Android app on Google Play

मकर/ माघे संक्रान्ति

सूर्यको एक राशिबाट अर्को राशिमा सर्ने (संक्रमण गर्ने) प्रक्रियालाई संक्रान्ति भन्दछन्। ज्योतिषशास्त्रअनुसार धनु राशिबाट मकर राशिमा सूर्य प्रवेश गर्ने समयलाई मकर संक्रान्ति भन्दछन्। मकर संक्रान्तिदेखि दसौं सौरमास अर्थात् माघ महिना प्रारम्भ हुन्छ। २०७४ पौष मसान्तको साँझ १९ः३० बजे सूर्यको मकर राशिमा प्रवेश भएको छ। रात्रिमा संक्रमण भएकाले भोलिपल्ट पुण्यकाल मानिने शास्त्रीय विधान रहेकाले माघ १ गते प्रातः कालदेखि मकर स्नान, दान, श्राद्ध आदि कर्म गर्नुपर्दछ।...

थप जानकारी

राशिफल - Horoscope

वि.सं. २०७४ साल माघ १० गते। बुधबार। इश्वी सन् २०१८ जनवरी २४ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– सप्तमी, ११:४६ बजेउप्रान्त अष्टमी।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesरमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। कर्मफलले मन प्रसन्न रहनेछ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। कामको लागत बढ्न सक्छ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। रकम हातलागी हुनेछ तर ऋणभार समेत बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने सम्भावना देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। मिहिनेतले लक्ष्यमा भने पुर्याउनेछ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerकामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तर, अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoमिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूले पनि साथ दिनेछन्। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि पनि धेरै दौडधुप गर्नुपर्ला। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुन सक्छ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। नचिताएको क्षेत्रबाट फाइदा हुनेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraघुमफिर र मनोरञ्जनको समय भए पनि वादविवादले मन खिन्न तुल्याउन सक्छ। हडबडमा गरिएको काम दोहोर्याउनुपर्ला। आय-आर्जनका स्रोत मनग्गे फेला पर्नेछन्। तर अर्थलाभ भए पनि सञ्चय गर्न नसकिएला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। मौका आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेतले प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुपक्षलाई किनारा लगाउन सफल भइनेछ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusप्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविश्वासपात्रले धोका दिने हुँदा प्रतीक्षित नतिजा कमजोर देखिन सक्छ। हतारको निर्णयले हानि पुर्याउनेछ, योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारजनाको सहयोग प्राप्त हुनाले काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला, बिस्तारै लक्ष्यमा पुग्न सफल भइनेछ। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सहयोगीहरूले हात झिक्नाले केही अप्ठ्यारो पर्न सक्छ। रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। शुभचिन्तकहरू टाढिए पनि समस्या दर्साउँदा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesनयाँ कामको प्रस्ताव आउनेछ। आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। (नेपाली पात्रो)

The creation of this universe was done by the combination of earth, water, light, air and sky together. The entire world is based on these five great entities. The human body was also created by the five great entities. The new planets on the sky represent these five great entities. In the Veda, the sun represents the soul and the moon represents the mind. Similarly, the qualities light, earth, sky, water and air are inherent in the Mars, Mercury, Jupiter, Venus and Saturn respectively.

The word, touch, form, taste, smell are the subjects of the five great entities. These subjects are acquired by the five knowledge senses of men. Every human senses longs for its subjective happiness. For subjective pleasures, the planet activates the senses associated to it. The mind is affected by the demand from the sense. Hence, a certain work is based upon our fondness towards it. For a work, the mind takes approval from the soul. For the work and issues approved by the soul, our mind operates senses and subjects accordingly.

The Rashifal of a person is the position at the moon during the time of his birth. According to the position of the dynamic planets in "Chandraraashi", there is a change in a person's interest, behaviour, health and situation. The willpower of Mind (the Moon) and the discrimination power of Soul (the Sun) are the major factors behind one's performance. The planets, that are indicator to the senses create a variety of circumstances. Human life is entangled in these circumstances. From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets.

The Rashifal presented here has been designed on the basis of classic opinions. In particular, the various horoscope positions of the planets, their daily speed including circumstantial force, and by evaluating other planets "bedh-pratibedh", good and sinned vision and the impact, and mainly by the conclusion of the official texts "Brihatsanhita", "Muhurtachintamani", "Muhurtamartanda", "Phaladipika", "Jaatakaparijata", "Brihaddaivajnaranjanam", an effort has been made to make the horoscope reliable in a classical way.