No Image

क्रिसमस डे

By उपप्रा. लक्ष्मीप्रसाद बराल in अन्तराष्ट्रिय दिवस .
डिसेम्बर 24, 2019

क्रिसमस, प्रभु येशु ख्रिष्टको जन्मको स्मरणार्थ मनाइने क्रिश्चियनहरूको वार्षिक उत्सव र सांस्कृतिक चाड हो। डिसेम्बर २५ का दिन विश्वभरि रहेका अर्बौं इसाई धर्मावलम्बीहरूले धार्मिक र सांस्कृतिक उत्सवका रूपमा क्रिसमस मनाउँछन्। क्रिसमस दिवसमा संसारका धेरैजसो देशहरूमा सार्वजनिक बिदा हुन्छ। यो पर्व इसाईहरूले धार्मिक तथा सांस्कृतिक रूपमा मनाउँछन् भने धेरै गैर-इसाईहरूले पनि भाइचारा र धार्मिक सह–अस्तित्व दर्साउँदै स्वत:स्फूर्त रूपमा मनाउने चलन बढ्दै गएको छ।

जिसस क्राइस्ट अर्थात् येशु ख्रिष्ट एक महान् व्यक्ति हुनुहुन्थ्यो, जसले समाजलाई माया र मानवीयताको शिक्षा प्रदान गर्नुभयो। इसाई समुदायमा वहाँलाई ईश्वरको पुत्र मान्ने गरिन्छ। संसारलाई प्रेम र भाइचाराको सूत्रमा उन्दै हिँड्नुभएका येशुको अभियान उस बेलाका शासकहरूले सहन गर्न सकेनन् र वहाँलाई शूलीमा झुन्डाएर मृत्युदण्ड दिइयो। मृत्युदण्डपश्चात् वहाँ पुन: जीवित उठेर मानव कल्याणमा लाग्नुभएको थियो भन्ने विश्वास गरिन्छ। येशु मानवरूपमा मानवजातिको पापको प्रायश्चितका निम्ति यस संसारमा आउनुभएको हो भन्ने धार्मिक विश्वास छ।

प्रभु येशुको जन्म जेरुसेलमको बेतलेहेम सहरमा प्राचीन मसिहाहरूको भविष्यवाणीअनुसार पिता युसुफ र माता मरियमको पुत्रका रूपमा भएको हो। उसबेलाका शासक सिजर अगस्तसले बेतलेहम सहरमा जनगणना लिने उर्दी गरेकाले नासरतस्थित आफ्नो घरबाट पिता युसुफले गर्भवती मरियमलाई गधामा चढाएर बेतलेहेम सहर ल्याएका थिए। टाढाबाट आएका मानिसहरूको भीडले खचाखच सहरको धर्मशालामा कोठा नमिलेपछि उनीहरूलाई एउटा तबेलामा बस्न प्रस्ताव गरियो र त्यहीँ ख्रिष्ट चाइल्डको जन्म भयो। यो खबर स्वर्गका दूतहरूले गोठालाहरूलाई सुनाए र त्यसपछि उनीहरूले उक्त सूचना सबैतिर फैलाए।

यद्यपि येशुको जन्मको महिना र मिति अज्ञात नै छ, तर पनि चौथो शताब्दीको सुरुतिर चर्चले डिसेम्बर २५ लाई नै येशुको जन्ममिति तोकेको थियो। यो रोमी क्यालेन्डर अनुसार सोल्टिसिसको मितिसँग मिल्दोजुल्दो रहेको छ। अधिकांश इसाईहरूले ग्रेगोरियन क्यालेन्डरअनुसार डिसेम्बर २५ मा क्रिसमस चाड मनाउने गर्छन्। व्यवहारमा येशुको जन्ममिति जान्नु भन्दा पनि सांस्कृतिक चाड मनाउनु नै क्रिसमस डेको मुख्य उद्देश्य रहिआएको छ।

क्रिसमसको दिन इसाई धर्मावलम्बीहरूले घर–आँगनलाई मजाले सजाउँछन्। सहर–बजार र चोकहरूमा सरसफाइ, रंगरोगन र झिलिमिली बत्तीहरूले क्रिसमसको रौनकता बढाएको हुन्छ। हिउँ पर्ने चिसो मौसममा घर–आँगन र चोकचोकमा सजाइने हिमाच्छादित क्रिसमस ट्री र न्यानो लुगामा सुसज्जित विभिन्न उपहार बाँड्ने सान्ता क्लसको बिम्ब प्रकृति र प्रेमका प्रतीक हुन्। चर्चमा भेला भई ईश्वरको प्रार्थना गरेपछि स्वादिष्ट केक काटी सबैलाई बाँड्ने गरिन्छ। र, भोज आयोजना गरी खुसी साटासाट गरिन्छ। आफन्त र साथीभाइबीच भेटघाट, स्वादिष्ट परिकार खानपान र उपहार आदानप्रदान गरी क्रिसमस मनाइन्छ।

क्रिसमस क्रिश्चियनहरूको औपचारिक वर्षको केन्द्रविन्दु तथा एडभेन्ट वा जन्मफास्टको मौसम पनि हो। क्रिसमसलाई नोएल, जन्म आदि नामबाट पनि चिनिने गरिन्छ। क्रिसमसपछि क्रिस्टाइडको मौसम सुरु हुन्छ, जुन ऐतिहासिक रूपमा पश्चिममा बाह्र दिनसम्म रहन्छ र बाह्रौं रातमा समापन हुन्छ। क्रिस्मस छुट्टीका लागि लोकप्रिय, आधुनिक रीतिरिवाजअनुसार उपहार आदानप्रदान गर्ने, क्रिसमस गीत र संगीत तथा क्यारोलिङ, झिलिमिली बत्ती बाल्नु , क्रिसमस शुभकामना कार्डको आदानप्रदान, चर्चहरूमा विभिन्न सेवा, विशेष खाना, क्रिसमस क्र्याकर्स र क्रिसमस रूखहरू सजाउने , येशुको जन्मका दृश्यहरू तथा क्रिसमस सजावटको प्रदर्शन पनि यस अवसरका मुख्य आकर्षण हुन्। यसैगरी सान्ता क्लस, सेन्ट निकोलस, फादर क्रिसमस र क्रिस्टकाइन्डका लुगा लगाई यस अवसरमा बच्चा तथा विभिन्न व्यक्तिहरूलाई उपहार दिने परम्परा रहिआएको छ।


Related Posts
Comments
    janak jams

    happy krissh mas day

    Bimal khadka

    it is very helpful to me to search date, to find out the programme and update me every time. Thank you for this informative app

    Narayan

    my dear all f…..happy birthday क्रीस्म्स दे

    Kamal sijapati

    Happy Christmas day all frends

    Ani bikram

    Happy christmas day

    saugat neupane

    nice

    bikram ghimire

    ग्रह दशा कस्तो छ

    prem Adhikari

    very good apps.

    sani dewal paswan

    Happy charisma day

    sunil kumar yadav

    ohh”have a nice day.

    Nabin adhikari

    thanks you

    सोमनाथ सिग्देल

    wishes happy all people

    subash rana

    dami

    lokendra budha

    happy christmas and happy new year

    Niva

    merry Christmas


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!