No Image
नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > अन्तराष्ट्रिय युवा दिवस

अन्तराष्ट्रिय युवा दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in अन्तराष्ट्रिय दिवस .
जुलाई 1, 2020

संयुक्त राष्ट्रसङ्घको आह्वानमा बि.स. २०५६ अर्थात् सन् १९९९ को अगस्ट १२ तारिखमा “अन्तराष्ट्रिय युवा दिवस” विश्वभर मनाउन थालिएको हो तर नेपालमा भने सन् २००४ देखि मात्रै अन्तराष्ट्रिय युवा दिवस मनाउन सुरु गरिएको हो। हरेक वर्ष अगस्ट १२ को दिन विभिन्न युवा सम्बन्धी नाराहरूका साथ अन्तराष्ट्रिय युवा दिवस मनाउने चलन रहेको छ। युवाहरू देशको अभिन्न अङ्ग हुन, देशको मेरुदण्ड नै युवा शक्ति हुन भन्ने कुरामा दुई मत छैन। कुनै पनि देश विकासको लागि युवा शक्ति लाई प्रयोग गर्न सके देश विकासको काम द्रुत गतिमा वढने छ र खेर गइरहेको युवा शक्तिको पूर्ण परिचालन हुनेछ। हरेक वर्ष विभिन्न नाराको साथ यो दिवस नेपाल तथा अन्तराष्ट्रिय स्तरमै युवा सहभागिताका साथ आजको दिन मनाउने गरिन्छ।

अन्तराष्ट्रिय युवा दिवस परिचय

कुन र कति उमेर व्यक्तिहरू युवा हुन्, भन्ने कुरालाई अध्ययन गर्दा बाल्यावस्था पार गरिसकेका तर पूर्ण रूपमा प्रौढ अवस्थामा नपुगिसकेका समूहका व्यक्तिहरू लाई युवा भन्ने गरिन्छ। माथि भनिए झैँ युवा नै त्यो उमेर समूह हो जो राष्ट्रको भविष्यको कर्णधार र वर्तमान समयको विकासको साझेदार तथा विकास एवम् परिवर्तनको संवाहकको शक्ति र सामर्थ्य बोकेका हुन्छन् । हुन त राष्ट्र निर्माणमा सबै उमेर तथा अवस्थाका व्यक्तिहरू सहभागी हुन सक्छन्, कसैलाई उमेर हदले विकाशको काम गर्न नपाइने त हुदैंन नै। ’cause सबै युवक युवा हुँदैनन् अनि सबै वृद्ध बुढा हुँदैनन्, सोच्ने र काम गर्ने कलाले उमेर ढल्किए पनि उनीहरू युवक नै रहन्छन्। यस कारण पनि भन्न सकिन्छ कि विकासको काममा के युवा, के वृद्ध सबै समान रूपले सहभागी हुन सक्छन्। तर, पनि युवाहरूको भूमिकालाई भने राष्ट्र निर्माणको काममा महत्त्वपूर्ण, अर्थपूर्ण र क्रियाशील रूपमा हेर्ने गरिएको छ।

देशलाई युवा शक्तिको आवश्यकता र भूमिका

नेपालमा विभिन्न समयमा देशको राजनीतिक व्यवस्थाहरू परिवर्तन गर्न र नयाँ व्यवस्था ल्याउन गरिएका आन्दोलन आदि इत्यादिमा युवा शक्तिको उच्च उपस्थिति देखिएको छ र अझै पनि देखिन्छ। यस तथ्यले युवा शक्तिको महत्त्व र आवश्यकता दुवै टड्कारो रूपमा देखाएको पनि छ। राज्य, र प्रदेश एवम् सम्बन्धित निकायहरूले सम्पूर्ण युवा वर्गलाई लक्षित गरी विभिन्न सृजनशील, र सिपमूलक, तालिम आदि प्रदान गरी उद्यमी र जिम्मेवार नागरिकको रूपमा युवाहरूको विकास गर्ने अवसर हरूको सृजना गर्नु पर्ने आवश्यकता देखिएको छ, जसले अमूल्य युवा जन शक्तिलाई अवश्य पनि बिदेसिन बाट रोक्न सकिनेछ। अहिलेको परिवर्तित राज्य व्यवस्थामा युवालाई समेत राज्य सञ्चालनका विभिन्न प्रक्रियामा समावेश गर्न नसकेको खण्डमा, राष्ट्रले युवाहरूको ऊर्जा र प्रतिभाहरूबाट लाभ लिनुको सट्टा ती युवा शक्ति विभिन्न प्रकारका कुलतहरूमा रुमल्लिएर राष्ट्रले विभिन्न अनावश्यक अस्थिरताको सामना गर्नुपर्ने स्थिति आउन पनि सक्ने हुन्छ ।

विकासमा युवाहरूको आवश्यकता र तथ्याङ्क

नेपालमा २०६८ मा गरिएको जनगणना अनुसार देशमा १६ देखि ४० वर्षका युवा वर्गको संख्या ४०.३५ प्रतिशत रहेको छ भने १६ देखि ३५ वर्षका युवा समूह ३४.३६ प्रतिशत रहेको छ। यसै गरी १५ देखि २९ वर्षका युवा २७.८ प्रतिशत र १५ वर्ष मुनिको जनसङ्ख्या ३४.८ प्रतिशत मात्र रहेको छ । युवा जनशक्ति संसारको सबै देशहरूको आर्थिक सामाजिक र राजनीतिक रूपान्तरण गर्ने संवाहक हुन भन्ने कुरालाई सबै देशका राज्य पक्षले बुझ्नु पर्छ। त्यसैले हरेक देश तथा नेपालले समेत युवाले ल्याउन सक्ने परिवर्तनहरू, लाई ध्यानमा राखी आर्थिक सामाजिक र राजनीतिक रूपान्तरण समेत गर्ने संवाहक युवा जमातलाई एकताबद्ध गराइ देशको विकास र अन्य कामहरूमा युवा शक्तिलाई परिचालन गर्न सक्नु पर्दछ।

युवा अधिकारको ’boutमा विश्वमा चिन्तनको सुरुवात सन् १९३० (बि.स. १९८६) को दशकमा देखा परेको विश्व आर्थिक मन्दी बाट सुरु भएको देखिन्छ । १९३० को त्यो आर्थिक मन्दीबाट विश्वलाई बचाउन त्यस बेला नै युवाको जोस, जाँगर र प्रतिभाको भरपुर सदुपयोग गर्नुपर्ने आवश्यकता टड्कारो रुपमा बोध भएको थियो। त्यसै गरी द्वितीय विश्वयुद्धको समाप्ति पछि सन १९४५ तदनुसार बि.स. २००१ मा संयुक्त राष्ट्र सङ्घको स्थापना भई अन्तराष्ट्रिय मानव अधिकार कानुनको विकास सँगै युवा अधिकार’bout पनि संयुक्त राष्ट्र संध भित्र चिन्तन र बहस सुरु भएको इतिहास पाइन्छ ।

नेपालमा राष्ट्रिय युवा नीति २०६६ को कार्यान्वयन गर्नका निमित्त यूथ भिजन २०२५, निर्माण भयो। त्यसै गरी राष्ट्रिय युवा परिषद् गठन विधेयक संसदबाट पास हुनु युवावर्ग हरूको लागि निश्चय नै सुखद र उत्साहजनक कुरा हो । तर, विडम्बना अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रिया जस्ता काम कुरा हरूमा युवाको सहभागिताको भने सुनिश्चितता हुन सकेको छैन । गएका केही वर्ष हरूमा नेपालले विभिन्न समयमा खेप्न परेको प्राकृतिक विपदहरुमा कुनै राजनीतिक दलमा नलागेर नै वा कुनै स्वार्थ विना स्वतः स्फूर्त रूपमा नेपाली युवाहरूले उद्धार, राहत वितरण र पुनः निर्माणमा सहभागी भएर हरेकले सच्चा युवा, सच्चा नेपालीको परिचय दिने काम गरिसकेका छन् ।

केही वर्ष यता मुलुकको सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक क्षेत्रहरूमा नेपाली युवाहरूको सक्रिय सहभागिता रहँदै आएको छ। त्यस बाहेक कृषि तथा उत्पादनमूलक क्षेत्र, श्रम जस्ता विभिन्न क्षेत्रमा पनि युवाहरूको उपस्थिति धेरै देखिन थालेको छ, जुन देश र राज्यको लागि सुखद समाचार हो। लोकतन्त्रको प्राप्ति पश्चात् बनेको नेपालको संविधान २०७२ ले राज्यको निर्देशक सिद्धान्त र नीति अन्तर्गतको धारा ३५ (२०) मा राज्यका नीतिहरूमा युवा जनशक्तिलाई देश विकासमा परिचालन गर्न राज्यले विशेष नीति अवलम्ब गर्ने व्यवस्था गरेको छ । यो नीतिलाई व्यवहारमा उतारेर युवाहरूले गरिरहेका हरेक क्षेत्रमा राज्यको ध्यान पुग्नु पर्ने र उनीहरूले देशमै उत्पादनमूलक काम गरे बापत उनी हरूलाई चाहिने आवश्यक मद्दत , सेवा सुविधामा छुट आदि दिएर युवाहरूलाई उत्साहित गर्ने काम राज्यको ठुलो दायित्व हुन आंउछ। यसरी युवाहरूको सरोकारका विषयलाई राज्यका नीति, नियम, कानुन एवं कार्यक्रमले सहीरुपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने र उतै पलायन हुने काम भइरहेको छ। देशमा रहेको र भएको तथा उपलब्ध हुने एवम् हुन सक्ने राज्यको रोजगार बजारमा देशमै उपलब्ध दक्ष र योग्य युवाहरूलाई लाई देशभित्र अवसर सृजना गर्ने गराउने कार्य गरी जनशक्तिको माग र शिक्षाबिच सामञ्जस्य कायम गर्न सकेको अवस्थामा युवाहरू बेरोजगार हुनु नपर्ने र दक्ष युवाहरू बिदेसिने क्रमलाई केही हद सम्म अवश्य पनि रोक्न सकिन्छ। युवा शक्तिलाई उत्साहित गर्न युवाहरूको सरोकारका राज्यका नीति, कानुन एवं कार्यक्रम लागु गरी उत्साहित गर्ने कार्य गर्दा अवश्य नै युवाहरूलाई बिदेसिनबाट रोक्न सकिन्छ।

निष्कर्ष

युवा बेला भनेको जोस, जाँगर, सिर्जना र रचनात्मक कार्यहरू मार्फत समाज र देशका लागि योगदान दिन सक्ने समय हो । तर, नेपालमा भने युवामैत्री व्यवस्था अझै बन्न नसक्नु र युवालाई देशको विकासमा उपयोग गर्न नसकेको गुनासो पटक पटक उठ्ने गरेको छँदै छ । नेपालको परिपेक्षमा युवाहरूलाई आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा सहभागिता गराउने, र नेतृत्व विकासका माध्यमबाट युवाहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहमा समाहित गरी राष्ट्रिय विकास गर्नु पर्ने आवश्यकता अहिले टड्कारो देखिएको विषय हो। युवाका विषयमा विश्वभरका सरकार तथा सरोकारवाला हरूलाई लाई सचेत र जागरूक बनाउने उध्येस्यले अन्तराष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । तर, यसरी युवा दिवस मनाइए पनि युवामा बेरोजगारी, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता समस्याहरू विद्यमान नै छन् जसको कारणले सोचे अनुरूपको नतिजा देख्न समय अझै लाग्ने छ। जब सम्म शिक्षामा राज्यका सम्पूर्ण जनताहरूको सहज पहुँच पुग्दैन, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता समस्याहरू विद्यमान रहन्छन्, तब सम्म अन्तराष्ट्रिय युवा दिवस मनाउनुको कुनै खास औचित्य देखिदैंन। जब सम्म देश र राज्य युवा मैत्री हुँदैनन्, युवाको जोस, जाँगर र प्रतिभाको भरपुर सदुपयोग गर्न राज्य र सम्बन्धित निकायहरू सफल हुदैंनन्, तब सम्म, आज, अगस्ट १२ को दिन, अन्तराष्ट्रिय युवा दिवसको उपलक्षमा गरिने जस्तो सुकै कार्यक्रम हरूको पनि कुनै सार्थकता वा औचित्य हुँदैन र रहदैंन पनि।


Related Posts

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!