केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
प्रारम्भमा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। तर बिहीवारपछि आम्दानी रोकिनेछ र फजुल खर्च पनि बढ्नेछ। ऋणभार समेत बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ।
प्रारम्भमा सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने अरूको मुख ताक्नाले काम रोकिनेछ। साथीभाइ टाढिनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनाले नयाँ काम प्रारम्भ हुनेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। तारिफयोग्य काम बन्नाले यशको भागीदार समेत भइनेछ। बिहीवारपछि आयस्रोत सबल देखिनेछ तर मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। खर्चिलो काम थाल्नाले बीचमा केही समस्या पर्न सक्छ। फजुल खर्च पनि बढ्नेछ। प्रयत्न गर्दा कर्जामार्फत धन जुटाउन सकिनेछ।
प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। तर सामाजिक कामले वादविवाद निम्त्याउन सक्छ। मंगलवार र बुधवार अरूको स्वार्थमा उपयोग भइने सम्भावना छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। तापनि समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। सप्ताहान्तमा नाम, दाम र इनाम हात पार्ने समय छ। कामले आफ्नो प्रसिद्धि पनि बढ्नेछ। आम्दानीको स्रोत सबल बन्नेछ। दिगो फाइदा हुने काम सुरुआत हुनेछ।
प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। तारिफयोग्य काम सम्पादन हुनाले नाम, दाम र इनाम प्राप्त गर्न सकिनेछ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ। बीचमा भने केही समस्यासँग जुध्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले काममा पनि पछि परिनेछ। हुलमुलका बेला धनमाल सुरक्षामा ध्यान दिनुहोला। आफन्तसँग मनमोटाव बढ्नेछ र काम बिग्रने डरले पिरोल्न सक्छ। तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा केही सहयोगीहरू जुट्नेछन्। सप्ताहान्तमा अप्ठ्यारो स्थिति सुल्झाउन सकिनेछ।
प्रारम्भमा पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। भौतिक साधन जुट्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। मित्रता र प्रेमको बन्धन पनि कसिलो हुनेछ। व्यापारका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। अर्थलाभ हुनाले भौतिक साधन जुटाउन सकिनेछ। सप्ताहान्तमा भने स्वास्थ्यमा समस्या आउन सक्छ। आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी कम भए पनि उपलब्धि जोगाउन सकिनेछ।
सुरुमा पेटको मौसमी गडबडीले सताउन सक्छ, खानपानमा सजग रहनुहोला। काम अड्किनाले व्यावहारिक चुनौती देखिएला। मंगलवारदेखि स्थितिमा सुधार आउनाका साथै चुनौतीहरू स्वतः सुल्झनेछन्। रोकिएको काम सम्पादन हुनेछ। प्रतिस्पर्धाले थप उचाइमा पुर्याउन सक्छ। आँटले काम लिन सकिनेछ। आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिभाद्वारा धेरैलाई उछिन्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने समय छ। व्यवसायका लागि यात्राको साइत जुर्न सक्छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ।
सुरुमा पारिवारिक उल्झनले काममा बाधा पुग्नेछ। साइनो गाँस्नेहरूले केही दुस्ख दिन सक्छन्। स्वास्थ्य चिन्ताले सताउनेछ भने पढाइमा पनि लक्ष्य प्राप्त नहुन सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी एक्लै वहन गर्नुपर्ने हुन सक्छ। उत्तरार्द्धमा स्थितिमा सुधार आउनाले कामका बाधाहरू क्रमशः हट्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन् र सफलताले उत्साह जगाउनेछ। मिहिनेत गर्दा गुमेको अवसर पुनः प्राप्त हुनेछ। कामका सन्दर्भमा रमाइलो यात्राको साइत जुर्नेछ। बिहीवारदेखि कर्मगतिले उचाइ लिनेछ। व्यापारमा विशेष फाइदा हुनेछ।
सुरुमा सहयोगीहरूको साथ जुट्नाले काम बन्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। प्रतिद्वन्द्वीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रारम्भ उत्साहपूर्ण देखिए पनि बीचमा केही व्यवधान देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले समस्या निम्त्याउनेछ। काम बिग्रने डरले सताउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइसँग दूरी बढ्नेछ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साताको अन्त्यमा परिस्थिति अनुकूल बन्दै जानेछ। पहिलेका कमजोरी सच्याउन सकिनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ।
प्रारम्भमा विवादले समस्या निम्त्याउन सक्छ। बोली–व्यवहारमा होस पुर्याउनुहोला। हठात् निर्णय गर्दा काम बिग्रन सक्छ। मंगलवारपछि केही काम गर्न सकिनेछ। तर अवसर प्राप्त भए पनि सहयोगीहरू पछि हट्नाले कामकाे दायित्व बढ्नेछ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्यवसायमा सामान्य लाभ हुनेछ तर आफ्नाे लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। प्रतिस्पर्धीहरूलाई कमजाेर नठान्नुहाेला। सप्ताहान्तमा भने घरेलु समस्यामा अल्झनुपर्ला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा धोका पाइनेछ।
कामना पूर्ण हुनेछ र लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। बीचमा महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। वादविवादले मानसम्मानमा आघात पुर्याउन सक्छ, सजग रहनुहोला। मिहिनेतीहरूका लागि सप्ताहान्त उत्साहजनक रहनेछ। विभिन्न उपहार तथा सुविधाका वस्तुहरू प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
प्रारम्भमा केही दौडधुपका साथ काममा जुट्नुपर्ला। खर्च बढ्नुका साथै आम्दानीमा कमी आउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयास गर्नुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनाले प्रतिष्ठित काम गर्न सकिनेछ। विशेष जमघटले फाइदा दिलाउनेछ। रचनात्मक कामले धेरैलाई आकर्षित गर्न सकिनेछ। साथीभाइको सहयोगले विशेष जिम्मेवारी प्राप्त हुन सक्छ। तर, सप्ताहान्तमा घरखर्च बढ्नेछ। भौतिक साधनको कमीले पनि अप्ठ्यारो पर्न सक्छ। अरूको बहकाउमा परिनाले काम बिग्रन सक्छ, वादविवादमा अघि नसर्नुहोला।
प्रारम्भमा श्रमअनुसार राम्रै फल प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यवसायमा मनग्य लाभ हुनेछ। मंगलवारदेखि धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। तापनि प्रयत्न गर्दा यात्रा गर्ने साइत जुर्न सक्छ। साथीभाइ टाढिए पनि शुभचिन्तक भेटिनेछन्। सप्ताहान्ततिर अध्ययनमा प्रगति हुनेछ। स्वादिष्ट भोजन, उपहार र मानसम्मानको भागीदार भइनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।
दक्षिण कोरियाली चिप निर्माता एसटीआईले चीनको ग्वाङ्झाउ शहरमा पावर सेमीकन्डक्टर कारखाना निर्माण गर्न १२.४ अर्ब युआन खर्च गरिरहेको बताएको छ।
यो कारखाना ग...