• 216
  • असार-मुठी रोपेर पाथी फलाउने महिना
    नेपाली पात्रो > वालपेपर्स > असार-मुठी रोपेर पाथी फलाउने महिना

    असार-मुठी रोपेर पाथी फलाउने महिना

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

    असार – मुठी रोपेर पाथी फलाउने महिना हो असार । असार महिना विक्रम सम्बत, हिन्दु  पञ्चाङ्गको आधिकारिक नेपाली पात्रोको तेस्रो महिना हो। यो महिना पश्चिमी क्यालेन्डरको जुन १४ – १५/६ देखि जुलाई को १५ – १६ सम्म पर्छ। यो महिना, असारको आगमन सँगै आकाश बाट पानी पर्न थालेको बेला नेपाली परिवेशमा कृषि क्षेत्र चलायमान हुन थाल्छ। यसै महिना लाई नेपाली किसानहरूले बाली लगाउने महिनाको रूपमा चिन्छन्। यस महिनाको १५ औँ दिन वा असार १५ को दिन दही चिउरा खाने दिन पनि हो। उक्त दिनलाई  दही-चिउरा र घरेलु स्वादिष्ट स्थानीय खानाको भोज गरेर मनाउने चलन रहेको पाइन्छ।

    सम्पूर्ण नेपालका किसानहरू नयाँ र सकारात्मक उत्साहका साथ आफ्नो हिलो र पानीले भिजेका खेतहरूमा पुग्ने  र  धानका ब्याड बाट बेर्ना उखालेर रोपाई गर्छन्। यो समय किसानहरूको धान रोप्दै नाच्ने, हिलो मैलो पानीले मिल्ने साथीहरू र आफन्तहरूसँग छ्याप्दै “आशारे झ्याउरे गीत” गाउँने समय हो। यही बेला उनीहरू आफ्ना सुख-दुख विभिन्न झ्याउरे गीतहरू मार्फत सुनाउँछन्। 

    नेपालमा मौसमलाई आधार मानेर बनाइएको समय मापनको एकाइ अर्थात् “ऋतु” अनुसार वर्षलाई ६ भागमा विभाजित गरिएको छ। उता अंग्रजीमा यो ऋतु ४ भागमा विभाजित गरिएको पाइन्छ। यस ऋतु व्यवस्था अनुसार १. वसन्त ऋतु (चैत -वैशाख), र २. गृष्म ऋतु (जेठ -असार), तथा ३. मा वर्षा ऋतु (श्रावण -भाद्र), एवं ४. शरद ऋतु (असोज -कार्तिक), गर्दै ५. हेमन्त ऋतु (मंसिर -पुस) हुँदै ६. शिशिर ऋतु (माघ -फाल्गुन) मा वर्ष समाप्त हुने क्रम रहन्छ। यस ऋतु व्यवस्था अनुसार असार महिना भनेको गृष्म ऋतुमा पर्छ। 

    यही महिना उत्पादन मूलक काम हरू हुने महिना त हुँदै हो तर राम्रो हेरचाह नगरेको खण्डमा रोग व्याधि ल्याउने अनि निम्त्याउने समय पनि यही वर्षा ऋतु मै हुने हुँदा सबै सतर्क  भने रहनु पर्छ।  अत्यधिक वर्षा हुँदा बाढी पहिरो को जोखिम हुने स्थान हरूमा सतर्क  रहनु पर्ने समय पनि यही नै हो।

    नेपाली पात्रोले आफ्ना प्रयोग कर्ता हरूको लागि यस उत्पादनमूलक असार महिनाको अवसरमा यस पात्रो मार्फत यस महिनाको महत्त्व झल्काउने वालपेपर्स प्रस्तुत गरेका छौ। प्रयोग कर्ता हरूको स्वाद अनुरूप अझ राम्रा वालपेपर्स आउँदा महिना हरूमा पनि प्रस्तुत गर्ने कार्यक्रम बनाउँदै गइरहेका छौ।  यस वालपेपर्स प्रयोग गरी आफ्ना कम्युनिकेसन डिभाइस र पी.सी हरू रङ्गिन बनाउनु सकिनेछ। 

    तपाईलाई मन पर्ने वालपेपर्स छनौट गरि डाउनलोड गर्न वा सिधै वालपेपर्स बनाउन सकिन्छ। वालपेपर्सको साइज अनुसार छनौट गर्नुहोस। 

    ६४०  X ४८० 

    १२००  X ७२०

    १९२०  X १०८०

        

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4600 (16) { ["term_id"]=> int(14) ["name"]=> string(15) "सूचना" ["slug"]=> string(6) "notice" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(14) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(7) "Notices" ["parent"]=> int(0) ["count"]=> int(21) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(14) ["category_count"]=> int(21) ["category_description"]=> string(7) "Notices" ["cat_name"]=> string(15) "सूचना" ["category_nicename"]=> string(6) "notice" ["category_parent"]=> int(0) } } notice सूचना
    No Image array(1) { [0]=> object(WP_Term)#4702 (16) { ["term_id"]=> int(14) ["name"]=> string(15) "सूचना" ["slug"]=> string(6) "notice" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(14) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(7) "Notices" ["parent"]=> int(0) ["count"]=> int(21) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(14) ["category_count"]=> int(21) ["category_description"]=> string(7) "Notices" ["cat_name"]=> string(15) "सूचना" ["category_nicename"]=> string(6) "notice" ["category_parent"]=> int(0) } } notice सूचना
    No Image array(1) { [0]=> object(WP_Term)#4704 (16) { ["term_id"]=> int(14) ["name"]=> string(15) "सूचना" ["slug"]=> string(6) "notice" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(14) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(7) "Notices" ["parent"]=> int(0) ["count"]=> int(21) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(14) ["category_count"]=> int(21) ["category_description"]=> string(7) "Notices" ["cat_name"]=> string(15) "सूचना" ["category_nicename"]=> string(6) "notice" ["category_parent"]=> int(0) } } notice सूचना

    २०७८ सालको पञ्चाङ्ग तथा शुभ साइत

    फ्रेवुअरी 25, 2021
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

    Comments

      shobhakar nyaupane

      very good

      Nabin Yadav

      N

      baba sharma

      welpaper

      laxman sharna

      guryji ko vavishya bani sateya huncha r ma sadhai falo garchu


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!