काठमाडौँ विश्वविद्यालयको सिभिल इन्जिनियरिङ क्लब को वार्षिक कार्यक्रम “संकल्पा २५”

काठमाडौँ विश्वविद्यालयको सिभिल इन्जिनियरिङ क्लब को वार्षिक कार्यक्रम “संकल्पा २५”

By Nepali Patro
अप्रील 21, 2025

“गुणस्तरीय शिक्षाः नेतृत्वका लागि” भन्ने मूल नाराका साथ सन् १९९१ (वि.सं. २०४८) मा स्थापना भएको काठमाडौँ विश्वविद्यालयले नवीन पाठ्यक्रम, समयसापेक्ष कोर्सहरू र विशेष गरी प्रयोगात्मक शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै आएको छ।

यसै परिप्रेक्ष्यमा, विश्वविद्यालय अन्तर्गतको सिभिल इन्जिनियरिङ क्लब (KUCEC) ले यस वर्षको भव्य वार्षिक कार्यक्रम “संकल्पा २५” आयोजना गर्दैछ, जसले शैक्षिक, प्रविधिक, सांस्कृतिक तथा खेलकुद गतिविधिहरू समेटेको छ।

बैशाख १४बाट सुरु भएर बैशाख ३१ गते समापन हुने तालिका छ। जस अन्तर्गत बैशाख २९ सम्म (Pre Events) र बैशाख ३० र ३१ गते (Main Events) हुने छ।

कार्यक्रम तालिका (नेपाली मितिमा)

वैशाख १४ गते – सिभिल कप उद्घाटन

वैशाख १५ गते – बास्केटबल तथा भलिबल उद्घाटन

वैशाख १६ गते – सेमिनार (Engineering, Market And Entrepreneurship)

वैशाख १७ गते – फ्ल्यासमोब तथा लाइभ आर्ट (बसन्तपुर)

वैशाख १९ गते – Alumni Meet (पूर्व विद्यार्थी भेटघाट)

वैशाख २१ गते – सर्भे प्रतियोगिता तथा वक्तृत्वकला प्रतिस्पर्धा

वैशाख २२ गते – ट्रेजर हन्ट्स तथा PLAXIS वर्कशप

वैशाख २३ गते – इन्जिनियरिङ कलेजहरूको फ्ल्यासमोब

वैशाख २४ गते – Quiz Competition and Scholar Talk

वैशाख २५ गते – सिभिल कप सेमिफाइनल

वैशाख २६ गते – वाकाथन तथा सिभिल कप फाइनल

वैशाख २८ गते- CAD-Athon, कविता साझ , पेपर ब्रिज तथा शेकटेबल प्रतियोगिता वैशाख ३० र ३१ गते – Technical Talk Show and Model Exhibition (Main Event)

संकल्पा २५ केवल एक शैक्षिक कार्यक्रम होइन, यो विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र अन्य कलेज तथा क्षेत्रका सहभागीहरूसँग अन्तक्रिया गर्ने उत्कृष्ट मञ्च पनि हो। आयोजकहरूले सहभागिता, सिर्जनशीलता र सहकार्यलाई मूल उद्देश्य बनाई यो कार्यक्रम आयोजना गरिरहेका छन्।

Related Posts

विश्व माटो दिवस 

डिसेम्बर 4, 2025
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

य:मरी पुन्ही

डिसेम्बर 29, 2020
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

उँधौली पर्व

डिसेम्बर 3, 2025
By Nepali Patro

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ