कल्की जयन्ती
By Nepali Patro in
चाडपर्व .
हरेक वर्षको श्रावण महिनाको षष्ठीको दिनलाई हिन्दू सनातन धर्म शास्त्र एवं पुराणहरुमा उल्लेख गरिएअनुसार यस पृथ्वीलोक लगायत सारा ब्रह्माण्डका पालनकर्ता भगवान श्री हरि-विष्णुको कलि युगको अधर्म र असत्यको अन्तिम चरम अवस्थामा, भविष्यमा धर्म र सत्यको रक्षा र पुनर्स्थापना गर्न अन्तिम अर्थात् दशौँ आवतारको रुपमा यस मानवयुक्त पृथ्वीलोकमा अवतरण हुने कल्की अवतारको दिनलाई समस्त हिन्दू धर्मावलम्बी मानिसहरुले धुमधामका साथ विधि- विधान अनुरुप कल्की जयन्तीको रुपमा मनाइंदै आएको धार्मिक विश्वास र परम्परा छ | यसदिन हिन्दू नेपालीहरुले पनि भगवान विष्णुको शक्तिपुरुषोत्तम अवतार श्री कल्की भगवानको भक्तिगान, स्तुति एवं विधिवत् पूजाआजा र ध्यान, जप-तप गरीकन श्री कल्की जयन्ती मनाइन्छ |
हिन्दू धर्म ग्रन्थहरु एवं हिन्दू पुराणहरु मध्यको कल्की पुराण र श्री मद्भागवत् गीतामा कथन गरिएअनुसार वर्तमान कलियुगको अन्तमा पृथ्वीमा व्याप्त अत्याचार,पाप, अधर्म, लुटपाट, हत्या-हिंसा इत्यादिको अन्त्य गरी कलियुगको समापन अर्थात् समाप्ति गरेर सबै जीवप्राणीको उद्द्वार गर्न र सत्कर्म, धर्म र सत्यको रक्षा गरी सती युगको यस जगतमा पनर्स्थापना गर्न भगवान श्री हरि-विष्णुले अन्तिम अवतारको रुपमा कल्की अवतार भविष्यमा धारण गर्ने छन् भन्ने व्याख्यान गरिएको छ | ती नै ६४ विध्या एवं गुणयुक्त ब्रम्हाण्ड नायक, महाशक्तिपुरुषोत्तम अव्दितीय भगवान श्री कल्कीको जयन्ती हरेक श्रावण मास षष्ठीको दिनमा भगवान श्री कल्की अवतारको भक्ति र श्रद्धापूर्वक जप-तप ध्यान एवं विधिसंगत पूजाआजा गरीकन मनाइने प्रचलन हिन्दू समाजमा रहिआएको छ |
हिन्दू धार्मिक एवं पौराणिक कथन अनुसार भगवान श्री विष्णुको यी नै कल्की अवतारबाट पापी कलियुगको अन्त्य भई समस्त जीव र मानव जगतको भविष्यमा उद्द्वार तथा कल्याण हुने धार्मिक विश्वास र आस्था मानिसहरुमा रहेको पाइन्छ |