
अक्षय तृतीया
By Nepali Patro in चाडपर्व .वैशाख शुक्ल पक्षको तृतीया तिथिलाई धर्मशास्त्रहरूमा अक्षय तृतीया भनिएको छ। अक्षयको अर्थ कहिल्यै क्षय नहुने अर्थात् सदैव स्थायी रहने। यस दिन गरेका प्रत्येक पुण्य कार्यहरू जप, तप, पूजा, पाठ, यज्ञ, अनुष्ठान, होम, गंगादि तीर्थस्नान, पितृतर्पण आदि सबै अक्षय हुन्छन् अर्थात् थोरै गरे पनि नाश नभई धेरै गरेसरह फलप्राप्ति हुन्छ भनी धर्मशास्त्रहरूमा बताइएको छ। यस दिन गरिएको दानको अक्षय फलप्राप्ति हुन्छ।
यत्किञ्चिद्दीयते दानं स्वल्पं वा यदि वा बहु।
तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता।।
वैशाख शुक्ल पक्षको तृतीया तिथिमा (अक्षयतृतीया) त्रेता युग आरम्भ भएकाले यस तिथिलाई त्रेता युगादि तिथि पनि भन्दछन्। पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णुले परशुराम अवतार लिनुभएकाले परशुराम जयन्तीका रूपमा पनि आजको दिनलाई लिइन्छ। यसै दिन कैलाशपति भगवान् शिवजी र हिमालयपुत्री पार्वतीको विवाह भएको शास्त्रवचन पाइन्छ। महर्षि वेदव्यासले आजकै तिथिमा महाभारतको रचना प्रारम्भ गरेको विश्वास गरिन्छ। भारतका प्रसिद्ध चार धाममध्ये बद्रिनाथको ढोका आजकै तिथिमा खोल्ने परम्परा रहेको छ।
अक्षय तृतीयाको दिनलाई एक सिद्ध मुहूर्तका रूपमा लिँदै विभिन्न मांगलिक कार्यहरूको थालनी गर्ने लोकपरम्परा छ। त्यसमा पनि रोहिणी नक्षत्रले युक्त अक्षय तृतीया को विशेष महत्त्व रहन्छ। आजको दिनमा गरिने पुण्यकर्महरू मध्याह्नभन्दा पहिले नै सम्पन्न गर्नुपर्दछ। यस तिथिमा दिइएको दान, परोपकार एवं मंगलमय कार्यको अक्षय फल प्राप्त हुन्छ। त्यसमा पनि देवता एवं पितृका उद्देश्यले जलले भरिएका कलश, खराउ, जुत्ता–चप्पल, गाई, भूमि, सुवर्ण, छाता, सातु, काँक्रा, जौको सातु, सर्बत आदि दान गर्दा विशेष फल प्राप्त हुने फलश्रुति पाइन्छ। यसरी सर्बत आदि दान गर्दा तलको मन्त्रले प्रार्थना गर्नुपर्दछ–
एष धर्मघटो दत्तो ब्रह्मविष्णुशिवात्मकः।
अस्य प्रदानात्तृप्यन्तु पितरोšपि पितामहाः।।
गन्धौदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम्।
पितृभ्यः सम्प्रदास्यामि ह्यक्षयमुपतिष्ठतु।।
अक्षय तृतीयाको दिन अक्षय फलप्राप्तिका लागि पितृहरूलाई तर्पण गर्नुका साथै जौको सातु र स्वादिष्ट सर्बत दान गर्ने चलन छ। विभिन्न वस्तु उपभोग गर्ने व्यक्तिविशेष विचार गरी छाता, जुत्ता, गाई, अन्न, सुन, जमिन आदि वस्तुहरू सत्पात्रलाई दान गर्ने गरिन्छ।
ऋतुहरूको परिवर्तनसँगै शरीरका कोशिकाहरू पनि परिवर्तन भएका हुन्छन् र हाम्रो शरीरको तापक्रम आदिका परिवर्तनले गर्दा खानपानमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । यस दिन खाइने सातुले हाम्रो शरीरमा सकारात्मक परिवर्तन ल्याउने हुँदा सातु आदि खान शास्त्रले निर्देश गरेको छ। जौको सातु खानाले शरीरमा शीतलता प्राप्त हुनुका साथै, भोक जगाउने, कफ–पित्तबाट हुने रोगहरू हरण गर्ने हुन्छ। यो खानाले बल वृद्धि गर्ने, पेटको वायुदोष हटाउने, पाचन शक्ति तथा भोक–प्यास बढाउने र शरीर स्वस्थ राख्नमा मद्दत पुग्ने हुन्छ।
यवजाः सक्तवः शीता दीपना लघवः सराः।
कफ पित्तहराः रुक्षा लेखनाश्च प्रकीर्तिताः।।
मे 14, 2021 1 वर्ष
Redhe redhe redhe
मे 14, 2021 1 वर्ष
redhe redhe redhe
मे 14, 2021 1 वर्ष
It’s one of the most important and auspicious days which is blessed and returns the fruits of our actions uncountably. I love this day.
मे 14, 2021 1 वर्ष
दिनप्रती दिन मानिस हरुको मृत्यु को संख्या बडेको देख्दा स्थिति सारै भयाबह बन्दै गैरहेको छ। सरकार को सिमित स्वास्थ्य सेवा र अहिलेको स्वास्थ्य नितीले यो समस्या समाधान गर्नै सक्दैन।१५ दिन स्वास्थ्य सेवा बाहेक सबै बन्द गरेर भाईरस ट्रान्सफर चेन रोक्न सकिन्थ्यो कि ? निषेधाज्ञा ले मात्रै केही हुनेवाला देखिएन।स्थानीय निकाय ले नै घरबाट बाहिर निस्कन पूर्ण रूपमा बन्द गरिनु पर्ने अवस्था आईसकेको छ।मेयर अलि निर्मम बन्नुपर्यो यदि समय मा बुद्धि पुर्यायेनोउ भने कोहि कसैलाइ जतिबेला जे हुन सक्छ ।अनि जनता पनि अनुशासित भएर स्वास्थ्य प्रति गम्भिर भैदिनु पर्यो।अहिले को असामान्य स्थितिमा अस्पताल र अक्सिजन ज्यादै नै न्यून छ ।अब ढिला नगरौं , सचेत बनौं , स्वस्थ रहौं तपाई हाम्रै हात मा छ अब नेता को आशिर्वाद को पछि नलागौ जय nepaal️️️
मे 14, 2021 1 वर्ष
so helpful information thank for nepali patro
मे 14, 2021 1 वर्ष
dherei ramro lago
मे 21, 2021 1 वर्ष
pasa autana
मे 21, 2021 1 वर्ष
pasa
जुन 16, 2021 1 वर्ष
Kay hunu saksha.
मे 3, 2022 2 महिनाहरु
Thank you so much for such a valuable information. keep going ❤️