No Image
नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > अन्तरास्ट्रिय मातृभाषा दिवस

अन्तरास्ट्रिय मातृभाषा दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in अन्तराष्ट्रिय दिवस .
जनवरी 18, 2022

अन्तरास्ट्रिय मातृभाषा दिवस। बङ्गलादेशमा सन् १९५२ को फेब्रुअरी २१ मा मातृभाषा अर्थात् बङ्गाली भाषा बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थीहरू मारिएका थिए। त्यसै दिनको सम्झनामा मनाउने गरिन्छ अन्तरास्ट्रिय (विश्व ) मातृभाषा दिवस। हरेक वर्ष फेब्रुअरी २१ मा मनाइने यो दिवस सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले  विशेष दिनका रूपमा स्वीकार गरेको थियो भने सन् २००० मा संयुक्त राष्ट्र सङ्घले पनि यो दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरे पश्चात् विश्वभर यो दिवस मनाउन थालिएको हो। बङ्गलादेश जसलाई पहिले पूर्वी पाकिस्तानको नामले चिनिने गर्थ्यो त्यहाँ आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ। भारत टुक्रिएर पाकिस्तान बनेको बेला नै पूर्वी पाकिस्तानको रूपमा बङ्गलादेशको जन्म भएको हो। त्यसै गरी सन् २००८ लाई अन्तरास्ट्रिय भाषा वर्ष को रूपमा मनाइएको थियो।

बि स २०६८ मा भएको जनगणना अनुसार नेपालमा एक सय २३ वटा भाषाहरू रहेका छन्। उक्त तथ्याङ्क अनुसार नेपालमा नेपाली भाषा पछि सबैभन्दा बढी बोलिने भाषाको रूपमा मैथिली भाषा रहेको छ भने सबैभन्दा कम बोलिने भाषामा संस्कृत रहेको छ। जनगणनाले नेपालमा भारोपेली, आग्नेय, चिनियाँ–तिब्बती, द्रविड, एकल कुसुण्डा भाषा र साङ्केतिक भाषा गरी ६ प्रकारका भाषाहरू रहेको जानकारी पनि दिएको थियो। विश्वमा ७,००० भन्दा बढी भाषाहरू छन्। भाषा, संस्कृति र बहु भाषाको विषयमा जागरूकता बढाउने उध्येस्य ले अन्तरास्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो।

अहिलेको समयमा मातृ भाषाहरू हराउँदै गएका छन्। मातृ भाषाहरू हराउँदै जानुको एक प्रमुख कारण भने काम को लागी विदेशी भाषा सिक्नु पर्ने वा सिक्ने होड नै एक प्रमुख कारण हो। संयुक्त राष्ट्र सङ्घले २०२२ देखि २०३२ को अवधिलाई “आदिवासी भाषाहरूको अन्तरास्ट्रिय दशक” को रूपमा नाम दिएको छ। आ-आफ्नो मातृ भाषाको माया सबैले गर्नु नै पर्छ, बङ्गलादेश मा १९५२ मा पनि आफ्नो  मातृ भाषाको मायाले नै यो दिवसको जन्म भएको थियो।

मातृभाषाको शिक्षालाई प्रभावकारी रूपमा अघि बढाउने गरिएमा मातृभाषा को जगेर्ना गर्न सकिने छ। मान्छे लाई मान्छे को रूपमा चिनाउने तत्त्व नै भाषा हो। त्यसैले पनि भन्न सकिन्छ भाषा मानव जातिको पहिचान हो। भाषाले भूगोल र मुलुकलाई चिनाउने गर्छ। नेपाल लगायत अन्य मुलुकमा लेख्यभन्दा पनि कथ्य तथा मौखिक परम्परा रहेका आदिवासी जन जातिका भाषाहरू लोपोन्मुख अवस्थामा रहेका छन्। सबै जात जातीको मौलिक कला, संस्कृति र परम्परा जोगाउन भने मातृभाषा अनि साहित्यले सहयोग गर्छ।  किनकि भाषाको विकास हुनु भनेको देश को पनि विकास हुनु हो।

नेपालको वर्तमान संविधानको प्रस्तावनामा नेपाललाई बहुभाषिक मुलुकको रूपमा स्वीकार गरेको छ। कुनै पनि भाषाको आधारमा विभेद गर्न नपाइने भन्दै समानताको हकलाई सुनिश्चित गरेको छ। त्यसै गरी, संविधानले मातृभाषामा शिक्षा लिन पाउने हकलाई समेत सुनिश्चित गरेको छ ।

नेपालमा बहुभाषिक शिक्षालाई लिएर विभिन्न किसिमका बहस भइरहेका पनि छन् । सामान्य अर्थमा विद्यालयहरूमा मातृभाषा पठन पाठन सुरु गरी आवश्यकता अनुसार अन्य भाषा प्रयोग गर्दै जानु नै बहुभाषिक शिक्षा प्रणाली हो। तर यसको परिभाषा भने सर्वमान्य बन्न सकेको देखिँदैन। बहुभाषिक शिक्षा प्रणाली कार्यान्वयन गर्दा मातृभाषालाई पनि उत्तिकै महत्त्व भने दिनु पर्ने देखिन्छ। पाठ्यक्रममा समावेश भएका विषयवस्तु र उनीहरूको अनुभवका बिच समायोजन कम हुँदा बालबालिकाहरूको सिकाइ प्रक्रिया नै प्रभावित हुने पनि अध्ययनले देखाएको छ। त्यसै कारण मातृभाषा पठन-पाठन गराउनु पर्ने देखिन्छ।

नेपालजस्ता बहुभाषिक मुलुकको सामाजिक विकासका लागि समेत भाषिक समावेशितालाई जोड दिइनुपर्ने देखिन्छ। नेपाली पात्रोको तर्फ बाट हाम्रा पाठक तथा हरेक नेपाली जन लाई  अन्तरास्ट्रिय मातृभाषा दिवस को मुरी मुरी शुभ कामना व्यक्त गर्दै सबैले आ आफ्नो  मातृभाषाको जगेर्ना गर्ने प्रण आजकै दिन देखि गरौँ। हाम्रा सबै मातृभाषाहरू अमर रहुन, सधै जीवित रहुन।


Comments

    Rupesh Kumar Chauhan

    good

      रेखा अधिकारी

      हाम्रो मातृ भाषा हाम्रो मौलिक पहिचान ।

    tabita kawar

    साउन 12गते

    Nareshraj yadav

    details are as below date of show


Reply to Nareshraj yadav जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!