No Image
नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > अन्तराष्ट्रिय जैविक विविधता दिवस

अन्तराष्ट्रिय जैविक विविधता दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in अन्तराष्ट्रिय दिवस .
मे 21, 2020

सन् १९९२ मे २२ मा ब्राजिलको राजधानी रियो दे जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ का दिन “अन्तराष्ट्रिय जैविक विविधता दिवस” मनाइन्छ। उक्त सम्मेलनको निर्णयलाई पछि सन् २००० को डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्रसङ्घको महासभा बैठकको निर्णय ले अङ्गीकार गर्दै हरेक वर्ष मे २२ लाई “अन्तराष्ट्रिय जैविक विविधता दिवस” को रूपमा विश्वभर मनाउने घोषणा भएको थियो । उक्त निर्णय भएयता हरेक वर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइँदै आइएको छ र नेपालमा पनि यो दिवस मनाइन्छ।

नेपालमा जैविक विविधताहरू लाई वातावरण संरक्षण ऐन २०५३ अनुसार जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली तथा वंशाणुगत प्रणालीको विविधता भन्दै व्याख्या गरेको छ। जसलाई वैज्ञानिक र संरक्षणवादी रेमंड एफ.एफ. डैसमैन द्वारा सन १९६८ मा “ए डिफरन्ट काइन्ड अफ कन्ट्री” नामक पुस्तकमा प्रस्तुत गरेका थिए । जस लाइ व्याख्या गरिदा जैविक लिटाटा शब्द को प्रयोग वन्यजन्तु जीवन, जैव विशिष्टता प्राथमिक प्रजाति ले लिटा र विभिन्न प्रजातिहरूका समृद्धिका लागि चाहिने पदहरूको स्थानमा प्रशस्त प्रयोग हुन्छ।

जैव लेलिटा आम तौरमा एक भौगोलिक क्षेत्र को एक संक्षिप्त समृद्धि को रूपमा, एक अस्थायी समस्या को लागी केही सन्दर्भका साथ बनेको छ। समाहित गर्दै वर्णित प्रजातिका प्रकारहरु:-
१. प्रजातिको समृद्धि
२. सिम्पसन सूचकाङ्क
३. शान्नोन सूचकाङ्क

त्यहाँ तीन अन्य सूचकहरू छन् जो एकलोगिस्ट्स द्वारा प्रयोग गरिन्छ।

अल्फा लिटा (अल्फा विविधता) एक विशेष क्षेत्र, समुदाय वा पारिवारिक प्रविधि केन्द्र भित्र र परिस्थिति पारिवारिक तन्त्र (आम तौरमा प्रजातिहरूको भित्र) सङ्ख्या को कटौती द्वारा मापन गरी पत्ता लगाइन्छ।
बिटा लिटा (बिटा विविधता) पारिवारिक प्रणाली बिचमा पेलिटा प्रजाति हो; यो सङ्ख्या को तुलनामा समावेश छ र प्रत्येक परिवारको स्थान प्रणालीहरू को लागी एक अद्वितीय मापन पत्ता लगाउने तरिका मानिएको छ।
गामा लिटा (गामा विविधता) विभिन्न पारिवारिक स्थानहरूमा प्रणालीहरूको समग्र वितरणका लागि एक क्षेत्रको विशेष क्षेत्र ।

नेपाल विश्वमा रहेका केही औलामा गन्न सकिने देश मध्येको जैविक विविधता भएको मुलुक हो र विविधतामा रमाउने मानवीय गुण पनि हो भनेर नकार्न पनि सकिँदैन। नेपाल यस्तो मुलुक हो जहाँ छोटो दुरीमा समुन्द्र सतहभन्दा ६० मिटरको उचाइमा पूर्वको झापा जिल्लाको केचना अवस्थित रहेको छ भने त्यसको झन्डै झन्डै मास्तिर उत्तरमा संसारकै सर्वोच्च शिखर ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) को सगरमाथा अवस्थित छ। नेपालमा विभिन्न प्रकारका करिब २ सय भन्दा बढी प्रजातिका स्तनधारी जनावर रहेका तथ्याङ्क बाट देखिन्छ। साईबेरिया बाट जाडोको मौसममा नेपाल प्रवेश गर्ने बाहेक देशभरिमा ८ सय भन्दा बढी प्रजातिका चराहरू जुन युरोपको पूर्ण भूभागमा पाइने भन्दा बढी रहेको छ, पुतलीको ’boutमा कुरा गर्दा सबैभन्दा धेरै पुतलीको प्रजाति नेपालमै पाइएको र विभिन्न प्रजातिका ६ सय माथिका पुतलीहरू संसार भरिका वैज्ञानिकहरूका लागि नेपाल पुतली अनुसन्धान गर्ने केन्द्र नै बनेको छ।

जैव विविधता नोक्सानका मुख्य विश्वव्यापी तत्त्वहरू जलवायु परिवर्तन, आक्रामक प्रजातिहरू, प्राकृतिक स्रोतको अत्यधिक दोहन, प्रदूषण र सहरीकरण हुन्। ग्लोबल रिपोर्टले जैविक विविधताको क्षतिमा मानवीय क्रियाकलापहरूको जिम्मेवारी प्रदर्शन गरे अनुसार, स्थलमय इकोसिस्टमका लागि ७५% रहेको थियो। यस मूल्याङ्कनले समाधानहरू विद्यमान छन् तर कार्य गर्न भने ढिलो गर्न नहुने पनि सङ्केत गरेको छ । मानव जीवनको अस्तित्वका लागि जैविक विविधताको उच्च महत्त्व रहेको चर्चा र, सरोकारवाला र आम नागरिकको सहभागितामा त्यसको संरक्षण गर्नुपर्नेमा दुई मत देखिँदैन। जैविक विविधताको संरक्षण सरकार एक्लैले गरेर पनि सम्भव छैन, सरकारले नेतृत्व लिन भने सक्छ, कार्यक्रम तर्जुमा र नीति निर्माणका लागि तथा त्यसका कार्यान्वयनका लागि भने स्थानीय समुदाय र निजी क्षेत्रले सरकारलाई सघाउनु पर्ने देखिन्छ।

हरेक वर्ष जैविक विविधता दिवसको अवसरमा वृक्षारोपण, सरसफाइ, विभिन्न स्थानहरूमा यस दिन सम्बन्धी कार्यक्रमहरू गरी मनाउन त मनाइन्छ तर त्यसको भोलि पल्टै रोपिएका रुख आदि गायब हुने र सामान्य जनसमुदायले समेत पनि ध्यान नदिने जस्ता विषय सर्वविदितै हो। त्यस कारण जबसम्म सरकार तथा अन्य सम्बन्धित निकायहरूले जनचेतनामा विशेष ध्यान दिएर हरेक छेत्रमा बढी भन्दा बढी चेतनाको विकास गर्नु पर्ने आवश्यकता एकदम महत्त्वपूर्ण कदम हुनेछ तब मात्र यस्ता दिवसहरू मनाउनुको सार्थकता र अर्थ हुनेछ।


Comments

    Arun shahi

    thanks

    Suraj das

    surajdas

    Sita Pradhananga

    Thanks.

    Jiban Rawal

    information

    सुरेन्द्र शाही

    ज्ञानवर्धक जानकारीका लागि धन्यवाद।

    jyoti biswas

    hamare sath Avi Jo ho raja hai 3-4 dinse Kya wo sachme hai

    jyoti bishwas

    2-4 dinse Jo hamare sath ye Jo ho raha hai Kya wo Sahi hai ki galat

    kushum bista

    it’s a great information
    change the human behavior and save the biodiversity.

    रबिन्द्र उपाध्याय

    लेख राम्रो लाग्यो यसै गरी प्रत्यक महिना- महिनामा पर्ने दिवसहरुको पनि सबिस्तार रुपमा लेखिदिनु हुनेछ भन्ने अशा छ।।।

    शान्त कुमार झाकाेटाे मगर

    कान्तिकारी ट्रडे युनियन महासंघ सदस्य
    शान्त कुमार झाकाेटाे मगर ,जिल्ला
    प्रदेश न १ डाँडाबजार धनकुटा नेपाल
    नेपाल कमयुनिषटर पाटी माअाेबादी केन

    BarmaRajShahi

    rojagahar


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!