DOWNLOAD OUR
FREE APPS

Nepali Patro Nepali Keyboard Nepal Streams

चैते दसैं र रामनवमी

चैत्र महिनामा पर्ने नवरात्रिलाई चैते दसैं भनिन्छ। यसमा पनि बडादसैंमा जस्तै भगवती जगदम्बा दुर्गा भवानीको विशेष आराधना, उपासना गरिन्छ। यद्यपि वर्षभरिका चारवटै नवरात्र (चैत्र शुक्लपक्ष, आषाढ शुक्लपक्ष, आश्विन शुक्लपक्ष र पौष शुक्लपक्ष) मा शक्तिस्वरूपा भगवतीको पूजाआराधना गर्ने विधान छ।...

थप जानकारी

राशिफल - Horoscope

वि.सं. २०७६ साल वैशाख १२ गते। बिहीबार। इश्वी सन् २०१९ अप्रिल २५ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– षष्ठी, १४:५४ बजेउप्रान्त सप्तमी।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअवसरका लागि केही दौडधुप गर्नुपर्ला। ठूलो उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। कमजोरीका बाबजुद काँधमा जिम्मेवारी थपिनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। स्वास्थ्यका लागि केही समय आराम लिनुपर्ला। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusप्रतीक्षित नतिजा कमजोर देखिनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता हुन सक्छ। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमाहोल रमाइलो रहनेछ तर आलस्य बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। मिहिनेत गर्दा व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियभेट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूले नयाँ आशा जगाउनेछन्। वादविवादबाट टाढा रहने प्रयत्न गर्नुहोला। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअध्ययनमा धेरै समय दिन नसकिएला। काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। समयको मागलाई विचार गरेर अघि बढ्नुहोला। बिस्तारै कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउन सक्छ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिए पनि आफ्नै सक्रियताले मात्र दिगो लाभ उठाउन सकिनेछ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउनेछन्। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraरचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले त्यति साथ नदिए पनि काम सम्पादन हुनेछ। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। गरिएका कर्मको प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिने हुँदा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपुर्याउँदा समस्या आउनेछ। हिसाबकिताबमा होसियार रहनुहोला। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। तापनि सम्पादित कामबाट धन लाभ हुनेछ। मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusरमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। तर आगन्तुकले अलमल्याउने हुँदा काममा विलम्ब हुनेछ। वैधानिक प्रावधानले काममा समस्या निम्त्याउन सक्छ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornभैपरी आउने समस्याले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूका हातमा जानाले अर्थअभाव देखापर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि भने कामको जग बसाउने मौका छ। (नेपाली पात्रो)

The creation of this universe was done by the combination of earth, water, light, air and sky together. The entire world is based on these five great entities. The human body was also created by the five great entities. The new planets on the sky represent these five great entities. In the Veda, the sun represents the soul and the moon represents the mind. Similarly, the qualities light, earth, sky, water and air are inherent in the Mars, Mercury, Jupiter, Venus and Saturn respectively.

The word, touch, form, taste, smell are the subjects of the five great entities. These subjects are acquired by the five knowledge senses of men. Every human senses longs for its subjective happiness. For subjective pleasures, the planet activates the senses associated to it. The mind is affected by the demand from the sense. Hence, a certain work is based upon our fondness towards it. For a work, the mind takes approval from the soul. For the work and issues approved by the soul, our mind operates senses and subjects accordingly.

The Rashifal of a person is the position at the moon during the time of his birth. According to the position of the dynamic planets in "Chandraraashi", there is a change in a person's interest, behaviour, health and situation. The willpower of Mind (the Moon) and the discrimination power of Soul (the Sun) are the major factors behind one's performance. The planets, that are indicator to the senses create a variety of circumstances. Human life is entangled in these circumstances. From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets.

The Rashifal presented here has been designed on the basis of classic opinions. In particular, the various horoscope positions of the planets, their daily speed including circumstantial force, and by evaluating other planets "bedh-pratibedh", good and sinned vision and the impact, and mainly by the conclusion of the official texts "Brihatsanhita", "Muhurtachintamani", "Muhurtamartanda", "Phaladipika", "Jaatakaparijata", "Brihaddaivajnaranjanam", an effort has been made to make the horoscope reliable in a classical way.