No Image
नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > अन्तरास्ट्रिय स्वयंसेवक दिवस | विश्व माटो दिवस 

अन्तरास्ट्रिय स्वयंसेवक दिवस | विश्व माटो दिवस 

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in अन्तराष्ट्रिय दिवस .
डिसेम्बर 5, 2021

अन्तरास्ट्रिय स्वयंसेवक दिवस | विश्व माटो दिवस :- आज अंग्रेजी महिना डिसेम्बर ५ तारिख, अर्थात् अन्तरास्ट्रिय स्वयंसेवक दिवस तथा विश्व माटो दिवस हो। आजको दिन नेपाल लगायत अन्य देशहरूमा समेत “अन्तरास्ट्रिय स्वयंसेवक दिवस” को साथ साथै “विश्व माटो दिवस” समेत पनि मनाउने गरिन्छ। व्यास ऋषि द्वारा लिखित अठार पुराणको सार विशेष गरी “परोपकार र पुण्य” माथि केन्द्रित रहेको पाइन्छ। र, ती पुराण हरूमा “अरूलाई दुःख दिनु पाप हो, भनिएको छ” तथा उहाँ बाट रचित ती अठार पुराणहरूमा “परोपकार पुण्य हो र अरूलाई दुःख दिनु पाप हो”  भन्दै उक्त पुराणहरू मार्फत स्वयंसेवाको महत्त्व दर्साइएको देख्न अनि पढ्न सकिन्छ।

अन्तरास्ट्रिय स्वयंसेवक दिवस वा उत्सवको रूपमा संसार भरि छरिएर रहेका सम्पूर्ण स्वयंसेवक हरूको सम्मान अनि कदर गर्दै हरेक वर्ष अन्तरास्ट्रिय स्वयंसेवक दिवस मनाउने चलन रहेको छ। अन्तरास्ट्रिय स्वयंसेवक दिवस संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष डिसेम्बर ५ को दिन मनाउँदै आइरहेको छ। आर्थिक र सामाजिक विकासको लागि अन्तरास्ट्रिय स्वयंसेवक दिवस संयुक्त राष्ट्र सङ्घको महासभाले १७ डिसेम्बर १९८५ को A/RES/40/212 सङ्कल्प मार्फत स्वीकृत गरेको थियो। त्यस पछि हरेक वर्ष विश्वभर आजको दिन अन्तरास्ट्रिय स्वयंसेवक दिवस मनाउने कार्य सुरु भएको थियो। 

यसरी अन्तरास्ट्रिय स्वयंसेवक दिवस मनाउने कार्य सुरु भए देखि, डिसेम्बर ५ मा यो दिवस सफलताका साथ मनाउनका लागि सरकारहरू, संयुक्त राष्ट्र प्रणाली र नागरिक समाज सङ्गठन इत्यादि यस लक्ष प्राप्ति को लागि सफलतापूर्वक विश्वभरका स्वयंसेवकहरू सँग जोडिएर काम गरिरहेका छन्। 

स्वयंसेवक भएपछि उनीहरूले हरुले सेवा भाव लिएर बाबु आमा, दाजु भाइ तथा परिवार घर नभनी रात दिन खट्ने गर्छन्। स्वयंसेवक भएर यसरी खट्दा वा खट्दै गर्दा व्यक्तिगत जीवनलाई समेत पनि तिलाञ्जलि दिएका हुन्छन्। ती स्वयंसेवक हरुले दिन दुःखीका घाउ पुछ्ने, सफा गरिदिने त्यस घाउमा मलहम तथा औषधि लगाई दिने जस्ता सेवा मूलक कार्य गर्दै व्यस्त रहने गरेका हुन्छन्। यस्ता अति मेहनती स्वयंसेवक हरूले आफ्नो ऊर्जाशील समय र शक्ति आश्रममा आइपुग्ने वा आइपुगेका बेवारिसे मानिसहरूको सेवा र उपचारको लागि खर्चँदै आ-आफ्नो जीवनको ऊर्जाशील अनि भरभराउँदो समय समाज सेवामा समर्पित गर्दै बिताउने गर्दछन्। अन्तरास्ट्रिय स्वयंसेवक दिवस | विश्व माटो दिवस 

“मानव जीवनमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजसेवा गर्नु नै सबै भन्दा ठुलो पुण्यको काम हो” यसमा दुई मत अवश्य पनि छैन।  त्यसै बेला उहाँले समाजसेवा अन्तर्गत  सडकमा अलपत्र परेकाको उद्धार गर्नु र सेवा गर्नु संसारको सबै भन्दा ठुलो अनि उत्तम समाज सेवा हो भनी ठोकुवा गरेका थिए। 

यसरी मानव भएर जन्मी सके पछि आफ्नो बल बुता अनि शक्ति ले भ्याए सम्म र त्यसमा पनि विभिन्न परिबन्धहरू बाट सडकमा जन्मिएका बालबालिका लगायत सुत्केरी महिला हरूको स्याहार, सुसार, गर्दै समाज सेवा गर्नु जस्तो महान् कार्य अरु कुनै साँच्चै पनि छैन। अझ अहिलेको व्यस्त समय त्यसमा पनि आधुनिकताको नाममा विकास हुँदै गइरहेको विकृतिले बुद्धि भ्रष्ट भएर तिनलाई जन्म दिई, लालन पालन  गरेका आफ्नै छोरा छोरीले आफ्नै जन्म दिने भगवान् तुल्य माता पिता लाई समेत बाटोमा लगी छाड्ने जस्ता अनैतिक र पतित कार्य गर्ने गरेका छन्। यसरी त्यस्ता मति भ्रष्ट भएका छोरा-छोरी हरुको वृद्ध-बृद्धा आमा बाबु हरूलाई समेत आफ्नै आमा बाबु लाई झैँ उनीहरूको स्याहार सुसार गर्ने स्वयंसेवी हरूको काम जसले गर्दा दिन दुखी हरुको पीडा निर्मूल गर्नु को साथै समाज सेवा को उत्कृष्ट अनि अतुल्य उदाहरण एवं समाज सेवाको बेजोड कार्य हो भनी नकार्न कुनै पनि हालत मा सकिँदैन। अन्तरास्ट्रिय स्वयंसेवक दिवस | विश्व माटो दिवस 

त्यसै गरी महाकवि लक्ष्मी प्रसाद देवकोटाले पनि आफ्नो चर्चित काव्य मुना मदनमा “मानिस ठुलो मन ले हुन्छ धन ले हुँदैन” भन्दै समाज सेवाको बहुतै राम्रो उदाहरण दिएका छन्।  इतिहास अनुसार उहाँले अफिस बाट तलब लिएर आएकै दिन बाटो मा देखिने दिन दुखी लाई मदद गर्दै घर पुग्ने समय सम्म आफ्नो महिना दिनको तलब घर पुग्दा तलब निमिट्यान्न भई सकेको हुने गर्थ्यो। उहाँको यो मानव सेवा एक अतुलनीय उदाहरण हो भन्न सकिने प्रशस्तै ठाउँ हरू छन्। त्यसै गरी उनीले बाटोमा गरिब गुरुबालाई आफूले लगाएको कोट समेत पनि दिई जाडोमा आफू चाही चिसोमा ठिउ ठिउ काम्दै आफ्नो बास स्थान मैती  देवी पुग्थे। उनले त्यस बेलाको समयमा नै गरेका स्वयं सेवाका अनगिन्ती अनमोल कार्य हरू अति नै सरान्हीय थिए र अझै पनि छन्। 

उनको त्यो बेलाको स्वयं सेवाका कार्य हरू अहिलेको पुस्ताको लागि पनि एउटा राम्रो उदाहरण बन्न सकेको छ।  नेपालमा यिनै महान् व्यक्तित्व अनि स्रष्टा हरुले निस्स्वार्थ रूपमा गरेका स्वयं सेवाका कार्य हरू स्मरण गर्दै आजको दिनलाई राष्ट्रिय स्वयंसेवक दिवसको रूपमा मनाउन सकिन्छ। तर पनि प्रसार प्रचार को अभावमा यो दिवस अहिले सम्म पनि नेपालमा त्यति ठुलो उत्सवको रूपमा मनाउने चलन भने सुरु भैसकेको छैन, आशा गरौँ छिट्टै भविष्यमा राष्ट्रिय स्वयंसेवक दिवस मनाउने चलनको सुरुवात हुने छ र स्वयं सेवा  पनि देशका हरेक कुना कुना दुवो फैलिए झैँ फैलिँदै जानेछ । यसो भनी रहँदा विश्व लगायत नेपालमा पनि अन्तरास्ट्रिय स्वयंसेवक दिवस मनाउने चलन भने धेरै अगाडी देखि नै चलिसकेको छ। नेपाल लगायत अरु देशहरुमा पनि धर्मशास्त्रहरूमा अरूको सेवा गरे स्वर्गमा बास पाइन्छ भन्ने मान्यता राखेको पाइन्छ त्यसै कारण पनि अधिकांश मान्छे हरू समाजसेवामा सहभागी हुने गर्छन्।  यिनै स्वयंसेवकको कामको पहिचान दिलाउँदै, तिनले गरेका मानव सेवाको कदर गर्दै र गर्ने हेतु हरेक वर्ष डिसेम्बर ५ को दिन अन्तरास्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिएको हो। 

नेपालमा समाज सेवाको काम वि.सं. १९२७ देखि सुरु भएको मानिन्छ। त्यस भन्दा अघि विभिन्न गुठीको माध्यमबाट समाज सेवा चल्थ्यो। जसमा समुदायका मानिसले सामूहिक हितका लागि सेवा दिने काम गर्ने गर्दथे। त्यो बेलाको पारम्परिक चलन अनुसार हालसम्म पनि भूकम्प, बाढी–पहिरो र अन्य प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको ठुलो भूमिका रहने गर्थ्यो भने त्यो चलन अहिले सम्म पनि जीवित नै छ। 

शाब्दिक अर्थमा स्वयंसेवक अङ्ग्रेजी शब्द “भोलेन्टियर” को नेपाली अनुवाद हो। झट्ट शब्द हेर्दा वा सुन्दा स्वयंसेवा भन्नाले आफ्नै सेवा गर्ने जस्तो अर्थ लाग्ने भए पनि स्वयंसेवकको अर्थ भने धेरै व्यापक छ। “कुनै पारिश्रमिक, तलब वा रकम नलिई सेवा गर्नु नै स्वयंसेवा हो। सही अर्थमा स्वयंसेवाको खास अर्थ निःस्वार्थ सेवा हो, परहितको काम नै स्वयंसेवा हो। स्वयंसेवामा सर्त हुँदैन, न त यसमा कुनै स्वार्थ नै लुकेको हुन्छ।” उसले कुनै निश्चित समयभित्र काम गर्ने भन्ने पनि हुन्न । स्वयंसेवा दिन रात नभनी तथा वर्षैभरि सेवामा तल्लीन रहनुपर्ने हुन्छ, यो स्वयंसेवा को एक महत्त्वपूर्ण नियम नै हो भन्दा अनुपयुक्त नहोला। मलाई चोट लाग्दा दुख्छ भने त्यसै गरी उसलाई (बिरामी) लाई पनि दुखेको होला भन्ने भाव नहुने व्यक्तिले स्वयंसेवा जस्तो कठोर अनि महत्त्वपूर्ण कार्य गर्न सक्दैन । 

 स्वयंसेवकमा हुनुपर्ने महत्त्वपूर्ण गुणमा सदाचारको गुण नै सबैभन्दा ठुलो मानिन्छ। त्यसपछि का गुणहरूमा त्यस सम्बन्धी विषयगत ज्ञान, त्याग गर्न सक्ने क्षमता हुनु, अरूका लागि सोच्न सक्ने गुणहरूमा आत्मीयता, शिक्षाप्राप्त र तत्काल कुनै पनि कुराको निर्णय गर्न सक्ने क्षमता भएको व्यक्ति नै स्वयंसेवक बन्न लायक हुन्छन् । 

विश्वमा हुने सङ्घर्ष र युद्धका बेला भएका स्वयंसेवाले विश्व शान्ति प्रवर्द्धन गरेका कयौँ उदाहरणहरू छन् । फलोरेन्स नाइटिङ्गेलले युद्धमा घाइते भएकालाई एउटा नर्सको रूपमा मात्र सेवा गर्नुभएको थिएन । उहाँले एउटा मानवीय संवेदनाका साथ रातभर बत्ती बोकेर पीडामा परेकाको घाउमा मलम लगाउनुभएको थियो। जसका कारणले उहाँलाई “लेडी विथ अ क्यान्डल” नामको उपमा समेत दिइएको थियो। 

नेपालमा स्वयंसेवाको क्षेत्रमा पाटी–पौवा निर्माण, महागुठी, परोपकार संस्था, नेपाल स्काउट र नेपाल रेडक्रस जस्ता संस्था हरू रहेका छन्।  र अहिले भने धेरै स्वयंसेवक हरूले आफ्नै खर्च गरेर निस्स्वार्थ रूपमा समाज सेवा गर्ने व्यक्ति हरू पनि प्रशस्तै छन्। यस्तै ऊर्जाशील   व्यक्तिहरूको महत्त्वपूर्ण कार्य हरू बाट नै देश मा स्वयंसेवी कार्यको सहयोगमा आगामी दिनमा समेत देशको आर्थिक, सामाजिक विकास र सामुदायिक सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउन अवश्य पनि सकिनेछ। अन्तरास्ट्रिय स्वयंसेवक दिवस | विश्व माटो दिवस 

स्वयंसेवा सामाजिक क्षेत्रको विशिष्ट अङ्ग भएको र जटिल परिस्थितिमा पनि स्वथ स्फुर्तरुपमा तत्काल सहयोग पुर्‍याउने हुँदा यसको कार्य पारदर्शी हुने गर्छ। समाजका विभिन्न क्षेत्रमा निस्स्वार्थ भावनासहित मन, वचन र कर्मले सेवा गर्नेहरू सबै जुटेर काम गर्नु पर्छ। सधैँ समाजको हित हुने कार्यहरू गरी स्वयं सेवामा हरेकले एक आपसमा हातेमालो गर्दै  स्वयं सेवाको क्षेत्रमा एकताबद्ध र प्रतिबद्ध भई हातेमालो गर्दै लागेको खण्डमा सधैँ समाजको हित हुने स्वयं सेवाको कार्य गर्न सकिनेछ, यो नै समाज सेवा को मूल्य र मान्यता अनि कर्तव्य समेत पनि हो।  

अन्तरास्ट्रिय स्वयंसेवक दिवस किन मनाउने त:

अन्तरास्ट्रिय दिन हरेक दिन केही न केही पर्ने गर्दछन् र हरेक दिवस हरूका उत्तिकै महत्त्व पनि हुन्छन्। ती सबै अन्तरास्ट्रिय दिवस हुन् वा राष्ट्रिय दिवस सबैका उत्तिकै महत्त्व हुन्छन्।  यी सबै दिवस हरुको मुख्य उद्देश्य भनेकै यी महत्त्वपूर्ण दिनहरू को ’boutमा मानिसहरूमा चासो बढाउँदै ती विषयहरूमा जनतालाई शिक्षित गर्नु, लगायत विश्वव्यापी समस्याहरूलाई सम्बोधन गर्नका निमित्त राजनीतिक शक्ति तथा स्रोतहरू परिचालन गर्नु, अनि मानवताका उपलब्धिहरूलाई दिवसको रूपमा मनाउनु हो। 

विभिन्न क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, रोजगारी, लगायत समय समयमा आइपर्ने विपद् व्यवस्थापन, अनि नागरिक सचेतना अभिवृद्धि तथा वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकहरू बाट हुने कार्य सदैव निरन्तर रहिरहोस्। देश एवं विदेशमा रहेका सम्पूर्ण महानुभाव, सङ्घ–संस्थाहरूमा अन्तरास्ट्रिय स्वयंसेवक दिवसको बधाई तथा शुभकामना व्यक्त गर्दछौ। यस दिवसको अवसरमा सदस्य राष्ट्रहरू लगायत संसारभर नै विभिन्न कार्यक्रमहरू गर्दै यो दिवस आ-आफ्नो ठाउँ बाट भव्यताका मनाउने र विभिन्न स्वयं सेवा मूलक कारबाही गरी हरेक जन-जन ले भव्यताका साथ मनाऔँ। 

नेपाली पात्रो  अन्तरास्ट्रिय स्वयंसेवक दिवसको अवसरमा देश एव विदेशमा रहनु हुने सबै स्वयंसेवक हरूलाई स्वयं सेवा गरे बापत मुरी मुरी बधाई तथा धन्यवाद व्यक्त गर्दछौ।  

विश्व/अन्तरास्ट्रिय माटो दिवस 

सूर्य बाट छुट्टिएर तेस्रो ढुङ्गा अर्थात् पृथ्वीको उत्पत्ति र त्यसको विभिन्न विकास क्रममा पन्च तत्त्व अर्थात् पंचमहाभूत हरू:- जसमा पृथ्वी (पृथ्वी), जल (जल), अग्नि (तेजस), वायु (वायु) र अन्तरिक्ष (आकाश) को गुणहरूको उत्पत्ति भयो। र यिनै जल, थल (पृथ्वी), बायु, अग्नि र माटो बनेपछि यहाँ बिस्तारै जीवनको सुरुवात भएको हो। माथि भनिए झैँ पृथ्वीका सबै पदार्थ पाँच आधारभूत तत्त्वहरू (पन्च तत्त्व) मिलेर बनेका छन् जसलाई संयुक्त रूपमा पंचमहाभूत भन्ने गरिन्छ र यिनमा पंचमहाभूतको संयुक्त गुणहरू छन् वा रहेका हुन्छन। र यसरि यहा एक कोषीय जीवन विकास हुदै गए पछि मानव जीवनको पनि विकास भएको थियो। 

मानव विकास पश्च्यात मानव खानाको लागि एक ठाउँ बाट अर्को ठाउँ भौतारिदै कन्दमूल तथा फलफूलको आहारमा बाँच्दिथिए। तर समयको अन्तराल सँगै उसले बाच्नको लागि पृथ्वी मा रहेको माटोमा खेती गर्न मिल्ने पत्ता लगायो। र, माटोमा मानिसले पानीको प्रयोग गरी खेती पाती गर्न सुरु गर्‍यो। यसरी खेती गर्न सिकेको हजारौँ वर्ष पछि उसले आगो बनाउने कला पनि जाने पछि माटोमा उत्पादित  फसल आगोमा पकाई खाने चलन सुरु गर्‍यो। मानवले धेरै बर्सको अनुसन्धान एव घुमन्ते जीवन बिताए पश्चात् उसले माटोकै मददले झारपात छानो को रूपमा प्रयोग गरी झुपडी बनायो र जङ्गली जनावर बाट हुन् सक्ने आक्रमण बाट पनि बच्ने उपाय गर्‍यो। यो सबै प्रक्रिया मानिसले हजारौँ बर्सको अन्तरालमा सिक्दै गरेको थियो। यसरी समय बित्दै गएपछि मानिसले आफ्नो जीवनमा माटोको महत्त्वपूर्ण योगदान रहेको थाहा पनि पायो, जुन अहिलेको समयमा समेत पनि उत्तिकै छ र भविष्यमा पनि यसको महत्त्व सधैँ रहने नै छ। 

स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न तथा माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जागरूकता जनमानसमा फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व/अन्तरास्ट्रिय माटो दिवस मनाउँदै आइरहेको छ।  

थाइल्यान्डका राजा बजीरालोंकोर्णका बुवा भूमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेको दिन अर्थात् उनकै जन्मदिन ५ डिसेम्बरमा माटो दिवसलाई मनाउन थालिएको हो । डिसेम्बर २०, २०१३ मा संयुक्त राष्ट्र सङ्घको ६८औँ महासभाले डिसेम्बर ५ लाई विश्व/अन्तरास्ट्रिय माटो दिवसका रूपमा मान्यता दिएपछि अन्तरास्ट्रिय माटो वर्ष, २०१५ (IYS 2015) घोषणा गरिएको थियो। 

माटो नभएको खण्डमा मानिसको सबभन्दा आधारभूत आवश्यकता जसमा खाने कुरा देखि अरु पनि धेरै कुरा पर्न आउँछ ती कुनै पनि कुरा पुरा हुँदैन। त्यसै कारण मानव जीवनमा माटोले साह्रै महत्त्वपूर्ण स्थान ओगटेर रहेको छ भन्ने कुरालाई नकार्न सकिँदैन। त्यसै गरी जमिन मुनिको पानी, कार्बनको भण्डार देखि वायुमण्डलमा हुने अनेकन् ग्यासहरूलाई स्वच्छ पार्न समेत पनि स्वच्छ माटोको आवश्यकता पर्ने विज्ञहरूको भनाइ रहेको छ।

माटो जोगाउन र वन जोगाउँदा भूक्षय लगायतका समस्याको अन्त्य हुने हुँदा खेतको छेउछाउमा बिरुवाहरू रोप्नु पर्छ। सिचाइको व्यवस्था राम्रो नभएको खण्डमा कृषकहरू पीडित बन्ने तथा सिचाइको राम्रो व्यवस्था हुँदा माटो जोगाउन समेत मदद गर्छ। 

त्यसै गरी परम्परागत खेतीमा मात्र ध्यान दिँदा आधुनिक खेतीमा कृषकहरू अनविज्ञ हुने र  माटो परीक्षण नगराई खेती गर्दा फाइदा नहुने हुने भएकाले समय समयमा माटोको परीक्षण गर्दा खेती मनग्य हुने गर्दछ। त्यसै गरी कुन माटोमा कस्तो खाले बीउ लगाउने , कुन औषधि प्रयोग गर्ने भन्ने कुरामा कृषकहरूलाई तालिम दिएको खण्डमा कृषि उत्पादनमा पनि वृद्धि हुने अनुसन्धानले देखाएको छ। 

अहिलेको आधुनिकीकरणको प्रभावले समाजमा थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरू हरू आइरहेको हामीले आफ्नै नजरले देख्न सक्छौ, तर केही परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ। जस्तो कि, माटोमा आएको परिवर्तन। माटोको प्रदूषण हामीले परीक्षण नगरेको खण्डमा कहिले थाहा पाउन सक्दैनौ। त्यसै कारण स्वस्थ माटोको महत्त्व ’bout विश्वको ध्यान केन्द्रित गर्न तथा माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउन नै हरेक वर्ष डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व/अन्तरास्ट्रिय माटो दिवस मनाउने गरेको हो। 

अहिलेको आधुनिक समयमा फरक फरक प्रदूषणहरू पनि थपिएका छन्। हामी हिँड्दा पनि हाम्रो पैताला मुनि माटो कुल्चँदै हिँड्छौ तर हामीले त्यसरी किल्चदै हिँड्ने माटोको चिन्ता के कहिले गरेका छौ त ? हामी मध्ये एकदमै थोरैले मात्र माटोको ’boutमा सोचेका छौ होला। हाम्रो यही बेवास्ता गर्ने बानीले गर्दा अहिले विश्वको करिब एक तिहाइ जस्तो माटोको  स्तर खस्किएर निकै कमजोर भएको छ। मानव गतिविधिहरूबाट उत्पन्न प्रदूषणहरू जस्तै, औद्योगिक गतिविधिहरू, सहरी फोहोरहरू लगायत अन्य गैर-पर्यावरण अभ्यासहरू र खेतीको बेला अत्यधिक बाली उत्पादन होस् भन्ने हेतुले प्रयोग हुने अत्यधिक विषादीको प्रयोगले माटोको क्षमतामा दिनानुदिन ह्रास आएको छ । माटोसङ पनि प्रदूषणलाई फिल्टर गर्न सक्ने क्षमता केही मात्रामा त हुन्छ नै, तर त्यो निक्कै सीमित मात्र हुन्छ। अन्तरास्ट्रिय स्वयंसेवक दिवस | विश्व माटो दिवस 

माटो स्वच्छ भए मात्र बोटबिरुवाको विकास प्रभावकारी हुन्छ भन्ने चाही हैन,माटोमा हुने धेरै प्रकारका कीराहरू र अन्य जीवहरूका लागि माटो तिनका आवास पनि हो। त्यस्तै, जमिन मुनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरूलाई स्वच्छ पार्न समेत पनि स्वच्छ माटोको आवश्यकता पर्दछ। यदि हामीले अहिले नै माटोको ’boutमा नसोचेको खण्डमा भने विश्वले चाडै नै खाद्यान्न सङ्कटको सामना गर्नु पर्ने छ।

अब माटोको ’boutमा सोच्ने मात्र हैन, यसलाई लाभदायक बनाउने कार्यहरू गर्ने बेला पनि आइसकेको छ। भविष्यमा आउने सक्ने खतराको ’boutमा जानी बुझी हामी अब जोखिम बाट जोगिनु पर्छ। 

स्वयंसेवकले गर्ने कार्य निरन्तर जारी रहोस् विश्व/अन्तरास्ट्रिय माटो दिवसले फैलाउने जागरूकतामा आजै देखि ध्यान दिऊ। राम्रो माटो, मलिलो माटो नेपाली पात्रो को चाहना जता ततै सुद्ध र स्वास्थ्य वर्द्धक खाने  कुरा फ़लोस, फुलोस् यही छ हाम्रो शुभ- कामना।

 

 


Comments

    jitendra yadav

    हाम‌े हो


Reply to jitendra yadav जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!