवेश गर्ने हुँदा बाल, वृद्धलगायत अशक्तहरूले पनि कम्तीमा एक प्रहर अघिदेखि भोजन गर्न नहुने शास्त्रनिर्देश रहेको छ।

    ग्रहणका बेला सुत्नाले आयुक्षय, पिसाब गर्दा दरिद्रता, दिसा गरे अर्को जन्ममा किराफट्याङ्ग्राको जुनी र मैथुन गरे सुँगुरको जुनी प्राप्त हुन्छ भनी बताइएको छ। यस्तै गाजल लगाउनाले र खानाले दुःसाध्य रोग र अधोगति, अरूलाई बन्धनमा राख्दा सर्पको जुनी र वध गर्दा नरकलोक प्राप्त हुन्छ भनी बताइएको छ–

    निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात्।
    पुरिषे कृमियोनिश्च मैथुने ग्रामसूकरः।।
    अभ्यञ्जने भवेत् कुष्ठि भोजने स्यादधोगति।
    बन्धने च भवेत् सर्प बधे च नरकं व्रजेत्।।

    ग्रहणका बेला आउने विषाक्त किरणले शरीरमा असर गर्ने हुँदा यो बेला घरभित्रै बसेको राम्रो मानिन्छ। यस समयमा चक्कु, कैंची, सियो, किलालगायत धारिला वस्तुको काम गर्न नहुने बताइन्छ। यो समयमा फलफूल टिप्न, गाई दुहुन, कपाल–दाह्री तथा नङ काट्न, सिँगारपटार गर्न, मसाज गर्न, साबुन लगाएर नुहाउन, लुगा धुन, ब्रस गर्न, सुत्न, दिसापिसाब गर्न नहुने शास्त्रवचन रहेको छ। ग्रहण लागेका समयमा देवमूर्ति स्पर्श तथा पूजा गर्न हुँदैन। ग्रहण लाग्नुअघि अरूबाट लिएको उधारो वा सापटी बाँकी राख्नु हुँदैन।

    ग्रहणको समयमा गर्भवतीहरूले बाहिर निस्कन र ग्रहण हेर्न हुँदैन। राहुग्रस्त बिम्बबाट आएका पराबैजनी किरणहरूले वातावरण विषाक्त बन्ने हुँदा गर्भमा रहेको बच्चालाई छिट्टो असर पुर्याउन सक्छ। गर्भवतीहरूले पेटमा मसाज गर्ने वा कन्याउने गर्दा पनि पेटको बच्चालाई असर पुग्ने सम्भावना रहन्छ। ग्रहणका बेला बच्चा जन्मिएमा पनि अरिष्टयोग लाग्ने हुँदा उचित समयमा स्वस्तिशान्ति गराउनुपर्दछ।

    ग्रहणका बेला तीर्थस्नान, देवमन्त्र–उपासना, तन्त्रसाधना, नामसंकीर्तन, जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा विशेष लाभ हुने बताइएको छ। तन्त्र–मन्त्र सिद्धि गर्न सर्वोपयोगी समयका रूपमा ग्रहणकाललाई लिने गरिन्छ। ग्रहण सुरु हुन लाग्दा स्नान, सुरु भएपछि हवन, मोक्ष हुने समयमा दान र मोक्षपछि वस्त्रसहित स्नान गर्नुपर्ने धर्मशास्त्रीय विधान रहेको छ। ग्रहणकालमा गरिएको स्नान–दान विशेष पुण्यदायी हुने मानिन्छ। ग्रहणका समयमा भरसक सुपात्रलाई दान दिनुपर्दछ। जातिगत रूपमा जोसुकैलाई दान दिए पनि ब्राह्मणलाई दिएसरह नै पुण्य प्राप्त हुन्छ।

    ग्रहणस्नान गर्ने जल शुद्ध हुनु आवश्यक हुन्छ। भूमिगत कुवा तथा इनारको जलभन्दा झरनाको जल, झरनाभन्दा तलाउ–पोखरी, त्यसभन्दा नदी, नदीभन्दा तीर्थको जल, त्योभन्दा पनि महानदीको जल, महानदीभन्दा गंगाजल र गंगाजलभन्दा समुद्रको जलमा स्नान गर्नु दस–दस गुणा अधिक पुण्यदायी हुने बताइएको छ।

    ग्रहणका समयमा पितृहरूको प्रसन्नताका लागि रात्रिकालमा पनि श्राद्ध गर्न सकिन्छ। ग्रहणकालमा गरिने श्राद्धमा काँचो अन्न वा सुवर्ण प्रयोग गर्नुपर्दछ। यस्तै जलका ठाउँमा घिउ प्रयोग गर्नुपर्दछ। ब्राह्मणभोजनमा पनि घिउ खुवाउनुपर्दछ। ग्रहणका बेला दाताको अभ्युदय हुन्छ तर भोजन गर्ने ब्राह्मणलाई भने दोष लाग्छ। जन्म र मरणको आशौचमा पनि ग्रहणस्नानादि गर्नुपर्ने विधान रहेको छ। रजोवती नारीले पनि कुवा, पोखरी, नदी आदिबाट भाँडामा निकालिएको पानीले पाखामा स्नान गर्नुपर्दछ।

    राशिहरूलाई ग्रहणको प्रभाव

    ग्रहणले कसैका लागि भाग्य र कसैलाई दुर्भाग्य निम्त्याउन सक्छ। आफ्नो नामराशिदेखि गन्दा ३, ६, १० र ११ औं राशिमा ग्रहण लागेको छ भने उक्त ग्रहण शुभफलदायी हुन्छ। यसबाहेक अन्य राशिमा ग्रहण लागेको भए प्रतिकूल हुन्छ। शास्त्रीय मान्यताअनुसार शुभफल मिल्ने राशिवालाहरूले मात्र ग्रहण हेर्नु शुभ हुन्छ। अन्य राशिहरूले ग्रहण हेरेमा बताइएका प्रतिकूल फलमा बढोत्तरी हुन्छ।

    यसपालि लाग्ने चन्द्रग्रहण मकर राशिअन्तर्गत उत्तराषाढा नक्षत्रमा स्पर्श भई श्रवण नक्षत्रमा सकिनेछ। यसर्थ मकर राशि र त्यसमा पनि विशेष गरी उत्तराषाढा र श्रवण जन्मनक्षत्र हुनेहरूका लागि यो ग्रहणको प्रभाव बढी कष्टदायी हुने शास्त्रवचन रहेको छ। त्यस्तै मिथुन, तुला र कुम्भ राशि हुनेहरूलाई पनि ग्रहण प्रतिकूल फलदायी रहनेछ। मेष, सिंह, वृश्चिक र मीन राशिलाई भने ग्रहण शुभफलदायी रहनेछ। वृष, कर्कट, कन्या र धनु राशिलाई सामान्य प्रतिकूल फल ग्रहणले दिनेछ। ग्रहण कष्टदायी हुने राशिका व्यक्तिहरूले विधिपूर्वक ग्रहणशान्ति गर्दा लाभ मिल्नेछ।

    ग्रहणफल–

    मेष – सुख
    वृष – मानहानि
    मिथुन – कष्ट
    कर्कट – पति वा पत्नीलाई पीडा
    सिंह – सुख
    कन्या – चिन्ता
    तुला – पीडा
    वृश्चिक – श्रीप्राप्ति
    धनु – हानि
    मकर – घात
    कुम्भ – व्यय
    मीन – लाभ

    ग्रहणमा व्रत–पर्व एवं तिथि–श्राद्धलाई के गर्ने ?

    यस पूर्णिमामा चन्द्रमाको व्रत समाप्ति, अन्य व्रतहरूको उद्यापन, चौरासी पूजा, लाखबत्ती बाल्ने जस्ता काम्य कृत्यहरू गर्न नमिल्ने हुँदा अरू पूर्णिमामा गर्नुपर्छ। ग्रहण लाग्नुपूर्व ३ दिन, ग्रहण लागेको दिन र ग्रहणपछिका ३ दिन गरी जम्मा ७ दिन ग्रहणको विशेष सूतक लाग्ने हुँदा यी दिनमा पर्ने गरी मांगलिक कार्यहरू गृहारम्भ, प्रवेश, अनित्य रुद्रीपूजा आदि गर्नुहुँदैन। ग्रहण लागेका उत्तराषाढा र श्रवण नक्षत्रमा ६ महिनासम्म मांगलिक कार्य गर्न हुँदैन।

    ग्रहण लाग्ने दिन जन्मोत्सव पूजा परेमा उही दिन गर्नुपर्दछ। तिथि, श्राद्ध, जन्मोत्सव आदि नैमित्तिक कर्म बिनाआशौच सार्न नमिल्ने हुँदा जन्मोत्सव प्रातःकालमा र एकोद्दिष्ट श्राद्ध मध्याह्नकालमा गर्नुपर्दछ।

    सूर्यग्रहण या चन्द्रग्रहणका दिन वार्षिक तिथि वा श्राद्ध परेमा रोक्न वा अर्को दिनलाई सार्न नहुने शास्त्रवचन रहेको छ। ग्रहणका दिन वार्षिक श्राद्ध, मासिक श्राद्ध, दर्शश्राद्ध आदि परेमा त्यसै दिन पक्वान्नद्वारा पिण्डदानादि कर्म गरी यथावत् रूपमा गर्नुपर्छ। ब्राह्मण भोजन भने ग्रहणसूतकको निषिद्ध समयअगाडि नै गराइसक्नुपर्दछ।

    यसैगरी पूर्णिमा व्रत पनि यथावत् लिएर साँझमा चन्द्रमालाई अर्घ्यदान गर्नुपर्दछ। तर खानपानका लागि भने ग्रहण मोक्ष भएपछि शुद्धिस्नान गरेर त्यसपछि मात्र पकाएर खान मिल्नेछ।

    ग्रहण आकाशमा समय–समयमा देखापर्ने अनियमित परिघटना हो। सामान्यतया यसले ६ महिनासम्मलाई शुभाशुभ फलको विधान गर्दछ। ग्रहणकाललाई अशुभ समयका रूपमा व्याख्या गरिए पनि माथि बताइएका आध्यात्मिक कार्य तथा साधना गर्नेहरूका लागि यो समय अत्यन्त लाभदायक हुन सक्छ। ‘प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ’ भनिएकाले ज्योतिषमा गणितको परीक्षण गरी त्रुटि सच्याउने अवसर पनि ग्रहणले प्रदान गर्दछ।

    Related Posts

    No Image array(2) { [0]=> object(WP_Term)#4731 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } [1]=> object(WP_Term)#4730 (16) { ["term_id"]=> int(14) ["name"]=> string(15) "सूचना" ["slug"]=> string(6) "notice" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(14) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(7) "Notices" ["parent"]=> int(0) ["count"]=> int(21) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(14) ["category_count"]=> int(21) ["category_description"]=> string(7) "Notices" ["cat_name"]=> string(15) "सूचना" ["category_nicename"]=> string(6) "notice" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    खग्रास चन्द्रग्रहण, ग्रहणमा व्रत – पर्व र तिथि – श्राद्ध’bout शास्त्रीय निर्णय

    अक्टोबर 31, 2017
    By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4759 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    बिनाग्रास लाग्दैन ग्रहण सूतक – २०७६ पौष २५

    जनवरी 10, 2020
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4757 (16) { ["term_id"]=> int(14) ["name"]=> string(15) "सूचना" ["slug"]=> string(6) "notice" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(14) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(7) "Notices" ["parent"]=> int(0) ["count"]=> int(21) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(14) ["category_count"]=> int(21) ["category_description"]=> string(7) "Notices" ["cat_name"]=> string(15) "सूचना" ["category_nicename"]=> string(6) "notice" ["category_parent"]=> int(0) } } notice सूचना

    खण्डग्रास चन्द्रग्रहण – आषाढ ३१, २०७६

    जुलाई 15, 2019
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      Sanjaya

      I like it nepali patro

      Dharma jit pal thakuri

      I like it Nepali patrro

      Md Aabid Husain

      i like it nepali patro. . . . . mero desh nepal

      शुभचिन्तक

      निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात्।
      पुरिषे कृमियोनिश्च मैथुने ग्रामसूकरः।।
      अभ्यञ्जने भवेत् कुष्ठि भोजने स्यादधोगति।
      बन्धने च भवेत् सर्प बधे च नरकं व्रजेत्।।

      यो श्लोकको सिधा अर्थ लेख्दिनु भएको भए सबैलाई बुझ्न सजिलो हुने थियो लक्ष्मी गुरु


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!