No Image
नेपाली पात्रो > चाडपर्व > अक्षय तृतीया

अक्षय तृतीया

By Nepali Patro in चाडपर्व .
मार्च 2, 2017

वैशाख शुक्ल पक्षको तृतीया तिथिलाई धर्मशास्त्रहरूमा अक्षय तृतीया भनिएको छ। अक्षयको अर्थ कहिल्यै क्षय नहुने अर्थात् सदैव स्थायी रहने। यस दिन गरेका प्रत्येक पुण्य कार्यहरू जप, तप, पूजा, पाठ, यज्ञ, अनुष्ठान, होम, गंगादि तीर्थस्नान, पितृतर्पण आदि सबै अक्षय हुन्छन् अर्थात् थोरै गरे पनि नाश नभई धेरै गरेसरह फलप्राप्ति हुन्छ भनी धर्मशास्त्रहरूमा बताइएको छ। यस दिन गरिएको दानको अक्षय फलप्राप्ति हुन्छ।

यत्किञ्चिद्दीयते दानं स्वल्पं वा यदि वा बहु।
तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता।।

वैशाख शुक्ल पक्षको तृतीया तिथिमा (अक्षयतृतीया) त्रेता युग आरम्भ भएकाले यस तिथिलाई त्रेता युगादि तिथि पनि भन्दछन्। पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णुले परशुराम अवतार लिनुभएकाले परशुराम जयन्तीका रूपमा पनि आजको दिनलाई लिइन्छ। यसै दिन कैलाशपति भगवान् शिवजी र हिमालयपुत्री पार्वतीको विवाह भएको शास्त्रवचन पाइन्छ। महर्षि वेदव्यासले आजकै तिथिमा महाभारतको रचना प्रारम्भ गरेको विश्वास गरिन्छ। भारतका प्रसिद्ध चार धाममध्ये बद्रिनाथको ढोका आजकै तिथिमा खोल्ने परम्परा रहेको छ।

अक्षय तृतीयाको दिनलाई एक सिद्ध मुहूर्तका रूपमा लिँदै विभिन्न मांगलिक कार्यहरूको थालनी गर्ने लोकपरम्परा छ। त्यसमा पनि रोहिणी नक्षत्रले युक्त अक्षय तृतीया को विशेष महत्त्व रहन्छ। आजको दिनमा गरिने पुण्यकर्महरू मध्याह्नभन्दा पहिले नै सम्पन्न गर्नुपर्दछ। यस तिथिमा दिइएको दान, परोपकार एवं मंगलमय कार्यको अक्षय फल प्राप्त हुन्छ। त्यसमा पनि देवता एवं पितृका उद्देश्यले जलले भरिएका कलश, खराउ, जुत्ता–चप्पल, गाई, भूमि, सुवर्ण, छाता, सातु, काँक्रा, जौको सातु, सर्बत आदि दान गर्दा विशेष फल प्राप्त हुने फलश्रुति पाइन्छ। यसरी सर्बत आदि दान गर्दा तलको मन्त्रले प्रार्थना गर्नुपर्दछ–

एष धर्मघटो दत्तो ब्रह्मविष्णुशिवात्मकः।
अस्य प्रदानात्तृप्यन्तु पितरोšपि पितामहाः।।
गन्धौदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम्।
पितृभ्यः सम्प्रदास्यामि ह्यक्षयमुपतिष्ठतु।।

अक्षय तृतीयाको दिन अक्षय फलप्राप्तिका लागि पितृहरूलाई तर्पण गर्नुका साथै जौको सातु र स्वादिष्ट सर्बत दान गर्ने चलन छ। विभिन्न वस्तु उपभोग गर्ने व्यक्तिविशेष विचार गरी छाता, जुत्ता, गाई, अन्न, सुन, जमिन आदि वस्तुहरू सत्पात्रलाई दान गर्ने गरिन्छ।

ऋतुहरूको परिवर्तनसँगै शरीरका कोशिकाहरू पनि परिवर्तन भएका हुन्छन् र हाम्रो शरीरको तापक्रम आदिका परिवर्तनले गर्दा खानपानमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । यस दिन खाइने सातुले हाम्रो शरीरमा सकारात्मक परिवर्तन ल्याउने हुँदा सातु आदि खान शास्त्रले निर्देश गरेको छ। जौको सातु खानाले शरीरमा शीतलता प्राप्त हुनुका साथै, भोक जगाउने, कफ–पित्तबाट हुने रोगहरू हरण गर्ने हुन्छ। यो खानाले बल वृद्धि गर्ने, पेटको वायुदोष हटाउने, पाचन शक्ति तथा भोक–प्यास बढाउने र शरीर स्वस्थ राख्नमा मद्दत पुग्ने हुन्छ।

यवजाः सक्तवः शीता दीपना लघवः सराः।
कफ पित्तहराः रुक्षा लेखनाश्च प्रकीर्तिताः।।


Related Posts

श्री परशुराम जयन्ती

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 25, 2020

भोटो जात्रा

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
जुन 9, 2019

Comments

    नवराज रेग्मी

    नमस्कार मैले कुन मंत्र जप्दा राम्राे हुन्छ मंत्र पाउ

    लाल बहादुर पौड़ल

    अति राम्रोसँग सुझाउ

    amrita Dhakal

    nokari

    renu

    Mankato

    Bhuban

    kripya sanskrit ko lekh ko awta voice clip pani halni kosis garnu hows….

    sita pradhananga

    Nice to know this about ACHHAYA TRITIA N THE NECESSITY WE HAVE TO DO.

    मनोज राना

    सम्पुर्ण प्राणि जगत को जय होस

    srijana Budhathoki

    dherai ramro

    Roshani

    ati ramro sujhab aaja matra navaera ek barsha vayo daily labor harile Kam napaera hat mukh jodna parks xaina so uniharulai khana dinu thulo dhaa ho. sarkarle kohi voka Nahum vanne k khana Nadine kasto dharma hola chetana vaya

    wangchuk Tamang

    मलाई नानी हरुको नाम राखने तारिका आनि साईत चाहिएको छ । धन्यवाद

    binod karki

    आफनो धर्मलाई छाड्नु हुँदैन।

    santu

    samajebi

    बिनोद अर्याल

    घर भन्दा बहिर रहदा अक्षय विधि पुजा गर्ने कुनै ?

    Rupesh sharma

    ramro lago

    surendra acharya

    all good


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!