Related Posts
Comments
Load more comments
भाद्र महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई अजा एकादशी भनिन्छ। यस तिथिको महिमा द्वापर युगको अन्त्यमा स्वयं भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई बताउनुभएको हो। एकादशी भगवान् श्रीहरि विष्णुको अत्यन्त प्यारो तिथि हो। यसर्थ वर्षभरि नै एकादशी तिथिमा भगवान् हृषीकेशको विशेष आराधना गरिन्छ।
एकादशी तिथिमा पवित्र मनले व्रत बसी सम्पूर्ण जगतका पालनकर्ता परमात्मा श्रीहरिको उपासना, सेवा, पूजा र चिन्तन गर्दा मानवमनमा ईश्वरको वास हुन्छ र मनले विशेष प्रकारको आध्यात्मिक ऊर्जा प्राप्त गर्दछ। आध्यात्मिक ऊर्जा ईश्वरको कृपाले मात्र प्राप्त हुन्छ। ईश्वरको कृपा प्राप्त गर्न विशेष साधना गर्नुपर्दछ। यसरी साधना गर्ने व्यक्ति निरोगी, दीर्घायु, तीव्र स्मरणशक्ति र शीघ्र स्फुरणशक्ति भएको मेधावी अर्थात् तीक्ष्ण बुद्धिवाला हुन्छ। उसमा अन्तर्निहित स्थितप्रज्ञाले भविष्यमा आइपर्ने सम्पूर्ण बाधा–व्यवधानलाई समयमै निराकरण गर्न सक्तछ। उसको गृहस्थी सुखी हुन्छ। र, मृत्युपछि पनि दिव्यलोकमा उसको निवास हुन्छ भन्ने फलश्रुति शास्त्रहरूमा पाइन्छ।
आषाढ शुक्ल एकादशीमा श्रीहरिको शयनदेखि कार्तिक शुक्ल एकादशीमा हुने जागरणसम्मका चार महिनालाई चतुर्मास भन्दछन्। चतुर्मासभरि भगवानको निरन्तर पूजा गर्नाले सम्पूर्ण पापहरू नष्ट भई भगवानको आशीर्वाद एवं कृपा प्राप्त हुने विश्वास गरिन्छ।
एकादशी व्रतका विशेष नियम छन्। यस व्रतमा विशेषगरी उपवासको महत्त्व बताइएको छ। मनलाई ईश्वरभक्तिमा एकाग्र बनाउन र इन्द्रियहरूलाई वशमा राख्न यथासम्भव निराहार र सम्भव नभए फलाहार व्रत बस्ने विधान छ।
निष्काम भावले व्रत बसी विधिपूर्वक पारण गर्नाले भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ र व्रतीका समस्त मनोकामना पूर्ण हुन्छन्। भविष्यपुराण अनुसार जसले भगवान नारायणको स्मरण गर्दै चतुर्मास व्रत गर्दछन्, ती मानिस देहान्त भएपछि सूर्यजस्तै चम्किलो विमानमा सवार भई महाप्रलय नहुँदासम्म विष्णुलोकमा आनन्दपूर्वक निवास गर्दछन्।
पौराणिक प्रसंगअनुसार कुन्तीपुत्र महाराज युधिष्ठिरको जिज्ञासा शान्त पार्दै भगवान् श्रीकृष्णले अजा एकादशीको महात्म्य र व्रत लिने विधिविधान बताउनुभएको छ। भगवान् भन्नुहुन्छ– सबै प्रकारका सम्पूर्ण पापहरूलाई समूल नाश गर्ने तिथि एकादशी हो । जो मनुष्य यस दिन भगवान ऋषिकेशको पूजा गर्दछ उसलाई यस लोक र परलोकमा समेत सुख प्राप्त हुन्छ । अब तपाईं यसको कथा सुन्नुहोस्–
प्राचीनकालमा हरिशचन्द्र नामका एक सत्य, प्रतापी र चक्रवर्ती राजा थिए। कुनै जन्मको सञ्चित कर्मका प्रभावले एकताका उनले आफ्नो सारा राज्य र धन त्याग्नुपर्ने परिस्थिति आइलाग्यो। उनले विषम परिस्थितिमा आफ्नी पत्नी, पुत्र तथा स्वयंलाई बेचेर दास बन्नुपर्ने अवस्था आयो। ती पुण्यात्मा राजा कुनै चाण्डालको दास बन्न पुगे। उनले आफ्नो सत्य एवं निष्ठारूपी व्रतलाई परिपालन गर्दै चाण्डालले लगाएको मुर्दाका लुगाफाटा उठाएर कर असुल्ने गर्दथे। कर्मयोगले चण्डालको दास बनेर पनि सत्कर्मलाई नै धारण गर्दै रहेका राजा बिस्तारै चिन्ताको सागरमा डुब्न थाले। उनलाई अब कहाँ गएर के गर्दा आफू र आफ्ना परिवारजनको उद्धार हुन्छ भन्ने चिन्ताले सताएको थियो।
यसरी धेरै वर्ष बितेपछि एक दिन राजाका सामु गौतम ऋषि आइपुग्नुहुन्छ। राजाले ऋषिलाई देखेर प्रणाम गरे र आफ्ना सबै कहानी गौतम ऋषिलाई सुनाए। यो सबै सुनिसकेपछि गौतम ऋषिले भन्नुभयो– हे राजन्, तिम्रो भाग्यले आजको ठीक सात दिनपछि भाद्र कृष्ण पक्षको अजा नामको एकादशी आउनेछ, तिमी विधिपूर्वक त्यसको व्रत गर। यही व्रतको पुण्य प्रभावले तिम्रा समस्त पाप नष्ट हुनेछन्। राजालाई यति उपदेश दिएपछि ऋषि अन्तध्र्यान हुनुभयो। राजाले ऋषिवचनलाई पालना गर्दै अजा एकादशीको विधिपूर्वक व्रत र जागरण गरे। र, त्यही व्रतका प्रभावले राजाका समस्त पाप नष्ट भए।
त्यसपछि त स्वर्गमा अनेक बाजाहरू बजेको आवाज सुनियो र पुष्पहरूको वर्षासमेत हुन लाग्यो । उनले आफ्ना मृतक पुत्रलाई जीवित र आफ्नी पत्नीलाई वस्त्र तथा आभूषणहरूले युक्त भएको देखे । व्रतको प्रभावले राजालाई पुनः पहिलेको राज्य प्राप्त भयो। र, अन्त्यमा उनि आफ्ना परिवारसहित स्वर्गमा गए।
भगवान् श्रीकृष्ण आज्ञा गर्नुहुन्छ– हे राजन, यो सबै अजा एकादशीका प्रभावले नै भएको हो। अतः जो मनुष्य विधिपूर्वक यो व्रत बसी रात्रि जागरण गर्दछन्, उनका समस्त दुःख, कष्ट, पाप नष्ट भएर अन्त्यमा स्वर्गलोकको भागीदार बन्छन्। यस एकादशीको कथा श्रवणमात्रले पनि अश्वमेध यज्ञको फल प्राप्त हुन्छ।
…यद्दुःखं बहुभिर्वर्षैर्भोक्तव्यं तत्क्षयो भवेत् ।
…इद्रिग्विधं व्रतं राजन् ये कुर्वन्ति द्विजोत्तमा ।।
सर्वपापविनिर्मुक्तस्त्रिदिवं यान्ति ते ध्रुवम् ।
पठनाच्छ्रवणाद्राजन्नश्वमेधफलं लभेत् ।।
फ्रेवुअरी 19, 2019उपप्रा. लक्ष्मीप्रसाद बराल
फ्रेवुअरी 25, 2021Nepali Patro (Sudan Bhattarai Upadhyaya)
फ्रेवुअरी 8, 2021Nepali Patro (Sudan Bhattarai Upadhyaya)
फ्रेवुअरी 12, 2021Nepali Patro (Sudan Bhattarai Upadhyaya)
जनवरी 9, 2020उपप्रा. लक्ष्मीप्रसाद बराल
अगस्ट 26, 2019 2 वर्षहरु
ramro xa
अगस्ट 15, 2020 7 महिनाहरु
wow
अगस्ट 15, 2020 7 महिनाहरु
dherai ramro chha
अगस्ट 15, 2020 7 महिनाहरु
ma radha Krishna le manxu
brta rakhdena prntu paalan grxu
janme ko India ho ghar mero dang ho
mahabharat Krishna leela ramayana seya ke ram and radha Krishna sapai herxu aaile bhi radhe radhe Krishna Krishna dhan lob xaina jo painxa vo khainxa
jo kamainxa bache ko ghar pathainxa
सेप्टेम्बर 3, 2020 6 महिनाहरु
अजा एकादसी मेरी माता पुण्य तिथि हाे उक्त तिथिकाे महिमाकाे ’boutमा जान्न पाउदा अत्यन्तैखुसी लाग्याे
नोभेम्बर 15, 2020 4 महिनाहरु
Event in my life